विराटनगर । धँखल वंशावली सेवा समितिले परिवारका दुई जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । धंखल वंशावली सेवा समितिको १६ औं वार्षिक भेलामा एक कार्यक्रम आयोजना गरी चन्द्रा श्रेष्ठ र हरीनरसिंह श्रेष्ठ धँखललाई सम्मान गरेको हो ।
सम्मानित भएका ज्येष्ठ सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि धँखल वंशावली सेवा समितिका संस्थापक अध्यक्ष हरिराज श्रेष्ठ र निवर्तमान अध्यक्ष डम्बरबहादुर श्रेष्ठले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
धँखल वंशावलीमा नयाँ नेतृत्व
धँखल वंशावलीको १६ औं भेलाबाट नयाँ नेतृत्वन पनि चयन भएको छ । झापाको दमक नगरपालिका ४ चियादोकानमा भएको भेलाबाट धँखल वंशावली सेवा समितिको अध्यक्षमा उर्लाबारीका पदम श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा विराटनगरका कर्ण बहादुर श्रेष्ठ, सचिबमा प्रेम श्रेष्ठ, सह सचिवमा उर्लाबारीका भिम श्रेष्ठ र कोषाध्यषमा झापा गौरदहका शम्भु श्रेष्ठ रहेका छन् ।
समितिको सदस्यहरुमा अनिल श्रेष्ठ, नवीन श्रेष्ठ, तिर्थ श्रेष्ठ रहेका छन् । थप एक जना सदस्य पछि बैठकबाट मनोनित गर्ने भएको छ । धँखल वंशावली सेवा समितिमा झापा, मोरङ र ताप्लेजुङ्गका नेवार सामुदाय आवद्ध रहेका छन् ।
काठमाडौं, १६ असार-पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नेलगायत विषय डिजाइनअन्तर्गत भएको टिप्पणी गरेका छन् । जारी स्थायी समिति बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा मागेपछि नेकपा केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले सामाजिक...
धनगढी, २६ वैशाख-सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिला ३५ दिनपछि निको भएर घर फर्किएकी छन । लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट आज डिस्चार्ज गरिएको छ । ३५ दिनदेखि सेती अस्पतालमा...
विराटनगर । विराटनगरमा पाँच दिने टेबुल टेनिस तालिम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय टेबुल टेनिस महासंघ (आइटीटीएफ) को आर्थिक तथा प्राविधिक सहयोग तथा विराटनगर टेबुल टेनिस क्लबको आयोजनामा पाँच दिने तालिम सम्पन्न भएको हो ।...
बुटवल, २२ असार-रूपन्देहीको तिलोत्तमा कान्छीबजारमा गत २६ जेठमा भएको सामूहिक हत्याकाण्डका अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् । २६ जेठमा तिलोत्तमा १० कान्छीबजार मैनहवास्थित कृष्णबहादुर पुनले संचालन गर्दै आएको गंगादेवी कृषि फर्ममा ५ जनाको...
काठमाडौं, १० असार-नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आज बसेको स्थायी कमिटी बैठकमा नेता जनार्दन शर्माले सचिवालय विघटन गर्नुपर्ने प्रस्ताव गरेका छन् । सचिवालयले काम गर्न नसकेकोले यसको कुनै अर्थ नभएको भन्दै उनले वैठकको एजेण्डामै खारेज गर्ने विषय...
विराटनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा प्रेमलालसिंह सुवाल चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष रहेका सुवाल सोमबार अध्यक्षमा चयन भएका हुन् ।नवनियुक्त अध्यक्ष सुवालले सोमबार प्याब्सन मोरङको कार्यालयमा पद तथा...
धनगढी, १० असार-कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मिर्गौलाको डायलासिस गराउन आएका बेला मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको मेलौली नगरपालिका-३ का ४७ वर्षीय पुरुष रहेका छन् । डायलासिस गराउन चिकित्सकले सुझाव दिएका भए पनि...
विराटनगर, २ जेठ । देशभर अक्सिजनको समस्या भएपछि विराटनगरले सो आवश्यकता धानीरहेको छ । अक्सिजनको अभावका कारण कोरोना संक्रमितहरुको मृत्यु हुन थालेपछि सुदुरपश्चिम, लुम्बिनी प्रदेश र बाग्मती प्रदेशले पनि विराटनगरबाट अक्सिजन लैजान थालेका हुन् ।...