बुढानीलकण्ठ स्कुलमा चित्रकला तथा हस्तकला प्रर्दशनी
मङ्गलबार, २८ चैत, २०७९,
न्यूज विराट
विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ स्कुलमा चित्रकला तथा हस्तकला प्रदर्शनी आयोजना गरिएको छ ।
शैक्षिक सत्र २०७९ को बार्षिक परीक्षाफल वितरणको अवसर पारेर सोमबार स्कुल परिसरमा चित्रकला तथा हस्तकला प्रर्दशनी गरिएको हो ।
उक्त प्रदर्शनीमा विद्यालयको वार्षिक गतिविधिका तस्विरहरु तथा कक्षा नर्सरीदेखि कक्षा नौ सम्मका विद्यार्थीहरुद्वारा निर्मित चित्रकला तथा हस्तकलाका सामग्रीहरुको प्रर्दशन गरिएको थियो । उपस्थित अभिभावकहरुले आ–आफ्ना नानीहरुको सर्वाङ्गीण विकाशका लागि विद्यालयले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
उक्त अवसरमा प्रदर्शनीमा सहभागीहरु मध्येलाई पाँच समूहमा विभाजन गरी प्रत्येक समुहबाट उत्कृष्ट प्रथम, द्घितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुका रचनालाई स्कुलका प्रिन्सिपल मणि राज भट्टराईले वार्षिक पुरस्कार वितरण कार्यक्रमका दिन प्रमाणपत्र र पुरस्कार दिने घोषणा गरिएको छ ।
काठमाडौं, २ वैशाख-काठमाडौं पेप्सीकोला टाउन प्लालिङस्थित सनसिटीमा कोरोना भाइरस संक्रमण देखिका २ जनासँगै कतार एयरवेजको विमानबाट १ सय ५३ जना आएको खुलेको छ । उनीहरू बेलायतबाट दोहा ट्रान्जिट भएर काठमाडौं आएका प्रहरी प्रवक्ता एसएसपी उमेस...
विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री तथा मोरङ क्षेत्र नं. ३ (१) का उम्मेदवार ५६ वर्षीय शेखरचन्द्र थापाको निधन भएको छ ।केही दिनअघि डेंगीबाट संक्रमित भएका मन्त्री थापाको बुधबार बिहान निधन...
विराटनगर । विराटनगर – ५ का २८ वर्षीया रोहित चौधरीको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजानिक गरेको छ । पक्राउ परेका मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीया पर्वत भन्ने दिपक तिमिल्सिना र...
विराटनगर । मोरङको कटहरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालयहरूलाई प्रविधमैत्री बनाएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिका लागि परेको छ । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन गाउँपालिका भित्र रहेको १९ वटा सामुदायिक...
काठमाडौं, २५ असोज-चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्रा.डा. गोविन्द केसीले आइतबार बिहान अनशन तोडेका छन् । शनिबार राति अबेर सरकारसँग ८ बुँदे सम्झौता गरेका केसीले आइतबार बिहान अनशन तोडेका हुन् । शिक्षण अस्पताल महारागन्जमा...
काठमाडौं, २२ साउन । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक अर्जेन्टिनी लियाेनल मेसीले स्पेनिस क्लब बार्सिलाेना छाडेका छन् । दुई दशक बार्सिलाेनाका लागि खेलेका मेसी सम्झाैता नवीकरण नभएपछि क्लबबाट बाहिरिएका हुन् । क्लबले विज्ञप्ति जारी गर्दै मेसीसँग भएकाे सम्झाैता...
विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजय भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको उद्घाटनको पहिलो खेलमा दिल्लीले हरियाण थन्दर्स...
विराटनगर । युवा साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन गरिएको छ ।नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सो मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी,...