विराट गोल्डकप : आज साविक विजेता एपीएफ र भुटान खेल्दै
शनिबार, ११ चैत, २०७९,
न्यूज विराट
विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुनेछ ।
विराटनगरको सहिद मैदानमा रात्रीकालिन गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ ।
विराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा सञ्चालित प्रतियोगिताको सातौं संस्करणको तेस्रो क्वाटरफाइनल खेल एपीएफ र पहिलो पटक प्रतियोगितामा भाग लिएको भुटानबीचको खेल हुनेछ । नतिजा आआफ्नो पक्षमा पार्ने दाउमा रहेका दुवै टिम कसको पक्षमा पर्ने हो भन्ने विषयले माहोल तताएको छ । फुटबल प्रेमीहरुबीच यसको चर्चा चुलिएको छ ।
छैठौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि एपीएफले जितेको थियो । भारतको पन्जाब पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको थियो ।
शुक्रबार डनडेथमा जित निकाल्दै जवलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वाटरफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा ६–५ गोलले पन्छाउँदै जावलाखेल अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
बिहिबार भएको उद्घाटन खेलमा नेपाल प्रहरीलाई १– ० गोलले हराउँदै घरेलु टिम विराटनगर सिटी क्लब अन्तिम चारमा पुगेको छ ।
चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
विराटनगर, १९ भदौ । मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) बाट पूर्वमन्त्री भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट सुनिल शर्माबिच प्रतिष्पर्धा हुने पक्का भएको छ । सो क्षेत्रबाट एमालेले ढकाल र शर्मालाई...
विराटनगर, असार ११–सवारी साधन खरिदसहित प्रशासनिक खर्च कटौती गर्ने घोषणा गरेको प्रदेश–१ सरकारले आगामी आर्थिक वर्ष करिब आधा अर्ब रुपैयाँ बराबरको सवारी साधन खरिद गर्ने भएको छ । प्रदेश सरकारले यही असार १ गते प्रदेशसभामा...
विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको उदघाटन खेलमा महोत्तरीको नगर खेलकुद विकास...
बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा आज पनि प्रहरीले हवाई फायर गरेकाे छ । मतदानकाे क्रममा विवाद चर्केपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेकाे हाे । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्रबहादुर विष्टले अप्रिय घटना...
सार्वजनिक कार्यक्रमस्थलमा नै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको हो । नागरिकता विधेयक र एमसिसी खारेजको माग...
अर्घाखाँची, २९ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आम नेपाली जनताको लागि राजनीतिक रुपमा एमाले बाघ पार्टी भएकाले अन्य बाघको छेउमा स्याल जस्ता पार्टींहरुले एमालेलाई नजिस्क्याउन चेतावनी दिनुभयो ।नेकपा...
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अस्ट्रेलिया र एसियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ । नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता...
विराटनगर । मनमोहनप्राविधिकविश्वविद्यालयको आंगिकशिक्षालयमनमोहन स्मृतिपोलिटेक्निकमातीनदिने ‘स्र्पोट मिट’ सुरुभएको छ ।मोरङको बुढीगंगा गाउँपालिका १ हात्तीमुढा स्थित विश्विद्यालय परिसरमाआइतवारदेखीमनमोहन स्मृति‘स्र्पोट मिट’ २०८१ सुरु भएको हो ।आइतवार मनमोहनप्राविधिकविश्वविद्यालय संरक्षण समिति सदस्य सत्यनारायण चौधरीले उक्त्त‘स्र्पोट मिट’ को उदघाटन गरे...