मोटरसाईकल चोर समात्न मोरङ प्रहरीको अपरेसन, दुई भारतीयसहित ६ जना पक्राउ

 न्यूज विराट
मोटरसाईकल चोर समात्न मोरङ प्रहरीको अपरेसन, दुई भारतीयसहित ६ जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले मोटरसाईकल चोरी नियन्त्रण विशेष अपरेसन अन्तर्गत चोरीका मुख्य गिरोहसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुई जना भारती नागरीक पनि रहेका छन् ।


मोरङ र सप्तरी जिल्लाका विभिन्न स्थानहरूबाट मोटरसाईकल चोरी गर्ने संगठित गिरोहका २ जना भारतीय सहित ६ जनालाई चोरी आरोपमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

मोटरसाइक चोरी आरोपमा सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ का १८ वर्षीया राज कुमार यादव, भारतको अररिया लक्ष्मीपुर १० बस्ने वर्ष २५ का सुशिल कुमार यादव, सोही ठाउँका २५ वर्षीया शौरभ कुमार यादव, विराटनगर महानगरपालिका दिनेश साह, सोही ठाउँका संजय साह र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ का २० वर्षीया सुमन कुमार यादव लाई पक्राउ गरेको डिएसपी दाहालले बताए । प्रहरीले उनीहरुको साथबाट चोरीको पाँच थान मोटसाइकल र चोरीमा प्रयोग गरिने मास्टर चावी पनि बरामद गरेको छ ।

२०७९ फागुन १० गते विराटनगर ७ स्थित मालपोत कार्यालय अगाडीबाट बेलबारी नगरपालिका वडा नं. ४ बस्ने वर्ष ६० का बम बहादुर खवासले पार्किङ्ग गरी राखेको को २५ प १९४५ नम्बरको मोटरसाईकल चोरी भएको थियो । यस्तै चैत २४ गते विराटनगर महानगरपालिका वडा नं. १६ जोगवनी स्थित नेपाल सरहद भित्र जिल्ला सप्तरी कन्चनपुर बस्ने केशव प्रसद गुप्ताले पार्किङ्ग गरी राखेको प्रदेश नं. २–०२–००३ प ५२५९ नम्बरको मोटेसाईकल चोरी भएको थियो ।

यसैगरी माघ २१ गते विराटनगर महानगरपालिका वडा नं. २ स्थित सेन्ट्रलमहलको पर्किङ्ग स्थलमा विराटनगर ४ कञ्चनबारी बस्ने सुरेन्द्र कार्कीले पार्किङ्ग गरी राखेको को २७ प ६९४९ नम्बरको स्कुटर चोरी भएको थियो । उक्त मोटसाइकल र चोरी संलग्न पक्राउ गरेको प्रहरीले जनाएको छ ।


चोरी गरेको मोटरसाईकलहरू पहाडी जिल्लाका दुर्गम स्थान र सुनसरी जिल्लाका ग्रामीण क्षेत्र हुदै भारतका विभिन्न स्थानहरूमा पु¥याई बिक्री वितरण गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । चोरी गरेका मोटरसाईकलहरू नेपाल–भारत सीमा हुँदै अवैध मदिरा ओसारपसार तथा लागू औषध ओसारपसार गर्न र यस्ता मोटरसाईकलका ईन्जिनहरू पानी तान्ने मोटरको रूपमा प्रयोग गर्न समेत यस्ता गिरोहले बिक्री गर्ने गरेको पाईएको उनले बताए ।

बिगत लामो समयदेखि मोटरसाइकल चोरी गर्ने पेसेवर गिरोहलाई निगरानीमा राखी सादा पोशाकमा बिशेष अपरेसन टोली खटाइएर चोरिएका मोटरसाइकलहरूको खोजी गर्ने गरिएको बताए । धेरै जसो विराटनगरबाट हराएका मोटरसाइकलहरु धनकुटालगायातको पहाडी जिल्लाहरुको ग्रामीण बस्तिहरुमा पुग्ने गरेको पाइएको बताउँदै उनले त्यस्ता क्षेत्रमा निगरानी बढाइएको सुनाए । सवारीधनीहरुले अतिरिक्त लक एवं सुरक्षाका उपायहरु नअपनाउँदा चोरी हुने संख्या समेत बढ्दै गएको सवारी धनीपनि सचेत हुनुपर्ने देखिएको एसपी पोखरेलले बताए ।

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेल ।

सम्बन्धित समाचार

मोरंगमा भरुवा बन्दुक सहित एक जना पक्राउ

विराटनगर, १ असोर । मोरङ मिक्लाजुङ गाउपालिका ५ का  ४३ बर्षीय जगत बहादुर लिम्बुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । हिजो दिनको पौने ४ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई उनकै घरमा...

प्याब्सन जिल्ला स्तरीय चित्रकलाको उपाधि कृतिका र प्रशनालाई

छविराज ढकाल विराटनगर । प्याब्सन जिल्ला स्तरीय चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको ग्रेडेड स्कुलकी कृतिका यादव र पथरीकीको गैटग्रेस स्कुलका प्रशना तामाङले जितेका छन् । प्याब्सन मोरङको आयोजनामा पथरीमा सोमबार सम्पन्न भएको उक्त प्रतियोगितामा सिनीयरतर्फ कृतिका...

डेकेन्द्र पत्रकारिता पुरस्कार शाहीलाई

दैलेख, १ बैशाख-जिल्लाको पहिलो पत्रिका ‘धमाका’ले डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार यस वर्ष नमन शाहीलाई प्रदान गर्ने निर्णय गरेको छ । तत्कालीन द्वन्द्वका समयमा हत्यापछि शव बेपत्ता पारिएका पत्रकार डेकेन्द्रराज थापाको शव उत्खनन्सँगै परिवारलाई न्याय...

डिएभी र न्यू मून क्वाटरफाइनलमा प्रवेश

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा डिएभी र न्यू मून विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा डिएभी स्कुलले ग्यालेक्सि स्कुललाई ७२ रनले पराजित...

भारु १ हजार लिएर भारतीयलाई सीमा कटाउन खोज्ने पक्राउ

विराटनगर, बैशाख ३०–भारतीय मजदुरसंग रकम लिएर सीमा कटाउन खोज्ने दुईजनालाई प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ । विराटनगर–१८ भेडियारी स्थित एकिकृत जाँचपास चौकी(आइसिपी) नजिकै दशगजाक्षेत्रबाट प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका २ जना विराटनगर–६...

पछिल्लो २४ घण्टामा देशभर आज ७०८ जनामा कोरोना पुष्टि

काठमाडौं, १४ पुस-नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १३५ जनाको नमुना परीक्षण गर्दा २७० महिला ४३८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको...

बाँकेमा पनि १ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं, १९ वैशाख-नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । आज बाँके र रुपन्देहीमा १/१ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको हो । रुपन्देही निवासी २५ वर्षीय पुरुष र र नेपालगंज...

बालश्रममा प्रयोग गरिएका ५ बालकको उद्धार

विराटनगर, माघ १७–विराटनगरबाट नियमविपरीत बालश्रममा प्रयोग गरिएका ५ जना बालकलाई शुक्रबार उद्धार गरिएको छ । विराटनगर महानगरपालिकाको नेतृत्वमा निस्किएको सरोकारवालाको टोलीले नगरक्षेत्रका विभिन्न होटलहरूबाट ती बालकलाई उद्धार गरेको हो । सो क्रममा नगरक्षेत्रको वडा नम्बर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्