मोरङ बेरियारीको उखुबारीबाट १४ बोरा गाजा बरामद

 न्यूज विराट
मोरङ बेरियारीको उखुबारीबाट १४ बोरा गाजा बरामद

विराटनगर । मोरङ प्रहरीले ठुलो परिमाणको गाँजा बरामद गरेको छ । भारत तस्करी हुन लागेको ठूलो परिमाणमा गाजा प्रहरीले आज बरामद गरेको हो ।

भारततर्फ तस्करी हुन लागेको ४२२ केजी गाँजा मोरङ प्रहरीले जहदा गाउँपालिका वडा २ बेरियारी टोलबाट बरामद गरेको छ । जहदा २ का मो.मजेबुल मियाँको खेतमा लगाएको मकै बारीमा गाँजा लुकाई छिपाई राखेको विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्यूरो रानी बिराटनगरबाट खटिएको टोलीले १४ बोरा ४ सय २२ केजी गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
प्रहरीले गाँजा बरामद गरे पनि तस्करीमा संलग्नलाई पक्राउ गरेको छैन । गाँजा धनीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
तस्करी गरेर भारत पु¥याउनकै लागि धनकुटाबाट झिकाएर गाँजा मोरङको दक्षिणी नाका प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ । सीमावर्ती क्षेत्र नजिक भण्डारण गरिने गाँजा सुरक्षाकर्मीलाई छल्नासाथ सीमानाका हुँदै भारत कटाउने गरिएको हो ।

सम्बन्धित समाचार

मिथिलाञ्चलमा आज जुडशीतल पर्व मनाइँदै

जनकपुर, २ वैशाख-माटोको हिलो एकअर्कालाई छ्यापेर पनि पर्व मनाइन्छ सुन्दा आश्चर्य लाग्न सक्छ । तर, मिथिलाञ्चलको प्रमुख पर्वमध्ये एक जुडशीतल यसैगरी मनाइँदै छ । यो वर्ष भने लकडाउनका कारण जुडशीतल पर्व प्रभावित भएको छ ।...

रोटरी क्बल विराटनगरको भव्य पदस्थापन, अध्यक्षमा मनोज विक्रम शाह

विराटनगर । रोटरी क्लव विराटनगरको ४८ औं पदस्थापन कार्यक्रम भएको छ । विराटनगरमा शनिबार साझ पदस्थापन कार्यक्रम भएको हो ।सन २०२४– २०२५ को लागि रोटरी क्लव विराटनगरको अध्यक्षमा युवा उद्योगी मनोजविक्रम शाह चयन भएका छन्...

उत्तर कोरियामा पनि कोरोना भाइरस

एजेन्सी, जेठ २७-उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियामा कोरोना भाइरस संक्रमणको एउटा पनि घटना नभएको बताइरहेका बेला बैठकमा भने सामाजिक दुरीको निमय पालना गरिरहेको देखिएको छ । यसबाट उत्तर कोरियामा पनि कोरोना भाइरसको...

आज ३ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २० साउन-आज देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आज देशमा मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको...

७ जिल्ला कोरोना फ्रि, ३ मा ५ सयभन्दा बढी संक्रमित

काठमाडौं, ५ साउन-शून्य कोरोना संक्रमित भएका जिल्लाको संख्या ७ पुगेको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ७ जिल्ला कोरोना फ्रि भएको बताए । उनका अनुसार...

सर्वदलीय सरकारका लागि तयार छु : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सदनसमक्ष विश्वासको मत मागेका छन् । जारी प्रदेशसभामा कार्कीले संसदको अंकगणितका कारण सर्वदलीय सरकारको विकल्प नभएको बताए । त्यसका लागि आफू तयार रहेको उनले बताएका छन् ।...

सनसिटी अपार्टमेन्टका २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २ वैशाख-पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको पाटन अस्पतालले जनाएको छ । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए...

आज २ हजार ७१ संक्रमित थपिए, १५ सय ५२ जना डिस्चार्ज

काठमाडौं, २५ असोज-गत २४ घण्टामा नेपालमा २ हजार ७१ जना नयाँ संक्रमित थपिएका छन् । १२ हजार ४ सय २७ को पीसीआर गर्दा २ हजार ७१ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएकामध्ये १ हजार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्