मोटरसाईकल चोरी आरोपमा पाँच पक्राउ

 न्यूज विराट
मोटरसाईकल चोरी आरोपमा पाँच पक्राउ

विराटनगर । मोरङ प्रहरीले मोटसाइकल चोरी आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । विभिन्न मितिमा मोटसाइकल चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका – ६ का १९ वर्षीया प्रकास सरदार, सोही ठाउँका २० वर्षीया दिपेश कुमार सरदार, २१ वर्षीया विजय सहनी, २५ वर्षीया जितेन कुमार राय र विराटनगर महानगरपालिका वडा नं.– ८ का २० वर्षीया रोहित चौधरी रहेका छन् । प्रहरीले उनीहरुलाई विभिन्न स्थानबाट को ३० प ७६९२ नम्बरको आर १५, को २५ प १३२६ नम्बरको पल्सर, को ३७ प १३२३ नम्बरको ग्ल्यामर मोटरसाईकलसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन बहादुर दाहालले जानकारी दिए ।

पक्राउ परेका पाँचै जनालाई प्रहरीले मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा मिति आइतबार सात दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित समाचार

९० दिन अन्तरिक्षमा बसेर पृथ्वी फर्किए चीनका तीन अन्तरिक्षयात्री

एजेन्सी, २ असोज । मानवसहितको अन्तरिक्ष अभियान पूरा गरी चीनका तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन् । यसलाई चीनको अहिलेसम्मको सबैभन्दा लामो अन्तरिक्ष अभियान भनिएको छ । उनीहरू ९० दिनसम्म एउटा अन्तरिक्ष केन्द्रमा बसेका थिए । टियाहे...

नेपालमा थप २४२ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

नेपालमा थप २४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार पछिल्लो...

प्रहरीमाथि ढुङ्गामुढा गरेपछि हवाईफायर, दुई जना घाइते

दैलेख, २८ वैशाख-दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ । ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झडप हुँदा एक प्रहरी जवान खगेन्द्र...

चौतर्फी दबावपछि सिटीलाई लगाएको निर्णायबाट पछि हट्यो ट्राफिक , विराटनगरको मुख्य राजमार्गमा सिटी चलाउन पाउने

विराटनगर । जिल्ला ट्राफिक प्रहरीले कार्यालय मोरङले विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी चलाउन लगाएको रोक गर्ने निर्णाय चौतर्फी दबावपछि फिर्ता लिएको छ ।जिल्ला प्रशासन कार्यालय मोरङमा शनिबार बसेको सर्बपक्षीय बैठकपछि मुख्य राजमार्गमा सिटी सफारी चलाउन...

पहाडी क्षेत्रमा बदली, आज प्रदेश १ मा वर्षाको सम्भावना

काठमाडौं, मंसिर २३ । बिहीबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना...

मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु

विराटनगर, २३ असोज । झापा अर्जुनधारा नगरपालिका २ भेलेनी चौक छेउ  स्थित भित्री सडक खण्डमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटना स्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक झापा अर्जुनधारा नगरपालिका ६...

मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्षको विष्णु डंगोल चयन

विराटनगर । मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्षको विष्णु डंगोल अध्यक्षमा चयन भएका छन् । विराटनगरमा शुक्रबार भएको ट्रष्टको आठौं वार्षिक साधरणसभा तथा तेस्रो अधिवेशनबाट डंगोल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । डंगोल खेलकुद क्षेत्रमा...

विराटनगर देवकोटा चोकको रोयल मिल्कमा कुहिएको मासु, १० किलो नष्ट

विराटनगर । विराटनगरको देवकोटा चोकस्थित रोयल मल्कि मिट सेन्टरमा कुहेको खसीको मासु भेटिएको छ ।विराटनगर महानगरपालिकाले आइतबार गरेको अनुगमनको क्रममा रोयल मिल्क मिट सेन्टरमा कुहिएको मासु भेटिएको हो ।खसीको कुहिएको मासु १० किलो भेटिएपछि नष्ट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्