सकियो सीएनआइ कोशी एक्स्पो, चार लाख बढीले गरे अवलोकन

 न्यूज विराट
सकियो सीएनआइ कोशी एक्स्पो, चार लाख बढीले गरे अवलोकन

विराटनगर । सीएनआई कोसी एक्स्पो २०७९ शनिबार भव्यताका साथ सम्पन्न भएको छ । संकटोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई एक्स्पोका माध्यमबाट थोरै भएपनि चलायमान बनाउन भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको १० दिने एक्स्पो शनिबारदेखि सकिएको हो ।


माघ १९ गतेबाट एक्स्पो सुरु भएको थियो । एक्स्पोमा करीव चार लाख अवलोकनकर्ताहरुले अवलोकन गरेको जनाइएको छ । कठिन अवस्थामा हरेक कुरालाई जुटाएर पहिलो पटक आयोजना गरिएको एक्स्पो सोचेभन्दा धेरै सफल भएको आयोजकले दाबी गरेको छ ।

समापन समारोहका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक क्षेत्र नै आत्तिएको अवस्थामा अहिले मुलुकभर विभिन्न स्थानमा भइरहेका एक्स्पो तथा प्रदर्शनीहरुले थोरै भएपनि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याएको बताए । उनले सीएनआई कोसी एक्स्पोले विराटनगरको मात्रै नभई प्रदेश १ कै आर्थिक गतिविधि बढाउनुका साथै उद्योगी व्यवसायीहरुको मनोबल माथि उठाउन पनि सहयोग पु¥याएको दाबी गरे ।

मुख्यमन्त्री कार्कीले अहिलेको अवस्थामा राष्ट्रबैंकले बैंकिङ क्षेत्रको मात्रै संरक्षण गर्न नहुने सुझाव दिए । मौद्रिक नीतिका कारण निजी क्षेत्रको मात्रै घाँटी कसिएको भन्दै राष्ट्रबैंकले अरु उद्योगी व्यवसायी र निजी क्षेत्रको विकासका लागि पनि सोच्नुपर्ने बताए । त्यसका लागि संघीय सरकारले पनि आवश्यक पहल गर्नुपर्नेमा उनले जोड दिए ।
‘सरकारले गर्नुपर्ने कतिपय कामहरु निजी क्षेत्रले अघि बढाएका छन्, सरकारलाई सहयोग गरिरहेका छन्, यस्तो अवस्थामा मौद्रिक नीतिले उद्योगी व्यवसायीहरुको मात्रै घाँटी कसिदिएको छ, बैंकहरु लगानी गर्न तयार छैनन्, उद्योगी व्यवसायी ऋण तिर्न नसक्ने अवस्थामा छन्’ मुख्यमन्त्री कार्कीले भने, ‘कसैले पनि निजी क्षेत्र र बैंकका बिचमा सम्बन्ध चिसिने गरी काम गर्नु हुँदैन, यो समस्या अविलम्ब हल हुनुपर्छ, बैंकले मात्रै आफ्नो क्षेत्र सुरक्षित गरेर मुलुकको आर्थिक विकास सम्भव छैन ।’

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले उद्योग व्यवसायलाई पनि साथमा लिएर अघि बढ्न चाहेको बताएका छन् । उनले औधोगिक क्षेत्रलाई सुविधासम्पन्न प्रदर्शनी स्थल आवश्यक रहेको भन्दै त्यसका लागि विवादरहित जग्गाको व्यवस्थापनमा सहयोग गर्न विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई आग्रह गरे । साथै विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि प्रदेश १ को पहिलो सरकारले त्रिपक्षीय सम्झौता अघि बढाइसकेपनि त्यसपछिका सरकारले त्यसलाई रोकिदिएको भन्दै सवै मिलेर विराटनगर विमानस्थलको विस्तारलाई अघि बढाउनु पर्ने बताए । अन्य स्थानमा रहेका विमानस्थलहरु क्षेत्रीय स्तरको भइसकेको अवस्थामा विराटनगरमा अनेक कारणले काम रोकिएको भन्दै विमानस्थललाई अघि बढाउन विराटनगरबासी जुरुक्कै उठ्नुपर्ने पनि सुझाव दिए ।

