स्ववियु निर्वाचन : अखिल क्रान्तिकारीद्धारा उम्मेदवारी घोषणा, सभापतिमा यादव र सचिबमा लम्साल

 न्यूज विराट
स्ववियु निर्वाचन : अखिल क्रान्तिकारीद्धारा उम्मेदवारी घोषणा, सभापतिमा यादव र सचिबमा लम्साल

विराटनगर । अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटिद्धारा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि उम्मेदवारी घोषणा गरेको छ ।

विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा रोहित यादव विकास र सचिबमा आशिका लम्सालको उम्मेदवारी घोषणा गरिएको हो ।

अखिल क्रान्तिकारीले बिहीबारसम्ममा अन्य पदाधिकारी र सदस्यहरू टुंगो लगाउने अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पसको इन्चार्ज अभिमन्यु यादवले बताए । महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापातिको उम्मेदवारी दिएका यादव महेन्द्र मोरङ क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्यरत रहेका छन् । सचिबकको उम्मेदवार दिएकी लम्साल बीए अन्र्तगतको राजनैतिक शास्त्र लिएर अध्यनरत छिन् । उनी अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटिको अध्यक्ष पनि हुन् ।
उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै सचिबकी उम्मेदवार लम्सालले विद्यार्थीहरूको हकहितको लागि पर्ने बताइन् । महेन्द्र मोरङ क्याम्पसको शैक्षिक गुणस्तर सुधारदेखि लिएर विद्यार्थीहरुलाई सहज रूपमा अध्ययन हुने व्यवस्था लागू गर्न लागि पर्ने उनले बताइन् । ‘अहिले क्याम्पसको छात्र र छात्रावास आवस बन्द भएको वर्षौ भइसकेकोछ,’ उनले भनिन्, ‘टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीहरुको लागि अवासको व्यवस्था गरिएको थियो । अहिले यो आवस बन्द छ । हामी तत्काल संचालनमा ल्याउन प्रत्यन गर्नेछौं ।’


उम्मेदवार घोषणा कार्यक्रममा माओवादी केन्द्र प्रदेश १ का सदस्य तथा युवा नेता देवा यादवले आफ्नो संगठन स्थापित गर्न अखिल क्रान्तिकारीले एकल रुपमा उम्मेदवारी दिएर चुनावमा लडने बताए । कार्यक्रममा अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुको बीचमा उम्मेदवारी घोषणा गरिएको हो ।

महेन्द्र मोरङ क्याम्पसमा स्वीयूमा २१ सदस्यीय कार्यसमितिको लागि हुन लागेको निर्वाचनमा ५ हजार ९४२ जना मतदाता रहेका छन् ।

त्रिभूवन विश्वविद्यालयले स्वीयु निर्वाचनको कार्यतालिका अनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । यस्तै कार्यतालिका अनुसार फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ ।
स्वीयू निर्वाचनमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् ।

सम्बन्धित समाचार

विराटनगरका पिन्टु मिस्टर नेपालको भोटिङ राउन्डमा, यसरी गर्न सक्निछ भोट

विराटनगर । विराटनगरका पिन्टु स्यानल मिस्टर नेपाल २०२४ को फाइनलमा पुगेका छन् ।महेन्द्र मोरङ क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत स्यानललाई समर्थन गर्न चाहने मतदाताहरूले इसेवा एपमा गई मिस्टर नेपाल २०२४ टाइप गरेर भोट दिन सक्नेछन्।यस...

विज्ञापन बोर्डमा अधिकारी र टेलिभिजन बोर्डमा मुखिया नियुक्त

सरकारले विज्ञापन बोर्डको सदस्यमा चेतन अधिकारी र नेपाल टेलिभिजनको बोर्ड सदस्यमा सवनम मुखिया नियुक्त गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट सोमबार अधिकारी र मुखिया चार वर्षका लागि नियुक्त भएका हुन् । नवनियुक्त सदस्यद्वय अधिकारी र मुखियालाई...

लायन्सका सदस्यदेखि गभर्नरसम्म विराटनगरका विकास अधिकारी

विराटनगर । विराटनगरका युवा व्यवसायी विकाश अधिकारी लायन्स अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ सी का गर्भनरमा निर्वाचित भएका छन् । अधिकारी आगामी बर्ष सन् २०२४– २०२५ का लागि डिस्ट्रीक गभर्नरमा शनिबार निर्वाचित भएका हुन् । विराटनगरमा शनिबार...

नेकपाले डाक्यो सचिवालय बैठक

काठमाडौं, ८ वैशाख-सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक डाकेकको छ । राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्दै अध्यादेशबाट केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य पुगे पार्टी फुटाउन सकिने व्यवस्था मन्त्रिपरिषद् पास गरेपछि नेकपाभित्र...

भारतलाई नेपालको जवाफ : बुद्धको जन्मभूमिबारे विश्व समुदाय प्रष्ट छ

काठमाडौं, २५ साउन-सरकारले भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल भएकोबारे विश्व समुदाय जानकार रहेको भन्दै यसमा कुनै भ्रम नरहेको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस...

बाहिरी तागतले माधव नेपाललाई एमालेबाट चुँडायो : ओली

काठमाडौं, ३ भदौ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई बाहिरी शक्तिले एमाले छोड्न बाध्य पारेको बताएका छन् । एमाले फुटेपछि दिएको पहिलो अन्तर्वार्तामा उनले नेपालसँग आफूले बारम्बार भेट्न खोज्दा पनि नमानेको...

पत्रकार रजकको हत्या र मिडियामाथिको आक्रमणविरुद्ध विराटनगरमा पनि प्रदर्शन

विराटनगर । पत्रकार सुरेश रजकको हत्या र आमसञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा मोरङका पत्रकारहरू आन्दोलित भएका छन्। शुक्रबार, राजावादीहरूको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकमाथि आक्रमण भएको थियो। रजकले समाचार संकलनका लागि भिडियो खिचिरहेको...

सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटगर डाउनटाउन, मस्तिष्क पक्षाघात भएका बालबालिकालाई सहयोग

विराटनगर, २० असोज–विश्वव्यपी माहामारिका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का बिच पनि रोटरी क्लब अफ विराटनगर डाउन टाउन सामाजिक कार्यमा अग्रसर बन्दै आएको छ । नियमित विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्