विराटनगर । पत्रकार कल्याण कोष मोरङले दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष तथा निरौला बिबिसी नेपाली सेवा र उद्घोष दैनिकका समचार सम्पादक विक्रम निरौला र महासंघ कार्यसमिति सदस्य उषा सरदारलाई सोमबार एक कार्यक्रमबीच कोषले पुरस्कृत गरेको हो ।
सिर्जनशील पत्रकारिता पुरस्कारबाट निरौलालाई सम्मान गरिएको छ । उनलाई ५१ हजार १५१ रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ । यस्तै, उदीयमान पत्रकारिता पुरस्कारबाट सरदारलाई पुरस्कृत गरिएको छ। उनलाई ३१ हजार १५१ रुपैयाँ पुरस्कारले सम्मान गरिएको छ । सरदार मकालु टिभीकी संवाददाता हुन् ।
पुरस्कृत दुवै जनालाई कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । कोषले हरेक वर्ष मोरङमा सक्रिय पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पत्रकारलाई पनि उपलब्ध गराउने भएको छ । पत्रकारहरूलाई कोरोनाविरुद्धको खोप लगाउन नयाँ बानेस्वरस्थित सिभिल अस्पताल तोकिएको छ । खोप लगाउन चाहने पत्रकारले सोमबारदेखि शुक्रबारसम्म आफ्नो पत्रकार परिचयपत्र देखाएर लगाउन सक्ने...
आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो...
विराटनगर, २ वैशाख । माेरङमा रक्सी खाएर मातेका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जहदा गाउँपालिका-७ का ३३ वर्षे नारायण साेरेनले श्रीमती ३२ वर्षीया पानाे टुडुलाई कुटपिट गरी हत्या गरेकाे मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए...
काठमाडौं, १२ असोज । जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतमा विकसित गुलाव नामक शक्तिशाली चक्रवातको आंशिक असर नेपालमा पनि पर्ने जनाएको छ । तर यसका कारण नेपालमा भारी वर्षा हुने सम्भावना भने न्यून रहेको महाशाखाले जनाएको...
काठमाडौं, १३ पुस-पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । आज थप ७१८ जना निको भएका...
काठमाडौं, ७ जेठ-चीनले नेपालको कालापानी भूभागको विषय नेपाल र भारतबीचको मुद्दा रहेको प्रष्ट्याएको छ । चिनियाँ विदेश मन्त्रालयको दैनिक पत्रकार सम्मेलनको क्रममा प्रवक्ता जाओ लिजानले मंगलबार उक्त धारणा राखेका हुन् । प्रवक्ता लिजानले भारत र...
धनुषा, २८ जेठ-धनुषाको सबैलामा गएराती गोली प्रहारबाट १ युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका-७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो । मण्डल शव आज...
कोरोना भाइरसको महामारीका कारण झण्डै सात महिनादेखि बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार छिट्टै नै सञ्चालनमा आउने भएको छ । कम्पनीले आफ्नो २३औँ वर्ष प्रवेशको अवसर पारेर स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई केबुलकार खोल्ने...