जीवनोपयोगी शिक्षा दिनुपर्नेमा प्रधानमन्त्रीको जोड

 न्यूज विराट
जीवनोपयोगी शिक्षा दिनुपर्नेमा प्रधानमन्त्रीको जोड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयहरूले जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताएका छन् ।

पुर्वाचल विश्व बिद्यालयको ११ औं दिक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले आफ्नो अध्यापन, अध्ययन र अनुसन्धानको दायरालाई अझ ब्यापक बनाएर लैजानुपर्ने बताए । उनले प्रविधिमा भइरहेको तीब्र गतिको विकास र विस्तारको युग भएकाले दक्ष जनशक्तिको उत्पादन गर्न बिद्यालयहरुले जोड दिनु पर्ने उनको भनाइ रहेको छ ।
‘हाम्रा विश्वविद्यालयहरूले सैद्धान्तिक ज्ञान दिने मात्र नभई विद्यार्थीहरूलाई जीवनोपयोगी र व्यवहारिक ज्ञान तथा सीप सिकाएर आत्मनिर्भर बनाउने तर्फध्यान दिनुपर्छ,’ उनले भने, ‘खोज तथा अनुसन्धान आविष्कार गर्न पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ ।’
गोठगाउँमा चाँडै मेडिकल कलेज सञ्चालन होस भन्ने जन्ताको चाहनालाई स्रोत–साधन जुटाएर र कानूनी जटिलतालाई हटाएर मेडिकल कलेज सञ्चालन गर्न आफु प्रतिबद्ध रहेको उनले बताए ।

२१ औँ शताब्दीमा हाम्रा आवश्यकता परिपूर्तिका लागि उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्दै वैकल्पिक साधन र स्रोतहरूको खोजी गर्न विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्दै लैजानुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित समाचार

सप्तरीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुर, १३ जेठ-सप्तरीका थप १ महिलासहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित सप्तरीमा कोरोना संक्रतिमको संख्या १५ पुगेको छ । नयाँ संक्रमितमा सप्तरीको बोदे बर्साइन नगरपालिका-५ स्थित चन्द्र नमूना माध्यमिक विद्यालयको क्वारेन्टाइनमा...

भोलि प्रदेश १ मा सार्वजनिक बिदा

विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू–संरुक्षण मन्त्री शेखर चन्द्र थापाको निधनमा शोक व्यक्त गर्दै बिहीबार सार्वजनिक विदा दिन निर्णय गरेको छ। प्रदेश १ सरकारले थापाको निधनप्रति राष्ट्रिय झण्डा झुकाउने बुधबार निर्णाय गरेको...

देशभर १ हजार ३५९ जनामा संक्रमण, १ हजार ३५४ डिस्चार्ज

काठमाडौं, १९ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप एक हजार तीन सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

सडक कर विद्युतीय प्रणालीबाट उठाइने

काठमाडौं, साउन २१-सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ । सेवाग्राहीको सुविधाका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तिर्ने तयारी सुरु गरिएपछि विगत २५ वर्षदेखि ठेकेदारमार्फत सडकबाटै कर...

कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु

काठमाडौं, ७ असार-कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । नयाँ मृत्यु हुनेमा गुल्मी छत्रकोट गाउपालिका–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुष रहेकाच छन् । उनी प्यरालाइसिसको उपचारका लागि भारत गएकोमा गत २५ जेठमा नेपाल...

लकडाउनको पालना र समाजिक दूरी कायम गर्न सभापति देउवाको अपिल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र समाजिक दूरी कायम गर्न अपिल गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेका आदेशको पालना...

प्रदेश १ मा ३३७ संक्रमित थपिए, ३०९ संक्रमणमुक्त

विराटनगर, ३० जेठ । प्रदेश १ मा आज ३३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४,सोलुखुम्वुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १–१ र...

प्रदेश १ की सामाजिक विकास मन्त्री राई भन्छिन्ः प्रतिकुलतालाई अनुकुलतामा बदल्नुपर्छ

विराटनगर, ५ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रतिकुलतालाई अनुकुलतामा बदल्न आवस्यक रहेको बताएकी छन् । कोरोना संक्रमणको समयमा जिल्ला स्तरमा रहेका अस्पतालहरुलाई क्षमता विकास गरेर अघि बढ्नुपर्ने उनले बताइन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्