अनैतिक सम्बन्धको आशङ्कामा तीन जना सहयोगी लिएर यसरी गरे रमेशले श्रीमतिको हत्या

 न्यूज विराट
अनैतिक सम्बन्धको आशङ्कामा तीन जना सहयोगी लिएर यसरी गरे रमेशले श्रीमतिको हत्या

विराटनगर । श्रीमतिको अनैतिक सम्बन्ध रहेको आशंका गर्दै आफ्नै श्रीमानले तीन जना सहयोगी लिएर हत्या गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।

विराटनगर – १९ घर भएकी २८ वर्षीय प्रियङ्का सुनार साहको हत्या आफ्नै श्रीमान २९ वर्षीय रमेश साहसहित थप तीन जना सहयोगीसँग मिलेर हत्या गरेको मोरङ प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको हो ।

प्रहरीले हत्या आरोपमा श्रीमान साहसहित मोरङ कटहरी गाउँपालिका ५ का ६२ वर्षीय रमानन्द राम, सोही ठाउँका ३५ वर्षीय उमेश सरदार र विराटनगर ७ का ५३ वर्षीय श्रीराम चौधरीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । पारिवारी सम्बन्धमा आएका खटपटको कारणले हत्या भएको प्रराम्भिक चरणको अनुसन्धानबाट देखिएको एसपी पोखरेलले बताए । ‘अहिले घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ,’ एसपी पोखरेलले भने, ‘विस्तृतमा जानकारी थप अनुसन्धानपछि खुल्नेछ ।’
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गरिने उनले बताए ।

हत्या गरी बोरामा पोको पारेर फालेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा प्रियंकाको शव सोमबार दिउँसो १२ बजेतिर फेला परेको थियो ।

प्रियंका सुनार साहको हत्या भएको घर बुढीगंगा गाउँपालिका २ अमाही ।


घरको आँगन जोडिएको ग्वालीमा शव भेटिएपछि नरसिंहमाथि पनि प्रहरीले सोधपुछ गरिरहेको छ । घाँटी र कानमा चोटपटक रहेका कारण हत्यापछि प्रियंकाको शव बोरामा पोको पारेर फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार नरसिंहको घरभित्र हत्या गरेर शव ग्वालीमा फालेको आशंका छ ।

हत्या गरेपछि शव हालेको बोरा ।


हत्या गरेर बोरामा पोको पारी फालेको अवस्थामा महिलाको शव रहेको जानकारी पाउनसाथे घटनाको अनुसन्धानका लागि डीएसपी रञ्जन कुमार दाहालको नेतृत्वमा टोली परिचालन गरेका थिए ।
दाहाल नेतृत्वको टोलीले शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल पठाएर घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

पोस्माटर्मको लागि घटनास्थलबाट शव लैजादै प्रहरी ।

यसरी भयो हत्या
प्रिंयकाको घर विराटनगर १९ मिलन चोकमा रहेको छ । माइती भारत हो । उनको बिवाह स्थानीय रमेश साहसँग भएको थियो । उनीहरूको ८ वर्षीय छोरा र ६ वर्षीया छोरी रहेको छ । केही समयदेखि उनीहरूको सम्बन्धनमा खटपट आएको थियो । एकअर्कालाई आशंका गर्दै झगडा स्थानीय प्रहरीचौकीसम्म पुगेको स्थानीय बताउँछन् ।
आइतबार घुम्ने बहनामा रमेशले श्रीमति प्रियंकालाई लिएर बुढीगंगा गाउँपालिका २ अमाहीस्थित नर्सिङ चौधरीको घरमा मोटसाइकलमा पुगेका थिए । उनका साथमा थिए रमानन्द राम र उमेश सरदार । रमानन्दको दाजुको साथी हुन् घरधनी नर्सिङ । रमानन्दको माध्यमबाट रमेशले श्रीमतिलाई लिएर अमाही पुगेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । अमाहीमा ६० वर्षीय चौधरी र श्रीमति र २४ वर्षीय छोरा मात्र बसोवास गर्दै आएका छन् । आइतबार दिउँसो करिब २ बजेतिर घरमा नर्सिङ मात्र रहेका थिए । तेही बेलामा रमेशले श्रीमति र अन्य दुई जाना लिएर पुगेका थिए । ‘चौधरीको घरमा पुगेपछि रमानन्दले नर्सिङलाई हावा खाना भन्दै गाउँतिर पढाइदिए । घरभित्रको कोठामा रमेश र प्रियंका बसे । त्यही बिचमा उनीहरूबिच बिवाद सृजना भयो । घाटीमा लडाएर तन्नाले घाँटी थिचेर हत्या गरेको आरोपीले स्वाकार गरेका छन्,’ अनुसन्धानमा सलग्न एक अधिकृतले भने, ‘हत्या गरेपछि शव प्लाष्टिकको ठूलो बोरामा हालेर ग्वालीमा लुकाए ।’
मृतक सुनवारलाई त्यहाँ भएका दुईजनासँग छोडेर पु¥याउन जाने र घरधनी समेत बाहिर निस्केको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनीहरु हिडेपछि दुईजनाले हत्या गरेर बोरामा पोको पारेर ग्वालीमा राखेर हिडेका थिए ।
घटनाको विषयमा अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार योजनावद्ध रुपमा महिलाको हत्या भएको देखिन्छ ।

