थारु सामुदायको अधिकार स्थिापित गर्न एक जुट हुनुपर्छ : मन्त्री मोदी
शुक्रबार, ०८ असार, २०८०,
न्यूज विराट
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले थारु समुदायको पहिचान जोगाउन एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । मोरङको बेलबारी नगरपालिकाको डांगिहाटमा थारु कल्याणकारिणी सभाको १० औं जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मोदीले यस्तो बताएका हुन् । मन्त्री मोदीले एकजुट भएर अघि बढेमात्र सामुदायिक पहिचान स्थापित हुने भएकाले थारु सामुदायहरु फुटेर होईन जुटेर अघि बढ्नुपर्ने सुझाव दिए । उनले थारु समुदायले विगत देखीनै आफ्नो पहिचान स्थापित गर्न विभिन्न संघर्षहरु गर्दै आएको बताए । थारुहरुको पहिचान गुम्नबाट जोगाउन सामुदायिक संस्थाको रुपमा थारु कल्याणकारिणी सभाले बिशेष भुमिका निर्वाह गर्नुपर्ने उनले बताए । समुदायको सर्वपक्षिय विकासका निम्ति सामाजिक चेतनाको अभियान समेत चलाउनुपर्नेमा मन्त्री मोदीले जोड दिए । मन्त्री मोदीले थारुहरु भुमिपुत्र रहेको उल्लेखगर्दै विगतमा मलेरियासंग लड्दै आएकाले थारु समुदायका अधिकांश ब्यक्तिहरुको जिनमा सिकल सिलेनिमियाको गम्भिर समस्या देखिएको उनको भनाई थियो । मन्त्री मोदीले थारु समुदायको उन्न्यनका निम्ति आफु मातहतको मन्त्रालयबाट हुनसक्ने सम्मको सहयोग गर्न प्रतिबद्ध रहेको समेत बताए ।
कार्यक्रममा बोल्दै संबिधान सभा सदस्य दिलीपकुमार गच्छदार,प्रेदश सभा सदस्यद्वय चुमनलाल तवदार,जयप्रकाश चौधरी र आयोजक संस्थाका केन्द्रीय उपाध्यक्ष कनुलाल चौधरी,नेपाली काँग्रेसका मोरङ उपाध्यक्ष भक्तीनाथ माझी लगायतका वक्ताले थारु समुदायको योगदान र अवस्थाका बिषयमा बालेका थिए । उनीहरुले कल्याणकारिणी सभाले आफ्ना गतिविधिलाई थप प्रभावकारी रुपमा अघि बढाउनुपर्ने जोड दिए । सभाको १० औं जिल्ला अधिवेशनले नयाँ कार्यसमिति समेत चयनगर्ने सभाका मोरङ अध्यक्ष प्रदिप भगतले जानकारी दिए ।
काठमाडौं, २६ पुस-राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेकी हुन् । आज बिहान बसेको...
मोरङ, पस १९–नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको जनाएका छन्। नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा शनिवार आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै...
जनकपुरधाम, २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ । आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामकाे भानु चौकस्थित...
काठमाडौं, २५ कात्तिक-धुम्बाराहीमा सचिवालय बैठक डाकेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रचण्डका प्रेस संयाेजक विष्णु सापकाेटा जुगलले अहिले अध्यक्षद्वय ओली र प्रचण्डबीच भेट चलिरहेकाे...
एजेन्सी, जेठ १-सन् २०२० को पहिलो तीन महिनाभित्र संसारको व्यापार ३ प्रतिशतले घटेकाे छ । संयुक्त राष्ट्र संघको व्यापार निकायले यस्ताे विवरण सार्वजनिक गरेकाे हाे । उक्त संस्थाले यस्तो गिरावट अबको तीन महिनापछि अझै चिन्ताजनक...
काठमाडौं, फागुन १३–प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद मीनेन्द्र रिजालले ५ वटा हेलिकप्टर लिएर प्रधानमन्त्रीले तामझामका साथ जन्मदिन मनाएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद रिजालले प्रधानमन्त्रीले ‘राजा महाराजा’ शैलीमा जन्मदिन मनाएको भन्दै...
काठमाडौं, १२ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...
विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङ (एसबीएससी) को शेयर पूँजी झण्डै २७ लाख रुपैयाँ पुगेको छ ।सहकारीको विराटनगरमा बुधबार भएको १४ औं वार्षिक साधरणसभामा आर्थिक वर्षमा २०८०÷०८१ म २६ लाख...