नि:शुल्क आँखा जाँच तथा मोतीयाबिन्दु शल्यक्रिया शिविर सम्पन्न

 न्यूज विराट

विराटनगर, ८ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको नि:शुल्क आँखा जाँच तथा मोतीबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा बुधबार आयोजना गरेको शिविर सम्पन्न भएको हो ।

विराटनगरस्थित मानवसेवा आश्रम तिनटोलियामा आयोजना गरिएको शिविरमा सबैको नि:शुल्क आँखा जाँच मात्रै नभएर आवश्यक परेकालाई नि:शुल्क चश्मा समेत उपलब्ध गराइएको थियो । आवश्यक पर्नेलाई निशुल्क औषधि समेत वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

सो अवसरमा मानवसेवा आश्रमका सबैलाई खाजा समेत खुवाइएको थियो । यस परियोजनाबाट आश्रमका कर्मचारीहरूसहित ८५ जना लाभान्तिव भएका छन् । त्यस्तै शिविरमा १७ जनामा मोतियाविन्दुको समस्या देखा परेको र उनीहरुको सवै उपचार नि:शुल्क गरिने अध्यक्ष राठीले बताइन् । उक्त कार्यक्रमको संयोजक सरिता गोल्छा रहेकी थिइन् ।

सम्बन्धित समाचार

१२ औँ संस्करणको प्याब्सन स्पोर्टस मिट सुरू (फोटो फिचर )

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट शुक्रबारबाट सुरू भएको छ । विराटनगरस्थित सहिद मैदानमा प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि औपचारिक रूपमा सुरू भएको हो । स्पोर्ट्स मिटको...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मनायो मस्तिष्क पक्षाघात दिवस

विराटनगर, २३ असोज । विभिन्न सामाजिक कार्यहरु गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व मस्तिष्क पक्षाघात दिवस मनाएको छ । विराटनगर आदर्श माविस्थित सिपि डे केयर सेन्टरमा बालबालिकाहरुसँग विश्व मस्तिष्क पक्षाघात दिवस मनाएको हो...

खार्जीमा स्वच्छता सम्वन्धी सचेतना

विराटनगर, १४ वैशाख । विराटनगरस्थित खार्जीमा स्वच्छता सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले खार्जीका विद्यार्थी र समुदायका लागि स्वच्छतासम्बन्धी सचेतना मूलक कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा हात...

कोशी प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता सुरु

विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा शुक्रबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।दुई दिन सम्म संचालन हुने सो प्रतियोगिताको उद्घाटन कोशी...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर, १ साउन । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बृक्षारोपण गरेको छ । विराटनगरस्थित परम विश्रान्ती स्थल र विभिन्न उद्योग परिसरमा २ सय ८५ वटा विभिन्न प्रजातीका विरुवा रोपिएको हो । त्यस्तै क्लबका सदस्यहरुको...

नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान 

बिराटनगर जेसीजले नयाँ बर्ष २०८० को सुखद अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।  बिराटनगर जेसीजको सभाहल मा सम्पन्न कार्यक्रम प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डलको प्रमुख आतिथ्य तथा अध्यक्ष अभिनास थापाको...

निर्माण व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सकियो

विराटनगर । नेपाल निर्माण व्यवसायी संघ मोरङले आयोजना गरेको दुई दिने निर्माण व्यवस्थापन सम्बन्धि दुई दिने तालिम समापन भएको छ । संघको सभाहलमा सोमबार उक्त तालिम सम्पन्न भएको हो ।दुई दिनसम्म संचालन भएको तालिममा मोरङ...

फरार कैदी समात्ने प्रहरी निरीक्षक प्रकाश थापासहित चार प्रहरी पुरस्कृत

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका कैदी पक्राउ गर्ने चार जना प्रहरी पुरस्कृत भएका छन् । इलका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापासहित चार जना प्रहरीलाई मोरङ प्रहरीले नगदसहित पुरस्कृत गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्