विराटनगर । विराट हेल्थ केयर इन्डष्ट्रिज प्रालिले नयाँ प्रोडक उत्पादन सुरु गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका – २ टंकिसनवारीमा रहेको इन्डष्ट्रिजले उच्च गुणस्तरको सेनेटरी प्याड बजारमा ल्याएको हो ।
‘ह्वाइट मुन’ नाम दिएको सेनेटरी प्याड विराट हेल्थ केयर इन्डष्ट्रिजले उत्पादन सुरू गरेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
उच्च गुणस्तरको सेनेटरी प्याड संक्रमणरहित अत्याधुनिक उपकरणबाट उत्पादन हुने गरेको विराट हेल्थ केयर इन्डष्ट्रिजजका ब्राण्ड म्यानेजर दिक्षा थापाले बताइन् । स्वस्थ्यको लागी विश्व दिवस दिन पारेर सेनेटरी प्याड बजारमा ल्याएको उनले बताइन् । ‘हो हामीले उत्पादन गरेको यो सेनेटरी प्याड महिलाहरुको स्वास्थ्य र सुरक्षाको बलियो आधार भएकोले यो कार्यक्रमका लागी आजकै दिनलाइ उपयुक्त मानेका छौं,’ उनले भनिन्, ‘काममा सुरक्षा र स्वास्थ्यको हिसाबले हेर्ने हो भने महिलाहरु अझै पनि जोखिममा रहेको अवस्था छ । प्रत्येक महिना महिलाले खेप्नुपर्ने महिनाबारीले महिलाको स्वास्थ्यलाई जोडेको छ । त्यसैले बिराट हेल्थ केयर इन्डष्ट्रिज आफुलाइ विश्वसनिय, सुरक्षीत तबरका आधारमा अग्रसर बनाएर अगाडी आएको छ । हामीले उत्पादन गर्ने सेनेटरी प्याड हवाइट मुनको मुख्य उद्देश्य भनेको आयातीत सेनेटरी सामानहरुमा परनिर्भरता घटाउनुका साथसाथै गुणस्तरीय, सर्वसुलभ रुपमा उपलब्धता पनि हो ।’
चिनबाट ल्याएको आधुनिक उपकरणबाट सेनेटरी प्याट उत्पादन हुने गरेको छ । दैनिक तीन देखि चार लाख सेनेटरी प्याट उत्पादन गर्न सक्ने क्षमता रहेको छ । तर, अहिले फुल फेजमा संचालनमा नआएको कम्पनीले जनाएको छ ।
कम्पनिले सेनेटरी प्याडको उत्पादन सँगै पहिलो चरणमा पूर्वि नेपालका विभिन्न ग्रामीण क्षेत्रका किशोरी तथा महिलाहरुलाई प्रजनन स्वास्थ्यका बारेमा शिक्षा प्रदान गर्ने, महिनावारीका बारेमा साक्षरता बढाउने र महिनाबारीका बारेमा देखिने अन्धविश्वासलाई घटाउने उनले बताइन् । ‘महिलाको उद्देश्य, लक्ष्य र सफलतालाई महिनाबारीले छेक्नु हुदैन र छेक्दैन भन्ने कुरामा विश्वस्त पार्ने रहेको छ । त्यसैले, सुरक्षीत महिनाबारी, हाम्रो जिम्मेबारी भन्ने हाम्रो यो अभियानमा यहाँहरुको पनि साथ रहनेछ भन्ने विश्वास राखेका छौं,’ म्यानेजर थापाले भनिन् ।
हेल्थ केयर इन्डष्ट्रिजले उच्च गुणस्तरको सेनेटरी प्याड बजारमा ल्याएको जानकारी गराउँदै ।
५५ करोड लगानीमा स्थापना भएको विराट हेल्थ केयरले अन्य विभिन्न स्वास्थ्य सामाग्रीहरु पनि उत्पादन गर्दै आएको छ । विराट मेडिकल कलेजका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीका छोरा र बुहारीले समालेको उद्योगले ९ प्रकाकार सेनेटरी प्याटसहित स्वास्थ्यसँग अन्य सम्बन्धीति विभिन्न सामाग्रीहरु पनि उत्पादन गर्दै आएको छ । यसअघि माक्स, सु कभर, अल्ट्रासाउन्ड जेलीलगायतका सामाग्रीहरु पनि उत्पादन गर्दै आएको प्रबन्धक निर्देशक छत्रबहादुर खड्काले बताए । चार विगाहा क्षेत्रफल रहेको उद्योगमा करिब २ सय जनाले रोजगारी पाएका छन् । जसमध्ये ६० प्रतिशत महिला रहको छन् ।
काठमाडौं, १३ भदौ ।युवाहरूको एक अभियानले एमसीसी सम्झौता खारेजीको माग गरेको छ । एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सम्झौता खारेज गर्न माग गरेको हो । एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र...
विराटनगर । युवा साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन गरिएको छ ।नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सो मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी,...
विराटनगर । अन्तर्राष्ट्रिय सहयोगी सस्था 'हेल्पिङ ह्याण्ड फर रिलाइफ एण्ड डेभलपमेन्ट'ले मोरङको रतुवामाइ नगरपालिका ९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको शुद्ध खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण गरिएको छ । आइतवार एक कार्यक्रमका बिच प्रदेश नम्बर...
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा नयाँ मेसु नियुक्ति भएका छन् । कोशीका निमिक्त मेसु डाक्टर रविराज सिंह चार महिनामै परिवर्तन भएका हुन् । उनका ठाउँमा कोशी अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डाक्टर चन्द्रभाल झालाई नियुक्त...
काठमाडौं ५ वैशाख-नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधीसभा सदस्य डा. शशांक कोइरालाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारको प्रशंसामा केन्द्रित भएको दाबी गरेका छन् । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसदको संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक...
vमधेस बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज (बुधबार) पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा मंगलबार बिदा दिएको प्रदेश सरकारले बुधबार पनि मधेस बलिदानी दिवसको अवसरमा...
काठमाडौं, ४ असोज-काठमाडौं, ४ असोज-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाउने निर्णयपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो । यसअघिका...
काठमाडौं, ९ जेठ-रौतहटमा प्रहरीले गोली चलाएको छ । गए राति रौतहटको राजपुरमा प्रहरीले १२ राउण्ड गोली चलाएको हो । रौतहट प्रहरीका अनुसार रौतहट क्षेत्र नम्बर-२ का सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमका भाइ मेहेताब आलम...