तुलसी सहकारीको घोटला गरेको रकम ३३ कम्पनीमा, अध्यक्ष केदरनाथा शर्माको कुन कम्पनीमा कति लगानी ?
बिहिबार, २३ चैत, २०७९,
न्यूज विराट
विराटनगर । बचतकर्ताहरूले राखेको करोडौं रूपैयाँ अपलचन गरी तुलसी बहुउद्देश्य सहकारीका अध्यक्ष केदारनाथ शर्माले ३३ वटा निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको छ ।
मोरङ प्रहरीले गरेको अनुसन्धान र लेखा परीक्षण प्रतिवेदन अनुसार शर्माले सहकारीको करोडौं रुपैयाँ दुरुपयोग गरी सहकारीको मुल्य मान्यता र सिद्धान्तलाई लत्याएर आफ्नो निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको हो ।
उनीद्धारा संचालित निजी खाद्यान्न, मोटर, इलेक्ट्रिक, चिउरा मिल, जुत्तादेखि मिडिया कम्पनीमा पनि लगानी गरेको पाइएको छ । निजी उद्योगबाहेक जग्गामा पनि शर्माले लगानी गरेको पाइएको छ । उदयपुर र झापामा मात्र शर्माका नाममा ३६ हजार २ सय ८ दशवलप ८७ वर्गमिटर अर्थात ५ बिघा ६ कठ्ठा जग्गा रहेको छ । उनको जन्मस्थल उदयपुरमा १५ कित्ता र झापामा ३ कित्ता जग्गा शर्माको नाममा रहेको छ ।
शर्माले सहकारीको रकम दुरुपयोग गर्दै सबैभन्दा बढी लगानी विराटनगर १९ स्थित तुलसी मोटर पम्पमा गरेका छन् । उनले उक्त मोटर पम्पमा ३२ करोड, झापाको गौरादहमा भएको चिउरा र चामल मिलमा ३४ करोड, झापाको दमक बजारमा रहेको गार्डेन मार्ट, उदयपुर जिल्लाको गाईघाटमा रहेको गार्डेन मार्ट र मोरङको लेटाङमा रहेको गार्डेन मार्टमा गरी जम्मा २५ करोड लगानी गरेका छन् । यस्तै सिरहा गोलबजारमा मार्ट खोल्न तयारीको लागि १ करोड लगानी गरेका छन् ।
यस्तै शिव शिखर अर्गनाइजेसन प्रा।लि। मा ८ करोड रुपैयाँ लगानी गरेको पाइएको छ । यस्तै नटराज एग्रो प्रा।लि, नटराज इन्टरप्राइजेज प्रा।लि।लाई बिना धितो पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरि संस्थाको रकम दुरुपयोग गरी सहकारीको मुल्य मान्यता र सिद्धान्तलाई लत्याएको पाइएको छ ।
शर्माद्धारा संचालित उदयपुरको गाईघाटमा नटराज एग्रो प्रा।लि। को नाममा चार तले भवन रहेको छ । जसमा गार्डेन मार्ट सञ्चालनमा रहेको छ । यो भवन १० करोड ५० लाखमा नटराज एग्रोले खरिद गरेको गरेको खुलेको छ । उक्त भवन नटराज एग्रोले तुलसी सहकारीलाई भाडामा लगाएको छ । जसको भाडा बापत सहकारीले मासिक २ लाख ५० हजार नटराज एग्रोलाई तिर्ने गर्दछ । उक्त भवन सहकारीको डिपार्टमेण्ट स्टोर–गार्डेन मार्ट र सहकारीको सेवा केन्द्र संचालन गरिएको छ । डिपार्टमेण्ट स्टोर–गार्डेन मार्ट र सहकारीको सेवा केन्द्र संचालनको लागि डेकोरेशन गर्दा र डिपार्टमेण्ट स्टोरको लागि आवश्यक सामानहरुको व्यबस्था गर्न १५ करोड बराबरको लगानी लागेको छ । मोरङको लेटाङमा रहेको गार्डेन मार्टमा ५ करोड लगानी लागेकोे छ । एक वर्ष अगाडिदेखि सिरहाको गोल बजारमा सहकारीको शाखा संचालन गरी सहकारीले गार्डेन मार्ट खोल्नको लागि ४ करोड लगानी गरेको छ । तर, यो गार्डेन हालसम्म संचालनमा आएको छैन ।
