विरोधको बिच कटहरीको वडा कार्यालय नयाँ भवनमा

 न्यूज विराट
विरोधको बिच कटहरीको वडा कार्यालय नयाँ भवनमा

विराटनगर । निमार्ण पुरा भएको एक वर्षपछि केही स्थानीयको अवरोधको बिच मोरङ कटहरी गाउँपालिका ४ नं. वडा कार्यालय नयाँ भवनमा सरेको छ ।

साबिकको ठाउँदेखि करिब सात समय मिटर उत्तरमा आफ्नै सुविधा सम्पन्न भवनमा वडा कार्यालय केही स्थानीयको विरोधको बिच बुधबार वडा कार्यालय सरेको हो ।

सुविधा सम्पन्न नयाँ भवन बनेको भए पनि वर्षौँदेखि जीर्ण भवनमा मासिक २० हजार रुपैयाँ भाडा तिरेर वडा कार्यालय बस्दै आएको थियो । कटहरी ४ जुडी र नयाँ बजारका केही स्थानीयको अवरोध र वडाध्यक्ष जिवनेश्वोर यादवको असहयोगको कारणले वडा कार्यालय सार्न सकेको थिएन । विरोधको भए पनि गाउँपालिकाले वडा कार्यालय आफ्नै भवनमा सारेर सेवा सुचारु गरेको छ ।

कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले वडा कार्यालय सार्न ९ बजे वडा कार्यालय गाडी पढाएका थिए । तर, यहाँका स्थानीयले वडा कार्यालयबाट कागजपत्र झिक्न नदिन वडा कार्यालय अगाडी अवरुद्ध गरे । प्रहरी प्रशासनबाट असहयोग भएको कारणले वडा कार्यालयको भवन सार्न बुधवार समयमै नसकिएको गाउँपालिका अध्यक्ष देवराज चौधरीले बताए ।

‘वडा कार्यालयको आफ्नै भवन बनिसकेको छ । हामीले आफनै भवनमा वडा कार्यालय लैजान कार्यपालिकाबाट निर्याण पनि गरिसकेका छौँ,’ उनले भने, ‘कार्यालय सार्न खोज्दा केहीले अवरोध गरेका छन् । तर, प्रहरी प्रशासनबाट साथ सहयोग नभएको कारणले समयमै सार्न कठिनाइ भयो ।’ प्रहरी प्रशासनबाट पूर्ण रूपमा सहयोग नभएको कारणले वडा कार्यालयको कागजपत्र पुरानै भवनबाट झिक्न नसिकिएको उनले बताए । बुधवार झासदेखि नयाँ भवनबाट वडाको काम कारबाही सुरु भएको उनले बताए । ‘अब पुरानो भवनमा वडा कार्यालयका कर्मचारीहरू जाने छैनन्,’ अध्यक्ष चौधरीले भने, ‘सुरक्षा दिएर भए पनि नयाँ भवनबाट काम कारबाही हुनेछ । शान्ति सुरक्षाको व्यवस्था प्रशासनले गर्नुपर्दछ ।’

चार कोठाको पक्की एक तले भवन ८८ लाख ४५ हजार ४२७ रुपैयाँमा एक वर्ष अगाडी कटहरी ४ चमडाइ चौकदेखि तीन सय मिटर उत्तरमा बनेका छ । वडा कार्यालयको भवन २०७७ जेठ ११ गते सम्झौता भएर २०७७ चैत २० गते सम्पन्न भएको थियो ।
एक वर्ष अगाडी भवन निमार्ण भइसक्दा पनि विवादको कारणले नयाँ भवनमा वडा कार्यालय नसरी मासिक २० हजार रुपैयाँ तिर्दै जीर्ण भवनमा बस्दै आएको छ । वडा कार्यालय सार्न कटहरी गाउँपालिका ४ का वडाध्यक्ष जिवनेश्वोर यादव नमानेपछि गाउँपालिका अध्यक्ष चौधरीले चार महिनादेखि वडा कार्यालयको भाडा रोकिदिएका छन् । गत पुस २६ गते कार्यपालिका बैठकबाट नयाँ भवनमा वडा कार्यालय सार्ने निर्याण भएको थियो ।

