विराटनगर । सिप र संस्कारसहितको रोजगारमुखी शिक्षा आजको आवश्यकता भएको एक कार्यक्रममा वक्ताहरूले बताएका छन् ।
अल्फाबिटाले विराटनगरमा शनिबार आयोजना गरेको विश्वव्यापी शिक्षा मार्फत राष्ट्रिय आर्थिक रूपान्तरण विषयक कार्यक्रममा वक्ताहरूलले यस्तो बताएका हुन् ।
उनीहरूले रोजगारमुखी शिक्षा आजको आवश्यक भएको अहिलेको शिक्षालाई प्रविधिसँग जोडेर अगाडी बढनुपर्ने बताए । कार्यक्रममा चर्चित बैंकर तथा युवापुस्ताका उत्प्रेरक अर्थात ‘मोटिभेटर’ अनिल केसरी शाहले आजको आवश्यता सिप र संस्कारसहितको रोजगारमुखी शिक्षा भएको बताए । उनले कामलाई ठुलो सानो नभएर इमान्दारीको साथ लागि सफलता हात पर्ने बताए । उनले रोजगारी मुखी शिक्षा प्रदान गरेर आर्थिक रुपान्तरणमा लाग्नुपर्नेमा जोड दिए ।
‘तपाई जस्तो युवाले भविष्य हाम्रो हो हैन वर्तमान हाम्रो हो भनेर अगाडि बढ्नुहो’, शाहले भने, ‘युवामा देश प्रति उतरादायी भावना हुनपर्दछ । अनि मात्र अगाडी बढन सजिल्लो हुनेछ ।’
कार्यक्रममा डाक्टर भेषप्रसाद धमला, डाक्टर धर्मराज काफ्ले, प्रागिक विद्यार्थी परिषदका संगठन सचिब नारयण प्रसाद ढकाललगायतले बोलेका थिए । अल्फाबिटा विराटनगरका प्रमुख टीका ढकालले शिक्षामार्फत विश्वव्यापी शिक्षा मार्फत राष्ट्रिय आर्थिक रूपान्तरण गर्ने उद्देश्यले युवाहरुलाई उत्प्रेरणा दिएको बताए । उक्त कार्यक्रमको संचालन सीएम बस्नेतले गरेका थिए ।
विराटनगर । मोरङ र सनुसरीमा श्रृंखलाबद्ध लुटपाट गर्ने गिरोहसहितको पाँच जनाको समूह पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतले शुक्रबार सुनसरी र मोरङमा श्रृंखलाबद्ध लुटपाट गर्ने पाँच जनाको समूहलाई पुर्पक्षको लागि थुनामा राख्ने...
अध्यादेश फिर्ता हुँदैमा अध्यादेशबाट प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति नदिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको 'अपहरणको...
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा नयाँ मेसु नियुक्ति भएका छन् । कोशीका निमिक्त मेसु डाक्टर रविराज सिंह चार महिनामै परिवर्तन भएका हुन् । उनका ठाउँमा कोशी अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डाक्टर चन्द्रभाल झालाई नियुक्त...
विराटनगर । मोरङ कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले पार्टीका नेताहरूलाई बेवास्ता गरेको र उनीहरूको कामलाई असहयोग गरेको भन्दै कारवाहीको माग राखेका छन् । गाउँपालिकाभित्र रहेका क्षेत्रीय र प्रदेश प्रतिनिधि, पालिका सभापतिसहित पदाधिकारी, सातवटै वडाका सभापतिसहितको...
नेपाल रेल्वे कम्पनीले भारतको जयनगरदेखि धनुषाको कुर्था रेलमार्गमा सञ्चालन हुँदै आएको रेलको ‘वासिङ’ गराउन मात्र वार्षिक रु पाँच करोडभन्दा बढी रकम खर्च गर्दै आएको छ । कम्पनीको आफ्नै वासिङ सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने...
एजेन्सी, १० माघ । तालिबानकाे एक प्रतिनिधिमण्डलले नर्वेमा आज पश्चिमी देशका अधिकारीसँग बैठक गरिरहेका छन् । अफगानिस्तान कब्जा गरेपछि पश्चिमी देशका अधिकारीसँग तालिबान प्रतिनिधिमण्डलको यो पहिलो भेट हुनेछ । तीन दिवसीय बैठकमा मानवाधिकार र मानव...
विराटनगर । विराटनगर– ६ शनिमन्दिरमा डाक्टर अम्बिका साहले विराट सिटि डेन्टल संचालनमा ल्याएकी छिन् । सोमबार एक कार्यक्रम आयोजना गरि डेन्टल संचालनमा ल्याएको हो ।अत्याधुनिक डेन्टल चियर, दाँतको ए–क्सरे मसिनलगायत अन्य उपकरणहरू र सक्रमण रोक्न...
झापा, २० असोज-झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनकी पत्नी लीला ओली र छोरा...