राष्ट्रिय पुरुष हक्कीको उपाधि आर्मीलाई

 न्यूज विराट
राष्ट्रिय पुरुष हक्कीको उपाधि आर्मीलाई

विराटनगर । विभागीय टोली त्रिभुवन आर्मी क्लबले गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ ।

सोमबार राति विराटनगरमा भएको खेलमा विभागीय टोली आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल फरकमा पराजित गर्दै उपाधि जितेको हो ।

आर्मीले प्रतियोगिताको उद्घाटन खेलमासमेत पुलिसलाई पराजित गरेको थियो । आर्मी साबिकको विजेता हो । पहिलो गण्डकी र दोस्रो लुम्बिनीले उपाधि जितेको थियो ।

लिग चरणमा सहजै जित निकालेको आर्मीलाई फाइनलमा जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो । खेलको ४१ औं मिनेटमा आर्मीका काशीराज राईले गरेको गोल नै निर्णायक बन्यो । म्यान अफ द म्याच आर्मीका नितिज न्यौपाने भए ।

प्रतियोगिताको विजेता आर्मीले ७५ हजार र उपविजेता नेपाल पुलिसले ४१ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरे । त्यस्तै मधेस प्रदेशलाई पराजित गर्दै तेस्रो स्थान भएको सुदूरपश्चिम प्रदेशले २५ हजार प्राप्त गरेको छ । प्रतियोगितामा आर्मी, पुलिस, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

दुई न्यायाधीशमा कोरोना

धनुषा, साउन १६–उच्च अदालत जनकपुरधामका एक न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा दुई जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ ।  ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालत...

आज हरिशयनी एकादशी, घर-घरमा तुलसीको बिरुवा रोपिँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा...

बलिउड अभिनेता इरफान खानको निधन

एजेन्सी, बैशाख १७-बलिउड अभिनेता इरफान खानको निधन भएको छ ।उनको आज बिहान मुम्बईको कोकिलाबेन धिरूभाई अम्बानी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी २ वर्षदेखि न्युरोएन्डोक्राइन ट्युमरबाट ग्रसित थिए । गत वर्ष बेलायतमा उपचार गराएर फर्केपछि...

ओशो धर्म प्रदिप ध्यान आश्रम विराटनगरको सातौ साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः राजवंशी चयन

विराटनगर, १८ मंसिर । ओशो धर्म प्रदिप ध्यान आश्रम विराटनगरको साधारणसभा शनिबार सम्पन्न भएको छ । विराटनगर–२ स्थित आश्रमको सातौ साधारणसभा विराटनगरमा सम्पन्न भएको हो । साधारणसभाले पुनः अध्यक्षमा रामनारायण राजवंशीलाई चयन गरेको छ ।...

विराटनगरमा जसपा ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण

विराटनगर, २३ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारीकता उपेन्द्र यादव समुहले पाएपछि जिल्ला तहमा पनि त्यसको असर परेको छ । यादवले आधिकारीकता पाएपछि महन्थ ठाकुर र राजेन्द्र महतो समुह अहिले मधेश दौडाहमा...

प्रदेश १ः पाँच दलिय गठबन्धनले सार्बजनिक गर्यो न्यूनतम साझा कार्यक्रम

विराटनगर, १० पुस । पाँच दलीय गठबन्धन नेतृत्वको प्रदेश १ सरकारले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको छ । शनिबार गठबन्धनले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको हो । अघिल्लो सरकारले अनुत्पादक क्षेत्रमा खर्च गर्नका लागि छुट्याएको...

प्रदेश १ मा ११ संक्रमित थपिए

विराटनगर, ७ साउन–प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरंग र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका...

देउवा सरकारको बिभुषणप्रति सुवास नेम्वाङको गम्भीर आपत्ति, एक–एकको यसरी गरे भण्डाफोर

काठमाडौं, असोज ३ । संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले प्रदान गरेको बिभुषणप्रति गम्भीर आपत्ति जनाउनु भएको छ । संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा एमालेलेअ ाज आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका संबिधानसभा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्