ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता : आर्मीले विजय सुरुवात गर्दा एपीएफको दोस्रो जित
मङ्गलबार, २८ चैत, २०७९,
न्यूज विराट
विराटनगर । विभागीय टिम नेपाल आर्मी र एपीएफले विराटनगरमा जारी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । आर्मीले पहिलो जित निकाल्दा एपीएफले दोस्रो पटक जित हासिल गरेको हो ।
लिगकम नकआउट नियममा सञ्चालीत प्रतियोगितमा मंगलबार भएको पहिलो खेलमा वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई ७ विकेटले निराश बनाउँदै आर्मी विजयी भएको हो ।
विराटनगर जुटमिलको खेल मैदानमा जारी प्रतियोगितामा १५६ रनको विजय लक्ष्य पछ्याएको आर्मीले १५ दशमलव १ बलमा ३ विकेट गुमाई पुरा गर्यो । आर्मीका बसीरले बिस्फोट ब्याटिङ गर्दै टिमको जितको आधार तय गरेको छ । उने ३३ बलमा ४४ रन बनाउँदै अविजित रहे । उनले ६ चौक्का र १ छक्का हिर्काए । खेलको म्यान अफ द म्याच पनि उनै घोषित भए । राष्ट्रिय खेलाडीले भरिपूर्ण आर्मीका हरी चौहानले २६ बलमा ३८ रन बनाए । उनले २ छक्का र ५ चौक्का हिर्काए । सन्दिपले १५ बलमा ३६ रन बनाउँदा राजेश पुलामीले १० बलमा २४ रनको पारी खेल्दा उनले २ छक्का र २ चौक्का हिर्काए ।
बलिङमा वाइआरसीसीका बासपति सहनीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिएका थिए । हरिषले २ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको वाइआरसीसीले १९ दशमलव ५ बलमा अलआउट भई १५५ रनमा समेटियो । वाइआरसीसीका सोनु अन्सारीले ३७ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले । उनले ६ छक्का र ४ चौक्का हिर्काए । अभिषेक चौधरीले २६ बलमा ३१ रन बनाए । उनले २ छक्का र २ चौक्का हाने । सिद्धान्त लोहनीले १६ बलमा २८ रन रनको पारी खेल्दा अरु कुनैपनि ब्याट्रले दोहोरो अंक छोएनन् ।
बलिङमा आर्मीका जितेन्द्र मुखियाले ४ ओवरमा १२ रन खर्चेर ३ विकेट लिएका थिए । बिक्रम सोब, सुमि श्रेष्ठले समान २–२ विकेट लिए भने आकाश चन्द र नरी चौहानले समान १–१ विकेट लिए ।
सोही दिन भएको दोस्रो खेलमा एपीएफले दोस्रो जित हात पारेको छ । आफ्नो दोस्रो खेलमा भारत विहारको राहुल ११ नरपथगञ्जललाई ५ विकेटले स्तब्ध बनाउँदै एपीएफले दोस्रो जित निकालेको हो । १३९ रनको विजय लक्ष्य पछ्याएको एपीएफले १८ दशमलव ३ बलमा ५ विकेटे गुमाइ पूरा गर्यो । एपीएफका विपिनले ३० बलमा ४४ रनको योगदान दिए । उनले ३ छक्का र ३ चौक्का हिर्काए । उनी म्यान अफ द म्याच घोषित भए । एपीएफका प्रदिप एरिले २८ बलमा २५ रन पारी खेल्दा प्रज्वल थापाले १० बलमा १७ रन बनाए । सुमित महर्जनले ७ बलमा १३ रन बनाउँदा अमर सिंहले १९ बलमा २२ रन बनाउँदै अविजित रहे । नरपथगञ्जका अमन यादवले ४ ओवरमा २१ रन खर्चेर ३ विकेट लिए । अमर चौधरीले ४ ओवरमा १८ रन खर्चेर २ विकेट लिएका थिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नरपथगञ्जका १६ दशवलम ३ ओवरमा अलआउट भइ १३८ रनमा समेटियो । नरपथगञ्ज अविशेष पाठकले १२ बलमा ४६ रन बनाए । उनले ७ छक्का र १ चौक्का हिकाए । सानुले २३ बलमा २६ रनको योगदान दिए ।
एपीएफका पुरन विक, तिलक, अमर सिंहले समान २–२ विकेट लिएका थिए । पहिलो खेलमा वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई ४ विकेटले हराउँदै एपीएफले जित दर्ता गराएको थियो । बुधबारको पहिलो खेल वाइआरसीसी र नरपथगञ्जबीच हुनेछ । सोही दिन हुने दोस्रो खेलमा आर्मी र एपीएफ बिच हुनेछ ।
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रोट्रयाक्ट क्लब अफ विराटनगर डाउनटाउनद्वारा संयुक्तरुपमा आयोजित जोनल फुटसल प्रतियोगिताको उपाधी रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल कलेजले जितेको छ । युवा दिवसको अवसर शनिबार विराटनगर शनिहाटस्थित स्पोर्टस्...
काठमाडौं, १७ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक शक्तिसंघर्ष चर्किंदै जाँदा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षधर सांसदहरूले बहुमत जुटाउन हस्ताक्षर अभियान सुरु गरेका छन् । वरिष्ठ नेता माधव नेपाल पक्षले अध्यक्ष र प्रधानमन्त्री...
काठमाडौं, ११ वैशाख-विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका ७ लाख १७ हजार बढी व्यक्ति उपचारपछि घर फर्किएका छन् । कोरोनाको संक्रमणबाट मुक्त हुनेमा सबैभन्दा बढी जर्मनीमा छन् । त्यहाँ १ लाख...
काठमाडौं, २५ साउन । नेकपा एमालेले आजका लागि स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आज बिहान ११ बजे बस्ने गरी स्थायी कमिटी र दिउँसो ३ बजे बस्नै गरी केन्द्रीय कमिटीको बैठक बोलाइएको...
बुटवल, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको विशेष अधिकारअनुसार संसद विघटन गरेको बताएका छन् । आफ्नो समूहले बुवटलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीभित्रबाट काम गर्न नदिएकै कारण विघटन गरेकोब बताएका...
विराटनगर । ‘सेलेब्रल पाल्सी डे’ को अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क दन्त परिक्षण शिविर सञ्चालन गरेको छ । क्लबले वितगत ११ वर्षदेखि सञ्चालन गर्दै आएको सिपी डे केयर सेन्टरका बालबालिकाहरुको लागि दन्त परिक्षण...
एजेन्सी, २२ कात्तिक । भारतको छत्तिसगढको सुकमा जिल्लामा रहेको प्रहरी क्याम्पमा एक जवानले अन्धाधुन्ध गोली चलाउँदा चार जवानको मृत्यु भएको छ । गोली लागेर अन्य तीन जवान घाइते भएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार...
काठमाडौं, ११ असार-सर्वोच्च अदालतले संघीय व्यवस्थापिकामा हिन्दी भाषा बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आज संसद्मा नेपाल भाषा बोल्ने विधायकलाई...