पूर्वबजेट छलफलमा करको दायरा बढाउन सुझाव

 न्यूज विराट
पूर्वबजेट छलफलमा करको दायरा बढाउन सुझाव

विराटनगर । विराटनगर महानगरपालिकाले पूर्वबजेट छलफल सुरु गरेको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका बारेमा छलफल सुरु गरेको हो ।

महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा सोमबार उद्योग वाणिज्य महासंघ, हिसान, प्याब्सन, अफिन, घरेलु तथा साना उद्योग महासंघलगायतका प्रतिनिधिहरुलाई बोलाएर बजेटका विषयमा छलफल गरेको छ । छलफलमा सहभागीहरुले करको दर नभई दायरा बढाउनुपर्नेमा जोड दिएका थिए । हाल महानगरले केही क्षेत्रमा दोहोरो कर उठाइरहेको समेत सहभागीहरुले गुनासो गरेका थिए ।

छलफलमा अफिनका अध्यक्ष डा. शंकर अधिकारी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, कोशी प्रदेश अध्यक्ष ज्ञानु खड्का, मोरङ अध्यक्ष अमित ढकाल, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव अशोक लामा, एनप्याब्सन मोरङ अध्यक्ष पराग ढुंगाना, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका देवकीनन्दन अग्रवाल, घरेलु तथा साना उद्योग महासंघ मोरङकी अध्यक्ष सुनिता छाराहाङ, घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष नरेन्द्रप्रसाद होमागाईं, नेपाल डेन्टल एसोसिएसन मोरङकी महासचिव डा. मीरा आचार्य, मोरङ बचत संघकी अध्यक्ष सीता लामिछाने, वृहत साकोसका अध्यक्ष योगेन्द्र साहलगायतले करको दरभन्दा दायरा बढाउनुपर्नेमा जोड दिए ।

उनीहरुले जनताका आधारभूत सेवाका क्षेत्रका रुपमा रहेको शिक्षा र स्वास्थ्यमा कर नबढाउन सुझावसमेत दिए । महानगरको हालको नेतृत्वले सरसफाई, पार्किङ, सुशासनलगायतका क्षेत्रमा महसुस हुनेगरी काम गरेको दाबी गरे ।

आएका सुझावलाई आगामी आर्थिक वर्षको बजेटमा समेट्ने मेयर कोइरालाले प्रतिबद्धता जनाए । कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, राजस्व महाशाखा प्रमुख सरो गौतम, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, लेखा शाखा प्रमुख संजीव भट्टराईलगायतले महानगरको हालको आर्थिक अवस्था र भावी योजनाका विषयमा आ–आफ्नो शाखा र महाशाखाको बारेमा जानकारी गराए ।

सम्बन्धित समाचार

भारतमा नेपालीलाई दुर्व्यवहार गर्ने १ जना पक्राउ

काठमाडौं, ३ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिलाई लिएर नेपालीमाथि दुर्व्यवहार गर्ने १ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको वाराणसी (बनारस) प्रहरीका अनुसार पक्राउ पर्नेमा सन्तोष पाण्डे रहेका छन् । विश्व...

दैनिक उपभोग्य वस्तु गोदाममा छ, बजारमा छैन

स्थानीय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको छ । सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै यसको रोकथामका लागि मुलुकभर अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने र सीमामा कडा निगरानी बढाएको छ ।...

दुर्घटनामा सव इन्जिनियर खानको मृत्यु

विराटनगर । मोरङमा सवारी दुर्घटनामा परी एक जना सव इन्जिनियरको मृत्यु भएको छ । विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको हो ।हरैँचाबाट...

न्यूरो हस्पिटलले मनायो २४ औं वार्षिकोत्सव : हप्तादिन ओपीडि निःशुल्क, २४ वटा बिशेष जाँचमा छुट

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालीटी अस्पतालले २४ औं बर्ष पुरा भएको अवसर विभिन्न कार्यक्रम आयोजना गरेको छ । अस्पतालले शनिबार विभिन्न कार्यक्रम आयोजना गरी २३ औं वार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सवको अवसरमा अस्पतालले...

वीरगञ्जमा एकै दिन २ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १४ साउन-वीरगञ्जमा एकै दिन २ कोरोना संक्रमितको मृत्यु भएको छ । छुट्टाछुट्टै अस्पतालमा बुधबार २ कोरोना संक्रमितको मृत्यु भएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार नेशनल मेडिकल कलेज तथा शिक्षण...

स्प्रेडदरलाई ३.५ प्रतिशत कायम गर्न उद्योगीको माग

विराटनगर । विराटनगरका ठूला तीन उद्योग व्यवसायीका संघ संगठनले देशमा देखिएको अर्थतन्त्रको संकट हल गर्न राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति संशोधन गर्न माग गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुले विभिन्न ६...

मेरील्याण्ड कलेजमा स्पोर्ट्स मिट सुरू

विराटनगर । विराटनगस्थित मेरील्याण्ड कलेजमा स्पोर्ट्स मिट सुरु भएको छ । कलेज परिसरमा सोमबारदेखि स्पोर्ट्स मिट सुरु भएको हो । एक हप्तासम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन खेलहरु रहेको मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले...

कोरोना संक्रमितका लागि ९४२ आईसीयू र ४९६ वटा भेन्टिलेटर छुट्याइयो

काठमाडौं, २९ साउन-कोरोना भाइरस संक्रमितको उपचार गर्नका लागि देशभर ९४२ वटा आईसीयू बेड व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न अस्पतालमा कोरोना भाइरस संक्रमण भएर आएकाको उपचारका लागि कुल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्