प्रथम अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता सुरु, एभरेष्ट र बुढानिलकण्ठ स्कुल फाइनलमा
बिहिबार, ११ जेठ, २०८०,
न्यूज विराट
विराटनगर । प्रथम अन्तर विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगीता सुरू भएको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन खेलमा जुनियर एकल छात्र र जुनियर एकल छात्रा तर्फका खेलहरू भएको छ । जुनियर छात्र एकल तर्फ विराटनगरको एभरेष्ट स्कुल र बुढानिलकण्ठ स्कुल फाइनलमा पुगेको छ । एभरेष्ट स्कुलका सुशान्त मेहताले सगरमाथाका सोनु महतोलाइ ३–१ सेट अन्तरले पराजित गर्दै एभरेष्ट फाइनलमा पुगेको हो । त्यसैगरी बुढानिलकण्ठ स्कुलका रुपेश श्रेष्ठले जेसी बाल सदनका रिशित साहलाइ ३–१ सेटले पराजित गर्दै बुढानिलकण्ड फाइनल यात्रा सुरक्षित गरेको छ । जुनियर छात्रा तर्फ सेन्ट मेरिज स्कुलको पूर्ण दबदबा रह्यो । सेमिफाइनलमा सेन्ट मेरिजका आर्नवी भट्टराई, स्वीकृति भट्टराई, अपाला साह र बिज्ञता थापा सेमिफाइनल प्रवेश गरेका छन् । शुक्रबार सब–जुनियर छात्र र सब–जुनियर छात्रा सिङल्स तर्फका खेलहरु हुने मिल्स फार्क क्लबका अध्यक्ष धनकुमार लामाले जानकारी दिए । खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विराटनगरका दुई दर्जन विद्यालयबाट सय भन्दा बढी खेलाडी विद्यार्थीहरुको सहभागि रहेको छ । प्रतियोगिताको उद्घाटन विराटनगर १६ का वडाअध्यक्ष उद्धब कुमार भुजेलले गरे ।
विराटनगर, २९ असार–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भाषा, साहित्यको संरक्षण आवस्यक रहेकोमा जोड दिएका छन् । संघियता अघिको शासन प्रणालीले श्रष्टाहरुको खोजी, पहिचान र सम्मानको काम नगरेको उनले बताए । २ सय ७ औं...
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट एक जना कैदी फरार भएको घटनाको अनुसन्धान गर्न मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतको नेतृत्वमा छानविन समिति गठन भएको छ । डियुटिमा रहेका दुई जना प्रहरीलाई निलम्बन गरेर छानविन...
विराटनगर, २२ साउन । झापाको झापा गाउपालिका २ झापा बजारका ३५ बर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको छ । हिजो बिहान ९ बजे सोही स्थानका बिकाशअग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढलि किचेर...
विराटनगर । हुलाकी सडक अन्र्तगत मोरङको कटहरी खण्डको निमार्ण कार्य सुस्त भएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । उक्त सडक निमार्ण कार्यमा ढिला सुस्ती भएको भन्दै नेपाली काँग्रेस कटहरी गाउँपालिकाको अगुवाइमा यहाँका स्थानीयले एक घण्टा सडक...
काठमाडौं, १७ जेठ-0शनिबार थप १३ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएका छन् । कोरोनाको संक्रमणलाई पराजित गर्नेमा ७ वर्षीय बालकदेखि ४२ वर्षीय पुरुषसम्म छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार शनिबार...
विराटनगर, २६ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ८५ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको सामाजिक विकास...
विराटनगर, २० मंसिर–कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले बन्द गरेको नेपाल–भारत सीमा नाका खोल्नुपर्ने माग गर्दै सीमा क्षेत्रका स्थानीयले अनिश्चीत कालिन धर्ना सुरु गरेका छन् । नेपाल भारत खुल्ला सीमा सम्वाद समुहले भारतीय नाकासँग जोडिएको...
विराटनगर, ३० भदौ । विराटनगरमा बुधबार ६३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ३ हजार ४३ जना पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १० हजार ९ सय ७६ जना...