सम्बन्धित समाचार

नासाका दुई अन्तरिक्ष यात्रीसहित स्पेसएक्स मिसन लञ्च

एजेन्सी, जेठ १७–स्पेसएक्सको अन्तरिक्ष यान द क्रु ड्रयागन नासाका दुई अन्तरिक्षयात्रीसहित प्रक्षेपण गरिएको छ । यो मिसन अमेरिककाको फ्लोरिडास्थित केनेडी एयर स्पेसबाट प्रक्षेपण गरिएको हो । अमेरिकाले ९ वर्षपछि अन्तरिक्ष मिसन पठाएको हो । निजी...

क्यानडा पठाइदिन्छु भनी ९० लाख ठगेको अभियोगमा एक जना पक्राउ

क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन्...

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर नष्ट

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार बिहान ९ बजेदेखि सुरु भएको आगलागी दिउँसो मात्रै नियन्त्रणमा आएको हो । ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले दमकल, स्थानीयबासी र...

अपराध न्यूनिकरणको लागि कटहरीमा स्थानीय तह प्रहरी कार्यक्रम सुरू हुँदै, यसरी भयो त्रीपक्षीय समझदारी

विराटनगर । अपराध रोकथाम र न्युनिकरण गर्ने उद्देश्यले मोरङको कटहरी गाउँपालिका भित्रको विद्यालयहरूमा ‘स्थानीय तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’ सुरू हुने भएको छ । आगमी नयाँ शैक्षिक शत्रदेखि कटहरी गाउँपालिका भित्रको सामुदायिक र निजी विद्यालयहरुमा...

धरानबाट उडेको प्याराग्लाडीङ दुर्घटना

विराटनगर, १ कात्तिक । रानबाट उढेको प्याराग्लाइडिङ सप्तकोशी नदीमा दुर्घटना भएको छ । धरान–४ स्थित बुद्ध बिहारबाट उडेको प्याराग्लाइडिङ उदयपुरको सप्तकोशी किनारास्थित लाहुरेखोँचमा दुर्घटना भएको हो । अचानक वर्षातसँगै आएको हावाहुरीले प्याराग्लाइडिङ उडाएर सप्तकोशीको लाहुरेखोँच...

सरकारको गलत नीतिका कारण सीमा समस्या : सोनिया

एजेन्सी, असार ९-भारतको नयाँ दिल्ली कांग्रेसको कार्यकारी समिति (सीडब्लुसी) को बैठक बसेको छ । पार्टी अध्यक्ष सोनिया गान्धीले चीनको विषयमा सरकारको नीतिको कडा आलोचना गरेकी छन् । उनले सीमा क्षेत्रमा अहिले भइरहेको समस्याका पछि भाजपा...

विराटनगरमा मातृभूमि महोत्सव, बुधबार इन्जिला रेग्मी र पृति पासवान आउँदै

विराटनगर। विराटनगर – २ शंकरपुरमा जारी मातृभूमि नेपाल महोत्सवमा बुधबार राष्ट्रिय स्तरका चर्चित कलाकारहरु प्रस्तुत हुने भएका छन्। आयोजक समितिका बिक्की भगतका अनुसार बुधबार महोत्सवमा चर्चित गायिकाद्वय इन्जिला रेग्मी र पृति पासवानले आफ्नो प्रस्तुति दिने...

आईपिएल सकिएपछि कोहलीले बैंगलोरको कप्तानी पनि छाड्ने

एजेन्सी, ४ असोज । विराट कोहलीले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को १४औं सिजन सकिएपछि रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी छाड्ने बताएका छन् । युएईमा आईपीएल २०२१ को सेकेण्ड लेग सुरु भएको दिन कोहलीले कप्तानी पद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्