विराटनगर । तेली कल्याण समाज नेपाल, मोरङ जिल्ला कार्यसमितिले समाजका एक सय बढी ब्यक्तीलाई सम्मान गरेको छ । विराटनगरमा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो ।
समाजले समुदाय भित्रका मेधावी विद्यार्थी, चिकित्सक, स्वास्थ शिक्षा, शिक्षा सेवा, प्रशासन, नापि, प्रहरी, कानुन, युवा, आयुर्वेद सेवा, ईन्जिनियरिङ, वन, व्यपारी, उद्योगी, बैंकिङ, सेवानिवृत, तथा कार्यालय प्रमुख आदि गरी १५ विधा तथा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका २४ जनालाई सम्मान गरेको अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिए । यसैगरी जग्गादाता महेश कुमार साहलाई दोसल्ला र कदर पत्रले सम्मान गरियो । शिक्षामा, विरेन्द्र साह (रंगेली), प्रशासन तर्फ सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप कुमार साह, नापी तर्फ प्रविण प्रताप साह, प्रहरी तर्फ प्रहरी निरिक्षक कामेश्वर साह, वैकिग तर्फ निरुडे लघुवित्तका डिपुटि सिईओ भागनारायण साह, युवामा लियो अन्तराष्ट्रियका सिद्धार्थ साह, कानुनमा अधिवत्ता सन्जु कुमारी साह, व्यापारीमा नेपाल एग्रोका अनिल कुमार साह, रेडियोलोजिष्ट डा. पन्नालाल साह, प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ डा. स्वेता साह तथा डेन्टल सर्जन डा. अमित कुमार साह, औषधि विज्ञानमा विद्याबारिधी गरेका डा. अनिल कुमार साहलाई सम्मान गरेका थिए । कार्यक्रममा करिब २०० जनाको उपस्थिति रहेका थिए । तेली कल्याण समाज नेपालका ७ वटा जिल्ला अध्यक्षहरु, केन्द्रीय अध्यक्ष, ४ वटै उपाध्यक्षहरु, महासचिव, सचिव तथा सदस्यहरुको सहभागीता रहेको छ । कार्यक्रममा प्रदेश २ का सांसद भरत साहको प्रमुख आथित्यता एंव मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई र केन्द्रिय अध्यक्ष विश्वनाथ साहको विशिष्ट आथित्यता रहेको थियो । समाजले एसईई परीक्षा २०७८ मा उत्कृष्ट अंक ल्याई उतीर्ण हुने रतुवामाई नगरपालिका ४ का अस्मिता साह,सुनबर्षी ६ का प्रियंका कुमारी साह,सुनबर्षी ४ का धिरज कुमार साह,विराटनगर १२ का बिराट साह र सोहि ठाउँका अपेक्षा साह,विराटनगर ४ का लिना सेठ तथा सुन्दर हरैंचा १३ का अरुण साह गरि ७ जना विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । कार्यक्रममा यिनै १५ क्षेत्रमा कार्यरत ८० जना उच्च पदस्तहरुलाई मायाको चिनोले सम्मान गरेका थिए । विद्यार्थीहरुलाई मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई र आयोजक संस्थाका अध्यक्ष डाक्टर बालकृष्ण साहले नगद,कदरपत्र तथा दोसल्ला सहित सम्मान गरे ।
विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचनमा पार्टीको लोकप्रिय मत घटेको विषयले कांग्रेसको साख गिरेको बताएका छन् । विराटनगरमा मंगलबार कांग्रेस नेता गुरूराज घिमिरेले लेखेको ‘बाटो विराएको राजनीति’ नामक विचार संग्रह विमोचन कार्यक्रममा पपुलर...
अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले उक्त विश्वास व्यक्त गरेकी हुन् । उनले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको...
विराटनगर । खेलकुद क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने सरोकारवाहरुले बताएका छन् । नेपाल तेक्वान्दो संघ मोरङ शनिबार सम्पन्न भएको साधारणसभामा बोल्दै वक्ताहरुले यस्तो बताएका हुन् । नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ताले प्रयाप्त मात्रमा...
विराटनगर । विराटनगरको सहिद मैदानमा शनिबारबाट सुरू हुने विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिता रात्रीकालिन हुने भएको छ । विराट गोल्डकपको दुई संस्करण रात्रीकालिन भएसंगै विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिता पनि रात्रीकालिन हुन लागेको हो ।...
काठमाडौं, ३१ वैशाख-राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले नेपाल–भारत सीमाक्षेत्रमा काँडेतार लगाउनुपर्ने माग गरेका छन् । सीमाक्षेत्रमा रहेका नागरिकहरूलाई भारतीय गतिविधिले आक्रान्त बनाएको उल्लेख गर्दै सांसदहरूले काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन् । सांसद...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुरमा बागी उठेका जगन्नाथ पौडेल कुनै तर्कमा आधारित नभएर उत्तेजनामा बागी उठेको बताएका छन् । भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् । ‘मैले जगन्नाथजीसँग कुरा...
विराटनगर, बैशाख ५–नेपाल कम्युनिष्ट पार्टी(नेकप) मोरङले सुरक्षाकर्मीका लागि व्यक्तीगत सुरक्षा सामाग्री ( पीपीई) सहयोग गरेको छ । शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल मार्फत सुरक्षाकर्मीका लागि १ सय थान पीपीई हस्तान्तरण गरेको हो ।...