शिक्षादीप कलेजका साढे ११ सय विद्यार्थीलाई विदाई

 न्यूज विराट
शिक्षादीप कलेजका साढे ११ सय विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षादीप कलेजले कक्षा १२ को परीक्षा दिएका साढे ११ सय विद्यार्थीलाई विद्याई गरेको छ । विज्ञान संकायका ८ सय र व्यवस्थापन संकायका ३५० जना विद्यार्थीहरुलाई कलेजले एक भव्य कार्यक्रम आयोजना गरी विदाई गरेको हो ।
कलेजमा अध्यनरत व्यवस्थापन संकायको १५ औंं ब्याचका र विज्ञान संकायका १४ औं व्याजका विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए ।
कार्यक्रममा कलेजको लिएको आन्तरीक परीक्षा तथा हिसानको परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा कोशी प्रदेशका सांसद तथा कलेजका अध्यक्ष भीम पराजुली, कलेजका कलेजका प्राचार्य तथा हिसान कोशी प्रदेशका अध्यक्ष ज्ञानबहादुर खडका, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, कलेजका निर्देशक शैलेन्द्रराज शिवाकोटी, व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराईत, संचालकहरु भुपेन्द्र दाहाल, नविन कुमार रोय, रमेश मण्डलगायत मन्तव्य राख्दै शिक्षादीप कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेको थिए ।
विदाई कार्यक्रममा विदाई हुन लागेका सौगात क्षेत्री, स्वीकृटि पराजुली, सन्देश श्रेष्ठ र श्रेयन्सा दाहाल लगायतले कलेजमा वितेका दुई वर्षको अनुभव सुनाएका थिए ।

सम्बन्धित समाचार

क्यान्सर पीडित साहको उपचारमा सहयोगको याचना, तेली समाजद्धारा ५१ ह्जार सहयोग

विराटनगर । बायाँ खुट्टमा क्यान्सर भएका एक जना क्यान्सर पीडित विरामीले उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । सुनसरीको दुहबी नगरपालिका – १० का २० वर्षीय नरेश कुमार साहका परिवारले उपचारको लागि सहयोगको...

मोरङ उद्योग व्यापार संघका अध्यक्षमा राठी, महासचिबमा सञ्जय श्रेष्ठ

विराटनगर । मोरङ उद्योग व्यापार संघको अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष अनुपम राठी निर्विरोध निर्वाचित भएका छन् ।संघको ३४ औं कार्यकारिणी समितिको अध्यक्ष पदका लागि निर्वाचित कार्यकारिणी सदस्यहरूले सर्वसम्मत रुपमा राठीलाई अध्यक्ष निर्वाचित गरेका हुन् ।संघमा...

प्याब्सन विराट कपको फाइनलमा मदरल्याण्ड र डनबस्को स्कुल भिड्ने

विराटनगर । विराटनगरमा रहेको मदरल्याण्ड एकाडेमी र डनबस्को स्कुल दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा बिहीबार भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीले सेन्टजोसेफ स्कुललाई २–१ गोलले पराजित...

खोप लगाउनेको संख्या सरकारको लक्ष्यभन्दा कम, दुई दिन समय थपियो

सरकारले पहिलो चरणमा कोरोनाविरुद्धको खोप ४ लाख ३० हजारलाई लगाउने घोषणा गरेको थियो । तर, लक्ष्यअनुसार खोप लगाउनेको संख्या कम देखिएको छ । शनिबारसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २ सय २६ खोप केन्द्रबाट ३...

कर चुक्ताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा एक जना पक्राउ

विराटनगर । नक्कली कर चुक्ताको प्रमाण पत्र बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । आन्तरिक राजस्व कार्यालय विराटनगर आसपासको क्षेत्रमा नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएको आरोपमा विराटनगरका लक्ष्मण कुमार पण्डितलाई पक्राउ परेका हुन् ।...

विराटनगरका मोतीलाल दुगड फुल मन्त्रीसरहको आर्थिक सल्लाहकार बन्दै

विराटनगर ४ माघ । विराटनगरका चर्चित उद्योगी मोतीलाल दुगड प्रधानमन्त्री केपीकर्मा ओलीको विषेश आर्थिक सल्लाहकार बन्ने भएका छन् । संसद विघटनपछि भएको सरकार पुनर्गठनका क्रममा उद्योग राज्यमन्त्रीबाट राजीनामा दिएका विराटनगरका चर्चित उद्योगी दुगडले महत्वपूर्ण जिम्मेवारी...

मृत शिशु छोडेर आफन्त सम्पर्क विहीन, शव व्यवस्थापनमा समस्या  

विराटनगर । विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको लागि ल्याएको नवजात शिशु उपचारको क्रममा मृत्यु भएपछि आफन्त सम्पर्क विहीन भएका छन् । भारतको अररिया घर भएका सुशील कुमार मण्डको तीन दिनको नवजात शिशुको उपचारको क्रममा गोल्डेन अस्पतालमा...

प्रहरीलाई कारबाहीको माग राख्दै पत्रकार आन्दोलित

जनकपुर, ३० वैशाख-पत्रकारलाई कुटपिट तथा दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाहीको माग राख्दै आन्दोलनरत वीरगन्जका पत्रकारले आज पनि सडकमा धर्ना दिँदै प्रदर्शन गरेका छन् । दोषी प्रहरीलाई कारबाहीको माग गर्दै आन्दोलनरत नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्