राष्ट्रिय पुरुष हक्की प्रतियोगिता : सुदूरपश्चिम र पुलिस विजयी
शुक्रबार, २४ चैत, २०७९,
न्यूज विराट
विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन् । विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले घरेलु टोली कोसी प्रदेशलाई ३–१ गोलमा पराजित गरेको हो । सुदूरपश्चिमका महेश नेपाली, सागर बोहरा र अमित ओझाले समान १–१ गोल गरेका थिए । एक मात्र सान्तवना गोल कोसीका लागि बिसु घिमिरेले गरे ।
खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका महेश नेपाली भए ।
त्यस्तै अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले कर्णाली प्रदेशलाई ७–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ । पुलिसका रोहित लामाले २, सागर आचार्य, श्रवण कुमार, महेश धामी, भरत खत्री र सुनिल रानाले समान १–१ गोल गरे । खेलको म्यान अफ द म्याच पुलिसका भरत खत्री भए । पहिलो पटक हक्कीको खेल रात्रीकालीन हँुदैछ । प्रतियोगिता संयोजक रञ्जन थापाका अनुसार नेपालमा पहिलो पटक शुक्रबार बेलुका रात्रीकालीन रुपमा हक्कीको खेल हुनेछ । लिग चरणको खेलअन्तर्गत समूह ए तर्फ साबिक विजेता त्रिभुवन आर्मी र पूर्व विजेता गण्डकी प्रदेशबीच रात्रीकालीन खेल हुने उनले बताए । संयोजक थापाले नेपालमा पहिलो पटक हक्कीलाई पनि फ्लडलाइट्समूनि गराउन सकिने गरी तयारी गरिएको जानकारी दिए । पहिलो खेल सहज रुपमा हुने अपेक्षा गरेका संयोजक थापाले सोही खेलका आधारमा आगामी खेल पनि रात्रीकालीन गर्न सकिने छ ।
समूह ‘ए’ तर्फ आर्मी र पुलिसको समान ६ अंक, समूह ‘बि’ तर्फ सुदूरपश्चिमको ३ अंक तथा मधेस र कोसीको १–१ अंक रहेको छ । शनिबार लिग चरणको समिकरण पूरा हुनेछ । पहिलो खेल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश, दोस्रो खेल कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच हुनेछ ।
विराटनगर, २९ चैत-लकडाउनको मौका छोपी लागुऔषधको कारोबार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाम माई–२ का ४३ वर्षीय कमल श्रेष्ठ र सूर्योदय–२ का २८ वर्षीय सन्दीप राई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो...
काठमाडौं, १५ असार-उसुका खेलाडी वीरमान वाइबाको सोमबार स्वयम्भूमा अन्त्येष्टि गरिएको छ । वीरमानको आइतबार काभ्रेको बेथानचोकस्थित निवासमा निधन भएको थियो । अन्त्येष्टिअघि वाइबाको पार्थिव शरीरलाई सोमबार अन्तिम श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा...
विराटनगर । सुनसरीको धरानमा डेंगुले प्रकोपकोे रूप लिएपछि कोशी प्रदेश सरकारले विराटनगरमा डेंगु उपचार सेवा संचालनमा ल्याएको छ । विराटनगरस्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रमा २५ शैय्याको डेंगु उपचार सेवा आइतबारबाट संचालनमा ल्याएको हो...
विराटनगर । बेलायतमा क्रिकेटका क्षेत्रमा काम गर्दै आएको क्रिकेट विथ आउट बाउण्डरीले विराटनगरका ४ वटा सामुदायिक विद्यालयका छात्रा विद्यार्थी खेलाडीहरूलाई सहयोग गर्ने भएको छ । विथ आउट बाउण्डरी र नेपाल क्रिकेट फाउण्डेशनले आईतबार विराटनगरमा पत्रकार...
विराटनगर, जेठ १०–बन्दाबन्दीका कारण विहान बेलुका हातमुख जोर्न समस्या भएका विपन्न परिवारहरुलाई आज यहाँ युवा समूहले खाद्यान्न राहत वितरण गरेका छन् । विराटनगर महानगरपालिका वडा नं ११ का युवा मनिष गुरुङ एवं समूहले आफ्नो व्यक्तिगत...
विराटनगर । विराटनगर जुटमिलको खेलमैदानमा जारी तेस्रो मिल्स क्रिकेट प्रतियोगितामा भारत बिहारको पूर्णिया क्रिकेट क्बललाई ९ विकेटले हराउँदै विराटनगरको होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ । पूर्णियाले दिएको १३० रनको लक्ष्य होराइजनले १०.४ ओभरमा १...
विराटनगर । शैक्षिक संस्थामा चन्दा आतंक मच्याएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम माम्सेवुङ गाउँपालिका १ गजुरमुखी घर भइ काठमाण्डौ स्थित भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको...
विराटनगर, बैशाख २७–पुर्व मन्त्री तथा मोरङ क्षेत्र नं. ६ संघिय सांसद लालबाबु पण्डितले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका वडा नं. ६ लाई राहत सामाग्री उपलब्ध गराएका छन् । सांसद पण्डितले विराटनगर वडा नं. ६...