राशिफल

आर्थिक समृद्धिको लागि काम गर्ने नेताको खाचो

 न्यूज विराट
आर्थिक समृद्धिको लागि काम गर्ने नेताको खाचो

गोविन्द प्रसाद दाहाल

आर्थिक मन्दीको कारणले विभिन्न देशहरु टाट पल्टिरहेको अवस्था दिनानुदिन सुनिदै आएको छ । कोभिड महामारी,रसिया युक्रेन युद्ध लगायतका कारणले पर्यटन ब्यबसाय ,होटल ब्यबसाय, उद्योग कलखानाको नियमित सन्चालन ,विभिन्न ब्यापार ब्यबसाय हरुको सन्चालन आदि तिब्र गतिमा जान सकेका छैनन् ।

निर्यात गरिने बस्तुहरु आयात हुने बस्तुको दाजोमा कम भएकोले बिदेसी मुद्रा बाहिरिएको छ । अझ भनौ नेपालमा कुनै रोजगारी अवसर कम मात्रामा हुने देखिएको साथै समाबेसी कोटा निर्धारण गरिएको कारणले राम्रो र उच्च मुल्यांकन भएका बिद्यार्र्थीहरु समेत बिदेसी शिक्षा लिन बाध्य छन् । यसको कारणले सन्चित रहेको खरबौ बिदेसी मुद्रा समेत बिदेसिएको छ ।

बिदेसमा करिब साठी लाख भन्दा बढी नेपालिहरु विभिन्न माध्यमले बिदेसिएका छन् । आजभोली पनि दैनिक पाँच हजारको हाराहारीमा नेपालिहरु बिदेसिएको रेकर्डले देखाउँछ । बिश्को विशिष्ट एजेन्सिले गरेको अनुसन्धान बाट नेपाल लाई भ्रष्टाचारको सुचिमा माथिल्लो दर्जामा राखिएको पाइन्छ । बिकास निर्माणका कार्यहरु गुणस्तर छैनन । ठेकेदार र कर्मचारिको मिलोमतोमा हजारौ योजनाहरु अलपत्र छन् । नेपाल सरकार ,राजनैतिक दलका ठुला नेता भनाउदाहरु यसैमा रमाएका छन् । कारबाही गर्नुको बदलामा उल्टै तिनिहरुका भागिदार बनेका छन् । देशको राजस्व संकलन भन्दा खर्च अत्यधिक बढेको छ । यो आर्थिक बर्षमा पनि दशौं खर्ब रकम न्यून भैसकेको छ । नेपाल सरकारले विभिन्न समयमा बचत पत्र, ऋण पत्र जारी गरेर स्रोत जुटाएको कुराले पनि यो बुझ्न सकिन्छ । नेपालको आर्थिक अवस्था दिन प्रतिदिन बिग्रदै छ । नेताहरु कुनै न कुनै माध्यमबाट करौडौ अझ भनौ अर्बौ रकमको भ्रष्टाचारमा मुछिएको खबर दैनिक जसो सुन्न र देख्न पाइएको छ । नक्कलि भुटानी सरणार्थीको घिनलाग्दो कारोबारले गर्दा बिश्मा नै नेपाल र यहाका राजनैतिक दलका नेताहरुको चरित्र उदाङ्गिएको छ । अब विश्व समुदायले नेपाल र नेपाली जनतालाइ समेत नराम्रो दृष्टिले हेर्न थाली सकेका छन् । पुरानो अवस्थाको नेपाली गोर्खालिको इज्जत लाई निमिट्यान्न पार्ने काम यी झुसे नेताहरुले गरेका छन् । राम्रो काम गर्न खोज्ने नेतालाइ,पुराना सबै दलहरु मिलि खेदाउने काम गरेको प्रमाण भर्खरै सप्पन्न उप निर्वाचन बाट पनि पुष्टि गर्न सकिन्छ ।

बिकास निर्माणकार्य हरु गुणस्तर नहुनु, खर्चिलो हुनु, स्रोतको सुनिश्चितता नभै योजना राखिनु ,अनावश्यक खर्च गरिनु, समय भित्र योजना सम्पन्न नगरी निर्माण लागत बढाउने काम हुनु , लागत लाभको बिश्लेषण नगरी योजना स्वीकृत हुनु , विभिन्न निकायहरु बिच समन्वय नगरी आफ्नै तालमा योजना बनाइनु, अनावश्यक कर्मचारी भर्ती गरिनु, जिम्मेवारी बहन गर्ने लक्ष्यको बिकास नहुनु, आर्थिक भार पर्ने अनाबस्यक आयोग ,सस्थान,बोर्ड ,प्रदेस ,जस्ता निकायहरु खारेज वा एकीकरण गर्नु पर्नेमा सो मा चासो नदेखाइनु,विभिन्न निकायमा अनावश्यक पदहरु सृजना गरो आफ्नो नजिकका मान्छेलाइ जिम्मेवारी दिइनु ,आफ्नै ,सङ्गठनका कर्मचारी हरु बाटै परामर्श सेवा,तालिम जस्ता कार्यहरु गराउनु पर्नेमा अरबौ डलर बिदेसी परामर्स दातालाइ खर्च लेखिनु जस्ता कार्यहरुले नेपालको बिकास र समृद्धि मा समेत ठूलो खतरनाक अवस्था आइ सकेको छ ।

जुन जोगि आए पनि कानै चिरेका भने जस्तो जुन सरकार आएपनी उखान गरेर नै राज्य सत्ता टिकाउने र जनतालाइ गुमराहमा पार्ने काम भएको छ । देशको बिकास र जनताको आर्थिक समृद्धिको लागि काम गर्ने नेताको खाचो आजभोली टड्कारो देखिएको छ । अब हामी सबैले नयाँँ सोच,बिचार ,दृढ सन्कल्प लिएर देश र हामी नेपालिको आर्थिक प्रगती आर्थिक बिकास लिने पथ धारण गर्ने नेता र पार्टी लाई समाती यी पुराना गफाडी र भ्रष्टाचारले ब्याप्त नेतालाइ ठेलामा हाली नगर परिक्रमा गराउनु पर्ने अवस्था आएको देखिएको छ । सुखी नेपाली समृद्धि नेपाल नारामा मात्र लेखिने ,लेख्न लगाउने लाई परास्त गर्दै अब सबै युबा पिढिहरु,एक मत भै अगाडि बढेको खन्डमा पक्कै पनि हाम्रो देस नेपालले काचुली फेर्ने कुरामा दुई मत नहोला ।

सम्बन्धित समाचार

कोशी प्रदेशमा माओवादीका पूर्वाधार र पर्यटनमन्त्रीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेशका माओवादीका दुई जना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाइ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् । मंगलर माओवादीको...

कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीद्धार फिर्ता गर्ने निर्णाय, हिक्मत कार्कीको सरकार अल्पमतमा

विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णाय गरेको छ । आज दिउँसो माओवादी केन्द्र कोशी प्रदेशको पदाधिकारीको बैठकले हिक्मत कार्कीको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णाय गरेको हो...

कोशी प्रदेश सरकार छाडन आज औपचारिक निर्णय गर्दै माओवादी

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज दिउँसो ११ बजे बस्ने संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्न लागेको हो ।...

माओवादी कोशी प्रदेश संसदीय दलको बैठक सुरू, समर्थन फिर्ताको सक्भावना

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । आज सुरू भएको बैठकमा सरकारबारे छलफल हुने भएको हो । माओवादी कोशी प्रदेशका एक सांसदका अनुसार बैठकमा सरकार छाड्ने विषयमा छलफल...