यी हुन् दर्ता खारेजीमा परेका विराटनगरका १५ सहकारी

 न्यूज विराट
यी हुन् दर्ता खारेजीमा परेका विराटनगरका १५ सहकारी

विराटनगर । विराटनगर महानगरपालिका भित्र कार्यक्षेत्र भएका एक दर्जन बढी सहकारीको दर्ता खारेजी गरेको छ । विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेजी गरेको हो ।

सहकारीहरुले लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका कारण सहकारी ऐनअनुसार खारेजी गरिएको महानगरले जनाएको छ । खारेजीमा पर्नेमा विराटनगर–२ को सक्रिय बचत तथा ऋण सहकारी संस्था लि., विराटनगर–४ को पुष्पाञ्जलि बहुद्देश्यीय सहकारी, ५ को विराट कोशेलीघर, ५ कै एक्सेचेन्ज बचत तथा ऋण सहकारी, ७ को सुमेरु बचत तथा ऋण सहकारी र ८ को सहयोगी सहकारी संस्थाको दर्ता खारेजी गरिएको छ । त्यस्तै विराटनगर–९ को भिजन फर्मा सहकारी, खाटुश्याम बचत तथा ऋण सहकारी, सत्यम ओम साई बचत तथा ऋण सहकारी संस्था, सबल बचत तथा ऋण सहकारी संस्था, युरो बहुद्देश्यीय सहकारी संस्था लिमिटेड पनि खारेजीमा परेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार विराटनगर–१२ स्थित गजलक्ष्मी बचत तथा ऋण सहकारी, १४ को गरिमा बचत तथा ऋण सहकारी, १४ को बहुमूल्य कृषि सहकारी र १५ को ऋद्धिसिद्धि बचत तथा सहकारी संस्थाको पनि दर्ता गरिए भएको छ ।

उक्त सहकारीलाई लेखापरीक्षणसहित आवश्यक कागजातसहित महानगरमा सम्पर्कमा आउन गत फागुन २२ गते सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । पटक–पटक सूचना प्रकाशित गर्दा पनि सम्पर्कमा नआएपछि महानगरले खारेजी गरेको कोइरालाले जानकारी दिए । दर्ता खारेजी गरिएको सहकारीको कार्यालय पनि रहेको थिएन ।

सम्बन्धित समाचार

अपहरणको नाटक गरी आफ्नै बुबासँग फिरौती अशुल्ने छोरा पक्राउ

विराटनगर, फागुन २८–अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासँग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी बुधबार सार्वजानिक गरेको छ । गत फागुन २३ गते घरबाट निस्किएका बुढिगंगा गाउँपालिका–३ का २४ बर्षीय मुकेश...

भारतमा मदिरा पसल खुले, मदिरा किन्नेको लाग्यो भीड

एजेन्सी, बैशाख २२-कोरोना भाइरस महामारीको संक्रमण रोक्नका लागि भारत सरकारले लगाएको लकडाउन केही खुकुल्लो पारेको छ ।यसैबीचमा भारतको केन्द्रीय गृह मन्त्रालयले लकडाउन खुकुल्लो पार्ने नीतिअन्तर्गत मदिरा पसल खोल्न पनि अनुमित दिएको छ । भारतका देशभरमा...

संखुवासभामा कैदी मृत्यु प्रकरणको प्रतिवेदन सार्वजानिक , सुरक्षाकर्मीको चरम यातनाबाट दुई जना कैदीको मृत्यु

विराटनगर । संखुवासभाको खाँदबारी नगरपालिका – १ स्थित जिल्ला कारागारबाट भाग्न खोज्ने दुई जना कैदीलाई कारागारभित्रै चरम यातना दिएपछि मृत्यु भएको अनुगमन टोलीले दावीसहितको स्थलगत अध्ययन प्रतिवेदन सार्वजानिक गरेको छ । साउन २४ गते विहान...

साफ च्याम्पियनसिपमा आज श्रीलंकासँग भिड्दै नेपाल, लगातार दोस्रो जितको दाउ

साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ । माल्दिभ्सको मालेको हुने आफ्नो दोस्रो खेलमा नेपालले  श्रीलंकासँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपाल प्रतियोगितामा लगातार दोस्रो...

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

पर्सा, २३ भदौ-वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।  वीरगञ्ज हेल्थकेयर अस्पतालका अनुसार महागढीमाई नगरपालिका- १० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको हो । गत १४ साउनमा स्वाब...

नेपालका लागि ७ प्रतिशत आर्थिक वृद्धिदर औषत : अर्थमन्त्री

काठमाडौं, १६ जेठ-अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशत नेपालको औषत आर्थिक वृद्धिदर पुगेको दाबी गरेका छन् । आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित बजेट विनियोजन गरेका अर्थमन्त्री खतिवडाले अर्थतन्त्र केही शिथिल भएको स्वीकार्दै...

डब्लूएचओको चेतावनी: अझै खराब अवस्था आउँदै छ

एजेन्सी, बैशाख १०-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एडहानम गेहब्रियससले कोरोना भायरसको महामारीको अझै खराब चित्र देख्न बाँकी नै रहेको चेतावनी दिएका छन् । उनले कोरोना भाइरसले अझै खराब अवस्था निम्त्याउने चेतावनी दिए ।...

‘लकडाउन’मा अत्यावश्यक सेवामा खटिनेलाई निःशुल्क खाना

काठमाडौं, २६ चैत-कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनपछि नेपालमा सञ्चालनमा रहेका सबैजसो रेष्टुराँ बन्द रहेका बेला काठमाडौंको डल्ले रेष्टुराँले भने अहिले अत्यावश्यकीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्