विराट गोल्डकप : आर्मीलाई हराउँदै जावलाखेल सेमिफाइनलमा

 न्यूज विराट
विराट गोल्डकप  : आर्मीलाई हराउँदै जावलाखेल सेमिफाइनलमा

           

विराटनगर । विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा हराउँदै जवलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई सडनडेथमा ६–५ गोलले पन्छाउँदै जाउलाखेल अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट भएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइबे्रकरमा दुवै टोलीले ५–५ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो ।
सडनडेथमा जाउलाखेलको तर्फबाट सीमान्त थापा, विदेशी खेलाडी फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र बिसाल तामाङ्गले गोल गरेका थिए ।
आर्मीको तर्फबाट टंक बस्नेत, टेक बहादुर बुढाथोकी, कप्तान जिलेस्पी जंग कार्की, सन्तोष केसी र गोलकिपर बिकेस कुथुले गोल गरेका थिए भने सेसेहाङ्ग आङदङबेको प्रहार बाहिरिदा दोस्रो खेलबाट आर्मी घर फर्किन बाध्य भयो ।
जितसँगै जाउलाखेलले घरेलु टिम विराटनगर सिटीसँग चैत १३ गते पहिलो सेमिफाइनल खेल खेल्ने छ ।
आर्मी र जाउलाखेलले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित र अतिरिक्त समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो । आर्मीले गोलका उत्कृष्ट अवसरलाई सदुपयोग गर्न नसक्दा उ पहिलो खेलबाटै घर फर्कन बाध्य भयो ।
आर्मीले दशौं मिनेटमा गोल गर्ने अवसर गुमायो । टोलीका आशिष शाक्यको प्रहार बाहिरयो । आर्मीका कप्तान जिलेस्पी जंग कार्कीले २३ औं मिनेटमा ३० यार्डदेखिको कडा प्रहार जाउलाखेलका गोलकिपर अनिष देउलाले नियन्त्रणमा लिँदै गोल हुनबाट जोगाएका थिए । त्यसलगतै भरत चौधरीले बिट भइसकेको अवस्थामा बललाई सही दिशा दिन सकेनन । ३६ औं मिनेटमा आर्मीका सुलिद राईले डिफेन्डरलाई क्रस गरेर निकालेको बल सुशासन्त चौधरीले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत गर्न चुेक ।


जाउलाखेलका विदेशी खेलाडी मसोवीको पनि ३९ औं मिनेटमा गोल गर्न चुकेका थिए । राहुलले ४४ औं मिनेटमा निकालिदिएको वान भर्सेस वानको प्रहार मसोवीले गोल गने अवसर गुमाएका थिए । त्यसलगतै उनको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुबाट डिफ्लेक्ट हुँदै बाहिरियो ।
बलको कर्नर प्रहारमा सुशान्त चौधरीको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
दोस्रो हाफबाट आर्मीले आक्रमक खेल पस्किए पनि गोलमा परिणत गर्न नसक्दा घर फर्किन बाध्य भयो । ५२ औं मिनेटमा कप्तान जिलेस्पीको हेड पोस्टमाथिबाट बाहिरिँदा आर्मीले अग्रता लिन सकेन ।
६० औं मिनेटमा मध्यभागबाट एक्लै बल अघि बढाएका सेसेहाङ्ग आङ्देङबकोे प्रहार दायाँ बार हुँदै बाहिरिँदा आर्मीले गोल गर्नबाट चुक्यो ।
६५ औं मिनेटमा वान भर्सेस वानमा जावलाखेलका सीमन्त थापाको डिबक्स भित्रको कडा प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाएका थिए । लगत्तै विदेशी खेलाडी आयोवको प्रहार पनि गोलरक्षक कुथुले विफल पारे ।


