ऋचा मेमोरियल टी–२० क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई

 न्यूज विराट
ऋचा मेमोरियल टी–२० क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभूवन आर्मीले जितेको छ । विराटनगर जुट मिलको खेल मैदानमा आइतबार सम्पन्न भएको फाइनलमा घरेलु टिम एनबीएससीलाई ६ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो ।

उपाधिसँगै आर्मीले १ लाख ५० हजार रुपैयाँको साथै आकर्षक ट्रफी पाएको छ । उपबिजेता भएको एनबीएससीले ७५ हजार रुपैयाँमा चित्त बुझायो ।

१११ रनको विजय लक्ष्य पछ्याएको आर्मीले ११ दशमलव ३ बलमा ४ विकेटको क्षतिमा पुरा गर्यो । आर्मीको जितमा सन्दिप रजालीले बिस्पोटक ब्याटिङ गरे । उनले २० बलमा ३ छक्का र ५ चौका हिर्काउँदै ४६ रनको योगदान दिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए ।
यस्तै वासिर एहमद १८ बलमा २ चौका हिर्काउँदै १८ रन पारी खेल्दा सुमित श्रेष्ठले ८ बलमा अविजित १३ रन बनाए ।

बलिङमा एनबीएसीका एमडी इजार, प्रशान्त कुमार, रवि शर्मा र मयङक कुमारले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको एनबीएससीले १७ दशलव २ बलमा सबै विकेट गुमाई ११० रनमा समिति भयो । एनबीबएससीका कुमार राजनिसले ३३ बलमा २ छक्का र ७ चौका हिर्काउँदै ५० रनको अर्धशतकीय इङनिङ खेले । अनुभव श्रीवास्तले १४ बलमा ११ रन बनाउँदा एनबीएससीका अरु ब्याटरले दोहोरो अंक छोएनन् । एमडीले अविजित ८ रनको योगदान दिए ।

आर्मीका बिक्रम सोबको घातक बलिङ सामु एनबीएससीका खेलाडी क्रिजमा टिक्न सकेनन् । आर्मीका बिक्रमले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । हरी चौहान र सुमित श्रेष्ठले समान २–२ विकेट लिए ।

प्रतियोगिताको बेस्ट ब्याटरमा एमबी ग्रुप डडेलधुराका दिपक बोहरा घोषित भए । यस्तै प्लेयर अफ सिरीज दिल्ली युनाइटेडका साकेत केडिया भए । उनले ५० हजार मूल्य बराबरको क्रिकेट किड पाए । बेस्ट बलरमा आर्मीका जितेन्द्र मुखिया घोषित भए ।
नेपाल क्रिकेट संघका अध्यक्ष चर्तुरबहादुर चन्द, वरिष्ठ सल्लाहकार नरेश श्रेष्ठ, नेपाल खेलकुद महासंघको केन्द्रीय सचिव विप्लप घोष, सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेललगायले पुरस्कार वितरण गरेका थिए ।
विराटनगर जुट मिलको खेलमैदानमा चैत २७ देखि वैशाख ३ गतेसम्म प्रतियोगितामा मुलुकका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपीएफसहित एनबीएससी विराटनगर, राहुल ११, सुदुरपश्चिम क्रिकेट क्लब, भारतको नरपथगन्ज र दिल्ली युनाईटेड गरी ८ वटा टिमको सहभागि रहेको पूर्वाञ्चल क्रिकेट एकेडेमीका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

विराटनगरको हटियामा सिक्री चोर्न बालबालिका प्रयोग, चोर्न लगाउने र खरिद पक्राउ

विराटनगर । बालबालिका प्रयोग गरी तरकारी बजार र हटियामा सुनको सिक्री लुटपाट गर्न लगाउने गिरोहको सदस्य पक्राउ परेका छन् । विराटनगरको साप्ताहिक हाट बजारमा तरकारी किन्न गएका सर्वसाधारणको सुनको सिक्री लुटपाट गर्न लगाउने गिरोहका एक...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनलाई विभिन्न २२ अवार्ड

विराटनगर, १२ आसार । विभिन्न सामाजिक कार्यहरु नियमित रुपमा गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउन उत्कृष्ट बनेको छ । शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणलगायत विभिन्न सामाजिक कार्यमा निरन्तर काम गर्दै आएको डाउनटाउन यस वर्ष उत्कृष्ट...

एमाले कार्यदलमा एकताको ‘सहमति’

काठमाडौैं, २५ असार । नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो । आजको वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने...

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को पदस्थापन

विराटनगर, ८ माघ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को पदस्थापन गरिएको छ । बुधबार विराटनगरमा आयोजित कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरूको पदस्थापन गरिएको हो । पदस्थापन लगत्तै नव निर्वाचित अध्यक्ष टिकाराज ढकालले ३ जनालाई...

सुनको मूल्य १ लाख २ हजार ५ सय पुग्यो

काठमाडौं, २२ साउन-सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज तोलामा १ हजार १ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी...

नेपाल अग्रवाल युवा मञ्चले मनायो स्थापना दिवश

विराटनगर । नेपाल अग्रवाल युवा मञ्च विराटनगरले विभिन्न कार्यक्रमको आयोजना गरि ३० र्औ स्थापाना दिवश मनाएको छ । मञ्चले आज आइतबार विराटेश्वर विद्धाआश्रममा रहेको विद्ध–विद्धाहरुलाई विहानको भोजन गराएको थियो । सोही अवसरमा विराटेश्वर विद्धाआश्रमका अध्यक्ष...

विराटनगरको बखरी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विराटनगर, १ पुस । निरन्तर विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले विराटनगर बखरीस्थित बखरी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३० जना बालबालिकाहरुलाई...

प्रधानमन्त्री महिला कप क्रिकेट प्रतियोगितामा मोरङबाट खेलाडी छनौट

विराटनगर । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि मोरङबाट खेलाडी छनौट भएका छन् ।मोरङ जिल्ला क्रिकेट संघले पुस २९ गतेदेखि हुने क्रिकेट प्रतियोगिताको लागि आइतबार १८ जना खेलाडी छनौट गरेका हो ।यसरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्