कानेपोखरीका शिक्षकलाई पालिकाले ‘अतिचार’ गरेको आरोप, लेनदेनमा सरुवा हुने गरेको गुनासो

 न्यूज विराट
कानेपोखरीका शिक्षकलाई पालिकाले ‘अतिचार’ गरेको आरोप, लेनदेनमा सरुवा हुने गरेको गुनासो

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् ।
गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा तर्फ केन्द्रीत भएको आरोप पनि लगाएका छन् ।

‘शिक्षकको सरुवा, करार शिक्षक नियुक्ति र शिक्षक पदस्थापनामा अनियमितताका कुराहरु सुन्नमा आएका छन्,’ ज्ञापनपत्रमा भनिएको छ, ‘शिक्षा शाखामा जाँदा प्रधानाध्यापक तथा शिक्षकका फायलहरु फालिदिने, बारम्बार दुःख दिने, शिक्षकलाई होच्याएर बोल्ने जस्ता कुरा जग जाहेरै छन् ।’ शिक्षा शाखाबाट भइरहेका यसखाले गतिविधिप्रति पालिका नेतृत्व मुकदर्शक बनेको पनि उनीहरुले आरोप लगाएका छन् । ‘सम्बन्धीत निकाय बेखबर नै रहेको र निज शिक्षा अधिकृतले आफ्नो व्यवहार पविर्तन नगरेको साथै दिनप्रतिदिन सोही क्रियाकलाप दोहोरिरहेको पाइएकोले हामी ज्ञापन पत्र बुझाउन बाध्य छौं । अति गर्नु तर, अतिचार नगर्नु,’ ज्ञापनपत्रमा उल्लेख छ ।


एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक महासंघका अध्यक्षहरु क्रमशः सुरतलाल चौधरी, जंगबहादुर बोहोरा, सन्जीव खड्का र विजयगोपाल गड्तौलाले हस्ताक्षर गरिएको ज्ञापन पत्रमा विभिन्न ९ वटा माग समावेश गरिएको छ ।

जसमा एक महिनाभित्र शिक्षा अधिकृत बेगबहादुर काफ्लेको सरुवा गर्नुपर्ने, करार शिक्षक नियुक्ति प्रक्रिया पारदर्शी बनाउन शिक्षा नियमावलीमा भएको व्यवस्थाअनुसार व्यवस्थापन समितिबाट विषयविज्ञ चयन गर्ने व्यवस्था गर्नुपर्ने, शिक्षा समितिले सम्पादन गर्ने हरेक शैक्षिक गतिवधिका कार्यमा महासंघको प्रतिनिधिलाई अनिवार्य सहभागी गराउनु पर्ने, समयमै मासिक तलब निकासा हुनुपर्ने, बालविकास शिक्षकको बढेको तलब २ हजार तत्काल भुक्तानी गर्नुपर्ने, विद्यालयको आवश्यक शैक्षिक सामग्रीको व्यवस्थाका लागि बजेटको व्यवस्था गर्नुपर्ने र विभिन्न समयमा संचालन भएका कम्प्युटरसम्बन्धी तालिम, गोष्ठी तथा स्थानीय पाठ्यक्रम प्रविधिकरण तालिममा सहभागी शिक्षक कर्मचारीलाई रकम बुझेको भरपाइमा हस्ताक्षर गराएर रकम नदिएकोमा अविलम्ब भुक्तानीको व्यवस्था हुनुपर्ने उल्लेख छ ।

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट प्रदेश १ मा एकैदिन २२ जनाको मृत्यु

काडमाडौं, १९ जेठ । प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ९ महिला र १३ जना पुरुषको मृत्यु भएको हो । मृतकमध्ये सबैभन्दा बढी मोरङका ८...

हिमालय दर्शन कलेजको पुल पार्टी, विद्यार्थीले गरे रमाईलो

विराटनगर । होटल म्यानेजमेन्टमा विराटनगरको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित हिमालय दर्शन कलेजका विद्यार्थीहरूले बिहीबार साँझ विराटनगरमा भव्य पुल पार्टी आयोजना गरेका छन् । कलेजको सहयोगमा विराटनगर एयरर्पोट लाईनमा रहेको होटल एशियाटिकको स्विमिङ पुलमा विद्यार्थीहरूले...

रुसमा संक्रमितको संख्या करिब साढे ४ लाख, विश्वमा ६७ लाख १४ हजार

मस्को, जेठ २३–रुसमा कोरोना संक्रमितको संख्या करिब साढे ४ लाख पुगेको छ । शुक्रबार दिउँसो सम्ममा रुसमा कोरोना संक्रमितको संख्या ४ लाख ४९ हजार ८ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा रुसमा...

आजदेखि नयाँ वर्ष प्रारम्भ, ‘लकडाउन’ का कारण घरमै बसेर मनाइँदै

काठमाडौं, १ वैशाख-नयाँ वर्ष २०७७ साल आजबाट सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले घरमै बसेर मनाउँदै छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको ‘लकडाउन’का...

मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुनः पोजेटिभ

विराटनगर, २६ भदौ–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन ः पोजेटिभ आएको छ । कोरोना लक्षण देखिएको दुईसाता पछि विहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुन ः पोजेटिभ आएको प्रदेश १...

विराटनगरमा भेस्पा र अप्रिलिया स्कुटरको स्वरुम, गौरव अटोसेन्टर सुरू गर्यो विक्री

विराटनगर । विराटनगर ४ बरगाछीमा गौरव अटोसेन्टरले भेस्पा र अप्रिलिया स्कुटरको विक्री वितरण सुरु भएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रमको बीच भेस्पा र अप्रिलियाको आधिकारिक बिक्रेता गौरव अटोसेन्टरले विक्री वितरण सुरु गरेको हो ।भेस्पा...

ओशो धर्म प्रदिप ध्यान आश्रम विराटनगरको सातौ साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः राजवंशी चयन

विराटनगर, १८ मंसिर । ओशो धर्म प्रदिप ध्यान आश्रम विराटनगरको साधारणसभा शनिबार सम्पन्न भएको छ । विराटनगर–२ स्थित आश्रमको सातौ साधारणसभा विराटनगरमा सम्पन्न भएको हो । साधारणसभाले पुनः अध्यक्षमा रामनारायण राजवंशीलाई चयन गरेको छ ।...

कल्पनाको बयान : आँखै अगाडि छोरीलाई बलात्कार गर्न खोजेपछि हत्या गरेँ

काठमाडौं, २८ साउन-दाङका कृष्णबहादुर बोहोराको वीभत्स हत्याकाण्डको भित्री पाटो विस्तारै खुल्दै गएको छ । २५ साउनमा बोहोराको टोखानगरपालिका- १०, गोंगबु नवज्योतिमार्गका किरण बस्नेतको घरमा हत्या भएको थियो । उनको शव २६ साउनकाे बिहान शरीर, टाउको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्