मोरङमा कोभिड –१९ विरुद्धको ‘फाईजर बाईभ्यालेन्ट खोप’ २६ चैतबाट लगाइने
बिहिबार, २३ चैत, २०७९,
न्यूज विराट
विराटनगर । मोरङमा कोभिड–१९ बिरुद्धको ‘फाईजर बाईभ्यालेन्ट खोप’ लगाउने भएको छ । चैत २६ गते देखि २८ गते सम्म मोरङ जिल्लाको १७ वटै स्थानीय तहको स्वास्थ्य केन्द्रहरूबाट फाइजर बाईभ्यालेन्ट खोप लगाउने भएको हो ।
पछिल्लो समय कोभिड १९ संक्रमण बढदै गएकोले यसबाट बच्न फाईजर बाईभ्यालेन्ट खोज नजिकको स्वास्थ्य केन्द्रहरुमा लगाइने स्वास्थ्य कार्यालय मोरङका खोप कार्यक्रम संयोजक कन्हैया साहले जानकारी दिए ।
खोपको पहिलो श्रृङखला जेनसेन खोपको एक मात्रा र अन्य कोभिड–१९बिरुद्ध खोपको हकमा दुई मात्रा पुरा गरी ३ महिना कटेकाको हकमा यो खोप लगाइने उनले बताए । यस्तै पहिलो बुस्टर मात्रा लगाएर ६ महिना पुरा भएका लाई दोश्रो बुस्टर मात्राको खोप लगाउने खोप संयोजक साहले बताए ।
खोप दिने लक्षित समुह ५५ बर्ष भन्दा माथिका उमेर समुहमा पहिलो बुस्टर मात्राको खोप लगाइनेछ । १२ बर्ष माथिका दिर्घ रोग भएका व्यक्तिहरु, गर्भवतीहरु र रोग प्रतिरोध क्षमता कम भएका व्यक्तिहरुलाई पहिलो बुस्टर मात्रा लिन बाँकी लाई पनि पहिलो बुस्टर मात्राको खोप लगाइने बताइएको छ । ‘ माथि उल्लेखित लक्षित समुहले पहिलो बुस्टर मात्रा लगाएर ६ महिना पुरा भएमा दोश्रो बुस्टर मात्राको खोप दिइनेछ,’ स्वास्थ्य कार्यालय मोरङका खोप संयोजक साहले भने ।
जनकपुरधाम, ५ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप २ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार धनुषामा २९, महोत्तरीमा १७, सिरहामा २१, बारामा ३८, पर्सामा ७९,...
गाईघाट, २५ वैशाख-उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा बुधबार थप ३३५ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बिपी कोइराला मेमोरियल अस्पताल धरान पठाएको छ । भुल्केका कोरोना सङ्क्रमणस्थल ५५ घर मुस्लिम समुदायका...
काठमाडौं, २३ असार-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालमा लागूऔषध पनि कोरोना जस्तै फैलिरहेको बताएका छन् । मंगलबार नेपालमा लागूऔषध प्रयोगकर्ता सर्वेक्षण-२०७६ को प्रतिवेदन सार्वजनिक गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । उनले अहिले लागूऔषधको मारमा सबैभन्दा...
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलागाउँमा रहेको श्री सरस्वती आधरभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खगेन्द्र बराइलीलाई पुन : दोर्याउन अभिभावकहरुले माग गरेका छन् । तीन वर्षको एक कार्यकाल अध्यक्ष भएर विद्यालय सुधारको लागि...
विराटनगर, असार ११–प्रदेश सरकारका मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको सांसदहरूले आरोप लगाएका छन् । प्रदेशसभाको शुन्य समयमा बोल्ने सांसदहरूले प्रदेश सरकारका मन्त्रीहरूले आफ्नो क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाएका हुन् ।...
परासी, १९ वैशाख-नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र बाँके जिल्लामा बिहीवार राती भएका २ छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुर्घटनामा २ जना घाइते भएका छन्। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ त्रिवेणी जाने भित्री...
विराटनगर । सार्वजानिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ ।ट्राफिक सप्ताहको अवसर पारेर मोरङ ट्राफिक प्रहरीले विराटनगरबाट लापसे...
विराटनगर । हाम्रो संयुक्त निजि चालक संघ मोरङ्गको अध्यक्षमा पुन: मनोज दुलाल निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार भएको दोस्रो साधरणसभाले दुलाललाई दोस्रो कार्यकालको लागि अध्यक्षमा पुन: निर्विरोध निर्वाचित भएका हुन् । संघको वरिष्ठ...