ब्यालकमेलिङ गर्दै ६ वर्षदेखि बलत्कार गर्ने एक जना पक्राउ

 न्यूज विराट
ब्यालकमेलिङ गर्दै ६ वर्षदेखि बलत्कार गर्ने एक जना पक्राउ

विराटनगर । विराटनगरको २० वर्षीया किशोरीलाई जवरजस्ती करणाी गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

ब्यालकमेलिङ गर्दै ६ वर्षदेखि ती किशोरीलाई बलत्कार गरेको आरोपमा विराटनगर– ६ का ३० वर्षीया मो.रिजवान अन्सारी पक्राउ परेका हुन् । पक्राउ परेका अन्सारी व्यवसायी पनि हुन् । उनको विराटनगरमा चस्मा पसल रहेको छ ।

अन्सारीले विराटनगरकी एक जना किशोरीलाई २०७४ सालबाट बलत्कारको भिडियो बनाएपछि उक्त भिडियो सामाजिक संजालमा सार्वजानिक गर्ने डर त्रास देखाउँदै बलत्कार गरेको आरोप छ ।

ब्यालकमेलिङ गर्दै अन्सारीले ती किशोरीलाई १५ वर्षको उमेरदेखि बलत्कार गर्दै आएको मोरङ प्रहरीका प्रवक्ता डिएपी रन्जन कुमार दाहालले जानकारी दिए । ‘जवरजस्ती करणी गरेपछि पीडितको भिडियो बनाएको पाइएको छ । तेही अस्लिल भिडियो सामाजिक सञ्जालमा हालेर भाइरल बनाउने डर त्रास र ब्यालकमेलिङ गर्दै ६ वर्षदेखि बलत्कार गर्दै आएको खुलेको छ,’ डिएसपी दाहालले भने, ‘अहिले घटनाको अनुसन्धान सुरू गरिएको छ ।’ बलत्कारको शिकारमा परेकी ति किशोरीको जवरजस्ती करणीबाट दुई पटक गर्भ पनि बसेको थियो । उक्त गर्भ पतन गराएको पनि खुलेको छ । ‘उनको भनेको र गरेको मानेन भने भिडियो सामाजिक संजालमा हालेर भाइरल गराउने डर त्रास देखाउने गरेको थियो । तेही अस्लिल भिडियो बनाएपछि ब्यालकमेलिङ गर्दै जवरजस्ती करणी गरेको छ । करणी गरेपछि बसेको गर्भ दुई पटक पतन पनि गराएको छ,’ ती किशोरीले दिएको जाहेरीमा उल्लेख छ ।
प्रहरीको अनुसार पहिलो पटक २०७४ सालमा जवरजस्ती करणाी गरेको पीडित किशोरीले मोरङ प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
पक्राउ परेका अन्सारीलाई मोरङ प्रहरीले आइतबार तीन वटा मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका डिएसपी दाहालले बताए । प्रहरीले उनी विरुद्ध जवरजस्ती करणी, गर्भ संरक्षणको कसुर र विद्युतिय कारोवार ऐनमा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए । किशोरीको अस्लिल भिडियो अन्सारीले फेक फेसबुक अकाउन्ट बनाएर हाल्ने गरेको गरेका थिए । त्यसपछि उनी पक्राउ परेका हुन् ।

सम्बन्धित समाचार

प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं, कात्तिक ६ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि पानी पर्ने संभावना भने यथावत रहेको औल्याएको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले...

सुरुङमा पुरिएर २ जना मजदुरको मृत्यु

विराटनगर, २२ फागुन । ताप्लेजुङ मिक्वाखोला गाऊपालिका– २ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर दुईजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ बर्षीय सन्तोष बानिया र उदयपुर...

औषधी व्यवसायी संघ मोरङद्धारा फेस शिल्ड वितरण

विराटनगर, २४ साउन । नेपाल औषधी व्यवसायी संघ मोरङ जिल्ला शाखाले विराटनगरसहित मोरङका विभिन्न क्षेत्रमा कोरोना भाइरस (कोभिड –१९) संक्रमण बृद्धि भएसँगै औषधी व्यवसायीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अनुहार ढाक्ने फेस शिल्ड वितरण गर्न थालेको...

भारतका गृहमन्त्री अमित शाहको कोरोना रिपोर्ट नेगेटिभ

एजेन्सी, साउन ३०-भारतका गृहमन्त्री अमित शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गृहमन्त्री शाहले शुक्रबार ट्विट गर्दै आफ्नो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । उनले ट्विटमा लेखेका छन्, ‘आज मेरो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ...

अन्तर्राष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने

विराटनगर, २१ फागुन । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ । कोभिड १९ को महामारीमा अग्रपंत्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित...

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं,  २५ भदौ-बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ वृद्धि भएको छ । बुधबार ९६ हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९६ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी...

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं, २५ मंसिर-स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार...

प्रविधिमैत्री शिक्षा आवश्यक : मुख्यमन्त्री राई

विराटनगर, १५ असोज–।प्रदेश १ कामुख्यमन्त्री शेरधन राईले विद्यालयशिक्षा सुधारकालागि प्रविधिमैत्री शिक्षण सिकाई आवस्यक भएकोमा जोड दिएका छन् । विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्रीबनाउने अभियानको शुरुवात प्रदेश सरकारले गरिसकेको उनले बताए । सामाजिकविकास मन्त्रालय र स्थानीयतहको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्