शव व्यवस्थापनको लागि एम्बुलेन्स खोज्दा हत्या आरोपी पक्राउ
आइतबार राती ११ बजे कोसी अस्पताल विराटनगरमा कटहरी–५ का ६२ वर्षीय रमानन्द राम गाडी खोजिरहेका थिए । उनले अस्पताल परिसरमा भएका गाडीलाई लास बोक्नुपर्ने भन्दै भाडा सोधिरहेका थिए । गाडी चालकहरुले पनि कोसी अस्पताल भित्रै निधन भएको व्यक्ति बोक्ने होला भन्ने ठाने । तर, लास अस्पताल भन्दा बाहिर बुढीगंगा गाँउपालिका–२ को एउटा घरमा रहेको भनेपछि उक्त सुचना प्रहरीसम्म पुग्यो ।
प्रहरीले रामलाई राती नै नियन्त्रणमा लियो । उनले सुरुमा ढाँटे । मानसिक रुपमा कमजोर जस्ता देखिएका रामले जब बुढीगंगा–२ मा एउटा लास व्यवस्थापन गर्नुपर्ने भने त्यसपछि प्रहरीले महिलाको हत्या भएको सुचना पायो । विराटनगर–१९ की प्रियंका सुनारको बुढीगंगा–२ स्थित नरसिंह चौधरीको घरमा दिउँसो हत्या गरिएको थियो । त्यहि लासलाई व्यवस्थान गर्ने जिम्मा कटहरीका ६२ वर्षीय रामलाई दिइएकोले उनी गाडी खोजिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।

हत्या आरोपमा पक्राउ परेका सहयोगी उमेश सरदार (बीच) मा । उनलाई घटनास्थलमा शव देखाएका थिए ।

सम्बन्धित समाचार

केन्द्रीय कमिटी बैठकको माग गर्दै नेकपा १२५ नेताद्वारा हस्ताक्षर

काठमाडौं, २३ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी बैठकको माग गर्दै १ सय २५ जना भन्दा बढी केन्द्रीय नेताले हस्ताक्षर संकलन गरेका छन् । केन्द्रीय सदस्य ठाकुर गैरेको नेतृत्वमा सुरु भएको हस्ताक्षर संकलन...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा प्रसूती र बाल स्वास्थ्य सम्वन्धी सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले प्रसूती र बाल स्वास्थ्य सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । डाउनटाउनले आफ्नो सिर्भस प्रोजेक्ट अन्तर्गत प्रसूती र बाल स्वास्थ्य जागरूकतामा केन्द्रित कार्यक्रम आयोजना गरेको हो । सो...

मेशिन थपेर कोरोनाको नमूना परीक्षणको क्षमता दोब्बर बनाइँदै

प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ । हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीन हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा...

सात क्विन्टल गाँजा तरकारी बोक्ने ट्रकबाट बरामद, भेडेटारबाट एक जना पक्राउ

धनकुटा । साँगुरीगढी गाउँपालिका – ६ स्थित भेडेटार बजारबाट प्रहरीले सात क्वीन्टल बढी परिमाणको गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।धनकुटाबाट तरकारी बोकेको मालबाहक ट्रकमा राखिएको ७ सय ३६ केजी गाँजा भेडेटार प्रहरीले अपरान्ह तीन...

फोनिज १ को तेस्रो महाधिवेशन पाँचथरको फिदिममा

 विराटनगर ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नंं प्रदेश तेस्रो महाधिवेशन पाँचथरको फिदिम बजारमा हुने भएको छ  । आगामी माघ ५ देखि ७ गतेसम्म पाँचथरको सदरमुकाम फिदिम बजारमा हुने तेस्रो प्रादेशिक महाधिवेशनको उद्घाटन...

युवा व्यवसायी सुमन प्रसाईँले जन्मदिन मानवसेवा आश्रममा मनाए

विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी दिने प्रचलन रहेको छ । तर, विराटनगरका युवा व्यवसायी सुमन प्रसाईँले फजुल खर्च नगरी आफ्नो जन्मदिन विराटनगरस्थित मानव...

जडिबुटी सम्बृद्धिको आधारः मन्त्री घिमिरे

विराटनगर, २६ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जडिबुडी सम्बृद्धिको आधार भएको बताएका छन् । तीन प्रकृतिको वातावरणीय सन्तुलनका कारण नेपालमा जडिबुटीको भण्डार रहेको उनले बताउनुभयो । हिमाल, पहाड र तराईको जडिबुटी उत्पादन...

कटहरी उद्योग वाणिज्य संघको कार्यालय संचालनमा

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा कटहरी उद्योग वाणिज्य संघको कार्यालय संचालनमा ल्याईएको छ । गाउँपालिका नजिकैको शहिदचोकमा संघको कार्यालय संचालनमा आएको हो । सो ठाउँमा आयोजित कार्यक्रमकाबीच कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले संघको कार्यालय कोठाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्