अध्यादेबाट बजेट ल्याउन प्रदेशसभाको चालु अधिवेशन अन्त्य

 न्यूज विराट
अध्यादेबाट बजेट ल्याउन प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर । अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउन प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको छ ।
बुधबार प्रदेश मन्त्रिपरिषदको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुनेगरि अन्त्य गरेका हुन् ।
प्रदेशको वर्षे अधिवेशनलाई बजेट अधिवेशन भन्ने गरिएको छ । संविधान र कानुन अनुसार असार १ गतेसम्ममा प्रदेशसभामा सरकारले बजेट पेश गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । तर, सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेर प्रदेशसभालाई बाईपास गर्दै बजेट ल्याउने तयारी गरेको हो ।
प्रदेशसभामा बुधबार नै प्रदेश प्रमुखले सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । त्यसमाथि छलफलसमेत नगराई सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेको हो । नेकपा माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

सम्बन्धित समाचार

कैलालीको भजनी नाकाबाट ५ जना प्रहरीलाई छलेर नेपाल भित्रिए

धनगढी, १३ वैशाख-कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउन र सिमासिलकाबीच पनि भारतबाट सुदूरपश्चिमका विभिन्न नाकाबाट लुकी छिपी नेपाल आउनेक्रम रोकिएको छैन । सशस्त्र प्रहरीलाई छल्दै मध्यरातमा कैलालीको भजनीनाकाबाट ५ जना नेपाली नेपाल प्रवेश गरेका...

माओवादी कोशी प्रदेश संसदीय दलको बैठक सुरू, समर्थन फिर्ताको सक्भावना

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । आज सुरू भएको बैठकमा सरकारबारे छलफल हुने भएको हो । माओवादी कोशी प्रदेशका एक सांसदका अनुसार बैठकमा सरकार छाड्ने विषयमा छलफल...

कोरोना संक्रमणबाट थप २४६ जनाले ज्यान गुमाए

नेपालमा कोरोना भाइरसको संक्रमण थप २४६ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालकका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना थप २४६ संक्रमितको मृत्यु भएको जानकारी दिए ।  योसँग नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको...

राष्ट्रपतिद्वारा २ अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका २ अध्यादेश प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले सोमबार सरकारले पठाएका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश,...

सुनको मूल्यमा झिनो गिरावट

सुनको मूल्यमा झिनो गिरावट देखिएको छ । बिहीबार प्रतितोला एक सय रुपैयाँ घटेर छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन बुधबार प्रतितोलामा ९२ हजार १००...

प्रविधिमा रुपान्तरण आवस्यक : प्रदेश प्रमुख अधिकारी

विराटनगर, ३० असोज–प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रविधिमा रुपान्तरण आवस्यक रहेकोमा जोड दिएका छन् । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्र्तगत शिक्षकको सूचना प्रविधि सम्ंवन्धि क्षमता विकासका लागि दोश्रो चरणको अनलाईन तालिमको...

मानव तस्करीको आरोपमा कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

विराटनगर । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले आइतबार अदालतबाट अनुमति लिएर विराटनगर – २ स्थित आफ्नै निवासबाट पक्राउ गरी विराटनगर विमानस्थलबाट जहाजमार्फत्...

प्रदेश १ का चार पत्रकार पुरस्कृत

विराटनगर, १२ असार । प्रदेश नम्बर एक सरकारले प्रादेशिक पत्रकारिता पुुरस्कार–२०७८ वाट प्रदेश एकका चारजना पत्रकारलाई आज नगद सहित सम्मान एवं पुुरस्कृत गरेको छ । प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा लामो समयसम्म क्रियाशिल पत्रकारलाई रु १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्