कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीद्धार फिर्ता गर्ने निर्णाय, हिक्मत कार्कीको सरकार अल्पमतमा

 न्यूज विराट
कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीद्धार फिर्ता गर्ने निर्णाय, हिक्मत कार्कीको सरकार अल्पमतमा

विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णाय गरेको छ । आज दिउँसो माओवादी केन्द्र कोशी प्रदेशको पदाधिकारीको बैठकले हिक्मत कार्कीको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णाय गरेको हो ।
माओवादीले सरकारबाट समर्थन फिर्ता लिने निर्णाय गरेसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको कोशी प्रदेशका सह इन्चार्ज सावित्री कुमार काफ्लेले बताए । काफ्लेकै घरमा बैठक बसेको थियो ।

बैठकले आफ्ना मन्त्रीहरूलाई राजीनामा बुझाउन समेत निर्देशन दिएको बैठकमा सहभागी नेताहरूले बताएका छन् । प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् । प्रदेश कार्यालयको बैठकले पार्टी प्रदेश अध्यक्ष हर्क नेम्वाङको नेतृत्वमा सरकार गठनका लागि छलफल गर्न समिति बनाउने निर्णय गरेको छ ।

सरकारमा सहभागी माओवादी केन्द्रले दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमै वैकल्पिक सरकार गठन गर्न भन्दै औपचारिक रूपमा समिति गठन गरेको छ । सोमबार बसेको दलको बैठकमा प्रदेश समितिका पदाधिकारी तथा नेताहरुसँग छलफल गरेर मात्रै समर्थन फिर्ता र मन्त्रीले राजीनामा दिने निर्णय गर्नुपर्ने दबाब थियो । सोही दबाब अनुसार माओवादी दलको बैठकले पार्टी नेताहरुसँग छलफलपछि आवश्यक निर्णय गरेको हो ।

यसअघि नै जसपाले मन्त्रीलाई फिर्ता बोलाउने र समर्थन पनि फिर्ता लिने निर्णय गरिसकेको छ । गत जेठ १६ गते सुनसरीको इटहरीमा बसेको जसपाको प्रदेश समितिको बैठकले कार्की नेतृत्वको सरकारबाट फिर्ता आउन मन्त्रीलाई निर्देशन पनि गरिसकेको छ ।

जसपाबाट एक मात्र सांसद बनेकी निर्मला लिम्बूले पनि स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएको भन्दै पत्र नै सार्वजनिक गरेकी थिइन् । यद्यपि जसपाले अहिलेसम्म संसद सचिवालयमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताबाट औपचारिक जानकारी भने दिएको छैन ।

उता नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको गत जेठ ४ गते बसेको बैठकले केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी र जसपा कोशी प्रदेश सरकारबाट फिर्ता आउनु पर्ने निर्णय गरेको थियो ।

एमाले, माओवादी, राप्रपा र जसपाको गरी ५९ सांसदको समर्थनमा कार्की गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादीको १२ र जसपाको १ सांसदले समर्थन फिर्ता लिएको खण्डमा कार्की नेतृत्वको सरकार स्पष्ट अल्पमतमा पर्नेछ ।

प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको १३, राप्रपाको ६, नेकपा ९एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् । केन्द्रको सत्ता गठबन्धन दलहरु काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपा मिल्दा बहुमत सङ्ख्या ४७ सांसद पुग्छन् । तर सभामुख गठबन्धन दलबाटै भएको कारण विश्वासको मत लिने समयमा भने त्यो सङ्ख्या ४६ मात्रै हुनसक्छ । यद्यपि काँग्रेस–माओवादी गठबन्धन दलले राप्रपालाई पनि सँगै लिएर जाने प्रयास गरिरहेका छन् ।

संवैधानिक प्रक्रिया अनुसार सरकारमा सहभागी कुनै पनि राजनीतिक दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने समयमा भएको यो खेलले ती विषय ओझेलमा पर्ने निश्चित बनेको छ ।

सम्बन्धित समाचार

कर्णाली प्रदेशमा एक सातामै १३ हजार छिरे

सुर्खेत, १४ जेठ-यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । भीड व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारलाई निकै सकस भएको छ । प्रदेश नं. ५ को जमुनाह र सुदूरपश्चिम प्रदेशको गड्डाचौकी,...

चितवनका कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ

चितवन, १२ वैशाख-भरतपुर अस्पतालमा उपचाररत २ कोरोना सङ्क्रमितमध्ये १ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार उपचार गराइरहेका आमाछोरामध्ये छोराको नतिजा नेगेटिभ देखिएको हो । पूर्वी चितवनको राप्ती नगरपालिका–८ का...

विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण

विराटनगर, असार १२-विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० पुगेको छ । संक्रमितमध्ये ४ जना उपचारपछि घर फर्किएका छन् । विराटनगर–६ का ३१ वर्र्षीय पुरुष र विराटनगर६ कै २१ वर्षीया महिलामा कोरोना...

महिलाको चरित्र हत्या गर्दै भिडियो प्रसारण गर्ने चार युट्युबे पक्राउ

काठमाडौं, १३ असोज । महिलाको चरित्रहत्या हुनेगरी भिडियो प्रसारण गर्ने चार युट्युबर पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङका २१ वर्षीय प्रदीप भण्डारी, सराइचुली मिडिया युट्युब च्यानलका सञ्चालक पिंकला कार्की...

कोशी अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डाक्टर रोशन, कसले कति ल्याए मत ?

विराटनगर । कोशी अस्पताल विकास समिति कर्मचारी युनियन इकाइको अध्यक्षमा डाक्टर रोशन खड्का निर्वाचित भएका छन् ।विराटनगरमा मंगलबार भएको इकाइको दोस्रो जिल्ला अधिवेशनबाट उमेश कुमार यादवलाई भारी मतअन्तरले हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।मंगलबार...

थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ८७ पुग्यो

काठमाडौं, ९ जेठ-नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा नवलपरासी (वर्दघाट...

ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छः अध्यक्ष प्रचण्ड

काठमाडौं, २५ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुक्कसँग संसद् बैठक बस्नसक्ने वातावरण बनेको प्रतिक्रिया दिएका छन् । संसद्को वर्षे अधिवेशनको पूर्वसन्ध्यामा आज बानेश्वरस्थित संसद् भवनको निरीक्षण तथा कोभिड–१९ परीक्षणका लागि स्वाब...

प्रदेश १ मा कोरोनाबाट ९ जनाको मृत्यु, १६ सय संक्रमित

विराटनगर, २८ साउन–प्रदेश १ मा कोरोना भाईरस(कोभिड १९) बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतक ६ जना प्रदेश १ छन् । अन्य ३ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्