विराटनगर । विराटनगरमा रहेको किड्स भिलेज स्कुलले भब्य कार्यक्रम आयोजना गरी दसौं वाषिकोत्सव तथा फन फेस्टा मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव तथा फन फेस्टा कार्यक्रम मनाएको हो ।
कार्यक्रममा १ हजार पाँच सय भन्दा बढी अभिभावकको उपस्थिति रहेको थियो । फन फेस्टामा १२ वटा स्टलहरु राखिएको थियो। फन फेस्टामा परम्परागत एवं आधुनिक जिवन शैली, आर्य संस्कृति, फलफूल तथा सागसब्जीबाट बनाइएको विभिन्न कागज र प्लास्टिकका सामग्री, विभिन्न खेलकुदहरू स्टलहरुमा अभिभावकहरूको बाक्लो उपस्थिति र सहभागिता रहेको थियो।
बिजेताहरूले पुरस्कारका साथै सेल्फी जोनमा पारिवारिक फोटो खिच्न पाउने व्यवस्था पनि गरिएको थियो। सास्कृति कार्यक्रममा अभिभावकहरूको अत्याधिक धेरै रुचि देखियो । स साना नानीबाबू हरुले संगीत नृत्य र गायनका माध्यमबाट आफ्ना अभिभावकहरुलाई मन्त्रमुग्ध पारेका थिए ।
यस्ता कार्यक्रमले बाल बालिका भित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउन मद्दत गर्नुका साथै साथै पारस्परिक सम्बन्ध र सदभाव बढाउन मद्दत गर्ने कार्यक्रमका प्रमुख अतिथि खेम नेपालीले बताए । कार्यक्रमले बालबालिकाहरूको आत्मविश्वास बढाउनुका साथै अनुभवी र क्षमतावान् बनाउने स्कुलका अध्यक्ष मदन खतिवडाले बताए ।
विराटनगर, जेठ १७–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको निर्वाचन क्षेत्र ४ (ख) अन्र्तगत निर्माणाधिन योजनाहरुको अनुगमन गरेका छन् । निर्वाचन क्षेत्र विकास कोष मार्फत कटहरीमा निर्माण भईरहेका योजनाहरुको मन्त्री घिमिरेले अनुगमन गरेका...
नयाँ दिल्ली १९ मङ्सिर-भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ । हिजो एकै दिनमा थप दुई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको आधिकारिक तथ्यांकले...
विराटनगर । नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा प्रदेश स्काउट कार्यालयले एक समारोहका बिच पदक वितरण गरि मनाइएको छ । विराटनगर– ५ स्थित एभरेस्ट बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकासमन्त्री एवं प्रदेश...
विराटनगर । मोरङको थलहास्थित श्री भैरव गणको नेतृत्वमा पाँच दिने हातेमालो कार्यक्रम सम्पन्न भएको छ । स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी साथै विपद व्यवस्थापनसँग सम्बद्ध निकायहरुसँग एक आपसमा जानकारी आदन प्रदान गर्ने उदेश्यले नेपाली सेनाको मोरङ स्थित...
कोलोम्बो, १८ मङ्सिर-घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो । श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको...
काठमाडौं, साउन १६-पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य बढेर प्रतितोला १ लाखको नजिक पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ३ सयले बढेको छ भने चाँदी २५...
महोत्तरी, ४ असार-महोत्तरीको सम्सी गाउँपालिका गएराति १२ बजेदेखि सिल गरिएको छ । बुधबार सम्सी गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका २ सय ७३ जनाको कोरोना नतिजा पोजिटिभ आएपछि राति १२ बजेदेखि आउँदो शनिबार मध्यराति १२ बजेसम्म सो...