निजी कम्पनी र जग्गाबाहेक सवारी साधनमा पनि करोडौं रुपैयाँ खर्चेको पाइएको छ । गाडीका सोखिन शर्माले आफु चढ्ने गाडी ४ करोडमा खरिद गरेको पाइएको छ । त्यसबाहेक सहकारीको नामा दुई वटा कार ९० लाखमा खरिद गरेको भेटिएको छ । ती कारहरु तुलसी सहकारी संस्थाको नाममा दर्ता रहेको छ । सहकारीको नाममा रहेको प्रदेश ३–०२४ च ४५९२ नम्बरको कार सहकारीका प्रबन्धक मन्दिप खवासले चढ्ने गरेका थिए । अर्को कार संचालक बन्टी अधिकारीले चढ्ने गरेकी थिइन् । मुद्दा परेपछि उनी अहिले फरार छिन् । सहकारी सचिव सविना न्यौपाने निसान कम्पनीको टेरानो कार चढ्ने गरेकी थिइन् । जुन गोर्खा टि।एण्ड कफी इण्डष्ट्रिज प्रा।लि।को नाममा दर्ता रहेको छ ।
सहकारीको रकम अध्यक्ष शर्मासहित संचालक सदस्य र प्रबन्धकहरुको नाममा पनि रहेको पाइएको छ । निजी उद्योग बाहेक जग्गामा पनि शर्माले लगानी गरेको पाइएको हो । अध्यक्ष शर्माको नाममा जग्गा खरिदको लागि विराटनगर ३ पिपलचोक नजिक घर सहित १५ धुर जग्गा १ करोड ८० लाखमा खरिद गरेको छ । सोही जग्गाको पछाडी तर्फको सीमानाको जग्गा किन्नको लागि भनेर ९४ लाख अध्यक्ष शर्माले लगेका छन् । तर सो रकम बराबरको जग्गा हालसम्म पास नभएको र पैसा समेत फिर्ता नभएको देखिएको छ ।
सरकारले भारत र चीनतर्फका सबै सीमा नाका १ साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज आइतबारको बैठकले यो निर्णय गरेको हो । भोलि बिहान १० बजेबाट १ साताका लागि दुवै देशतर्फका नाका...
विराटनगर, साउन २९–लकडाउनको समयमा भारतीय मजदुर ल्याएर उद्योग चलाएको मोरङको बुढीगंगा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्समा कार्यरत ३० मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । लुकिछिपी भारतीय कामदार ल्याएर उद्योग चलाएपछि २ मजदुरमा कोरोना देखिएकोमा...
लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले ८ कात्तिकदेखि आवेदन पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरूपमा सेवा चालू नभएकाले पनि थोरै समयमा...
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) अनुसार संयुक्त सरकारको नेतृत्व गर्ने गरी कार्कीलाई आइतबार साझ मुख्यमन्त्री पदमा नियुक्त गरेका...
विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा नृत्य प्रतियोगिताको फाइनलमा १० जना छनौट भएका छन् । स्कुल परिसरमा बुधबार भएको छनौट चरणमा सहभागि भएका ७८ जनाबाट १० जना विद्यार्थी फाइनलमा छनौट भएका हुन् । प्रतियोगिताको फाइनल...
काठमाडौं, २५ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा दीप प्रज्वलन गरिएको छ । २५६४ औँ बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, र मन्त्रीहरूको उपस्थितिमा आज साँझ ७ बजे दीप प्रज्वलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले...
विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिनियरका आधारमा प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन डा. दीपक सिग्देलसहित पाँच जनालाई ११ तह अर्थात सह सचिवमा बढुुवा गर्ने भएको छ । ११ तहका चिकित्सक स्वास्थ्यका प्रमुख खम्बा हुन् ।...
विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ सुदा चोकस्थित सुखानी खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । अजय साहका छोरा १० वर्षीय प्रेमकुमार साहको खोलामा डुबेर आज विहान मृत्यु भएको हो । प्रेमकुमार नुहाउन भनेर...