७३ औ मिनेटमा आर्मिका सुदिप राईले पेनाल्टी एरियामा निकालिदिएको बल कप्तान जिलेस्पीको प्रहार पोसमाथिबाट बाहिरिदा गोल गर्ने अवसर खेर गयो । ८३ औं मिनेटमा युद्ध शाहीले निकालिदिएको पास जिलेस्पीले डिबक्सभित्र बल नियन्त्रणमा लिन नसक्दा गोल गर्नबाट चुक्यो । ८६ औं मिनेटमा जावलाखेलका कप्तान सिमान्त थापाले मध्यभागबाट बल एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट आर्मीका गोलरक्षकलाई बीट गर्न नसक्दा गोल गर्ने राम्रो अवसर गुमाएका थिए । अतिरिक्त समयको १५ औं मिनेटमा आर्मीका सन्तोष केसीले फ्रिकिक कप्तान जिलेस्पीले पेनाल्टी एरियाबाट बललाइ नियन्त्रणमा लिएर गरेको प्रहार पोसमाथिबाट बाहिरियो ।

शनिबारको तेस्रो क्वाटरफाइनल खेल साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुनेछ । खेलको म्यान अफ द म्याच जाउलाखेलका सीमान्त थापा घोषित भए ।

सम्बन्धित समाचार

नेपालमा कोरोनाबाट मुलुकमा ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

कोरोनाभाइरस संक्रमणको कारण मुलुकमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । शुक्रबार थप २५ जनाको मृत्यु भएसँगै मृतकको कूल संख्या १० हजार १९ पुगेको छ । भाइरस संक्रमणको १४ महीनामा यतिजना नेपाली नागरिकले ज्यान...

पारिश्रमिक नपाएको भन्दै नोबेलका ५५ स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

विराटनगर, ९ भदौ-विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ५५ जना स्वाथ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् । लामो समयदेखिको पारिश्रमिक नपाएको तथा स्वास्थ्यकर्मीको सुरक्षामा अस्पतालले विभेद गरेको भन्दै कलेजको इमरजेन्सी विभागमा कार्यरत ५५ स्वास्थ्यकर्मीले राजीनामा दिएका हुन्...

पोलियो दिवसमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वार सचेतना र्याली

विराटनगर, ९ कात्तिक । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व पोलियो दिवसको अवसरमा विराटनगरमा सचेतना र्याली निकालेको छ । डाउनटाउनले अन्य चारवटा क्लबसहितको आयोजनामा सचेतना र्याली निकालेको हो ।रोटरी भवनबाट सुरु भएको र्याली मेनरोड हुँदै...

पाँच महिनामा १ अर्ब ८६ करोडको अलैंची निर्यात

काठमाडौं, पुस २२–चालू आर्थिक वर्षको मंसिरसम्ममा १ अर्ब ८६ करोड रुपैयाँबराबरको अलैंची निर्यात भएको छ । यो परिमाण गत आवको सोही अवधिको तुलनामा ५०.७ प्रतिशत धेरै हो । गत आवको पहिलो पाँच महिनामा १ अर्ब...

विराटनगरमा अन्तर स्कुल क्रिकेट प्रतियोगिता शुरु, सत्यनारायण र सरस्वती स्कुल विजयी

विराटनगर । विराटनगरमा अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिता सुुरु भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा विराटनगर–६ केशलिया पुल नजिक रहेको एमविजे क्रिकेट मैदानमा बिहिबारदेखि अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिता शुरु भएको...

कोकाकोला उत्पादक कम्पनीमाथि राजस्वको छानबिन

काठमाडौं, ८ साउन । कोकाकोला उत्पादक ‘बोटलर्स नेपाल लिमिटेड’ सँग अन्तरसम्बन्धित कम्पनी विदेशमै बिक्री गरेर कर छली गरिएको आशंकामा राजस्व अनुसन्धान विभागले छानबिन थालेको छ । नेपालका सरकारी निकायलाई कुनै जानकारी नदिई उक्त कारोबार गरिएपछि प्रधानमन्त्री...

नेपाली मोडलको कोभिड आईसोलेसन सेण्टर निर्देशिका तयार

काठमाडौं, ३० वैशाख-कोभिड–१९ संक्रमितको उपचारका लागि छुट्टै उपचार केन्द्र अर्थात् कोभिड आईसोलेसन सेण्टर निर्माण गर्ने निर्देशिका तयार भएको छ । विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता र अन्तराष्ट्रिय अनुभवको अध्ययनबाट तयार भएको निर्देशिका स्वास्थ्य मन्त्रालयमा बुझाईएको सोसाइटी...

आज देशभर २५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौं, २० साउन-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्