विराटनगरको विकासमा मेयर नागेश कोइरालाले देखाएको हुटहुटीप्रति आफु निकै संवेदनशिल भएको भन्दै प्रदेश सरकारको तर्फबाट मिलेर अघि बढ्न तयार रहेको पनि जानकारी दिए । उनले विराटनगरमा विवादमा अलपत्र बनेको रिङरोडको विवाद समाधान गर्न प्रदेश सरकार पनि सहयोग गर्न तयार रहेको मुख्यमन्त्री कार्कीले स्पष्ट पारे ।
महिला, वालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवति चौधरीले विराटनगरदेखि धरानसम्मको आर्थिक क्षेत्रमा औधोगिक लगानी बढाउनका लागि आफुले पनि पहल गर्ने बताइन् । आफु पनि आर्थिक रुपमा अघि बढ्ने र राज्यलाई पनि कर तिरेर योगदान गर्ने उद्योगी व्यवसायीहरुको अप्ठेरोलाई हटाउन सरकारमा आफुले पनि लविङ गर्ने जानकारी दिइन् । निजी क्षेत्रको अग्रसरता र लगानीमा आयोजना गरिएको एक्स्पोले आर्थिक गतिविधि बढाएको मन्त्री चौधरीले बताइन् । बैंकले ७ प्रतिशतमा लिएको ऋणलाई १६ प्रतिशतसम्म पु¥याएको भन्दै त्यसले अर्थतन्त्रमा नकारात्मक असर पु¥याएको उनले बताइन् ।


प्रदेश १ का सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले नेपालसहित छिमेकी देशबाट पनि उद्यमीहरु एक्स्पोमा आएर नेपालसँगको मित्रवत् सम्बन्ध कायम राख्न सघाउ पु¥याएको बताए । निजी क्षेत्रको प्रयासमा प्रदेश सरकारले पनि सकेको सहयोग गरेको जानकारी दिंदै एक्स्पोले आर्थिक मन्दीलाई चिर्नका लागि ठुलो योगदान गरेको दाबी गरे । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा हुने आगामी एक्स्पो अझ राम्रो र व्यवस्थित रुपमा आफ्नै प्रदर्शनी स्थलमा गर्नका लागि महानगरपालिकाले सकेको सहयोग पु¥याउने विश्वास दिलाए ।

‘हामीलाई प्रदर्शनी स्थल नभई भएको छैन, उद्योगी व्यवसायीहरुले संरचना निर्माणमा गरेको लगानी बालुवामा पानी जस्तै भएको छ’ कोइरालाले भने, ‘प्रदर्शनी स्थललाई अघि बढाउने बिषयमा निर्णयहरु भइसकेका छन्, यसपछि १० दिनभित्र हामी बसौं, महानगरले अब ठोस निर्णय गर्दछ, प्रदर्शनी स्थल बनाएर छाड्छौं ।’ उनले स्थानीय कला, संस्कृतिको जगेर्नाका लागि एक्स्पो महत्वपूर्ण उपलब्धि बनेर सम्पन्न भएको तथा धार्मिक पर्यटन विकासमा पनि सहयोग पुगेको दाबी गरे ।


मेयर कोइरालाले विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको भन्दै त्यसलाई अघि बढाउन महानगर साथ दिन पनि तयार रहेको बताए । जोगवनीदेखि किमाथांकासम्मको सडक निर्माण समयमै हुनसके यस क्षेत्रको विकास र रोजगारी सिर्जनामा मद्दत पुग्ने उनले बिचार राखे ।


सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले एक्स्पो अत्यन्तै सफल भएको दाबी गरे । उनले महिला उद्यमी, साना तथा लघु, घरेलु उद्यमीहरुको उत्साहपूर्ण सहभागीताका लागि स्थानीय तहहरुले गरेको सहयोग धेरै अर्थपूर्ण रहेको बताए । साना उद्यमीहरुले निशुल्क रुपमा स्टलहरु प्राप्त गरेर आफ्ना उत्पादन बजारमा पु¥याउन पाएको भन्दै एक्स्पो अविस्मरणीय रहेको बताए ।
सगरमाथादेखि केचनासम्मको झल्को आउने गरी प्रदेश १ लाई चिनाउन र विभिन्न जातजातीका खाना परिकारको प्रवद्र्धनमा एक्स्पो महत्वपूर्ण अवसर बनेको जानकारी दिए । उनले एक्स्पोलाई असफल पार्ने उदेश्यले विभिन्न पक्षहरु लागेर अदालतसम्म पु¥याएपनि त्यसले आयोजक टिमलाई अझ सक्रिय भएर काम गर्न सहयोग पुगेको टिप्पणी गरे ।
‘सवै क्षेत्रको सहयोग रहँदा रहँदै पनि हामीले अदालतसम्मको अवस्था खेप्यौं, हामीमाथि कालो कोठरीमा बसेर नहसनहस बनाउने प्रयत्न भयो’ उनले गुनासो थियो, ‘तर त्यो दुष्प्रयास सफल हुन सकेन, त्यति नभएको भए एक्स्पो पनि अझ व्यवस्थित नहुने रहेछ भन्ने बुझाई बनाएर अघि बढ्यौं ।’ समापन कार्यक्रममा एक्स्पोकी सह–संयोजक गिरिजा सारडाले एक्स्पोलाई प्रवद्र्धन गर्न सुरुवातदेखि नै मोटर ¥याली लगायतका गतिविधि गरिएकोले प्रचार प्रसार प्रभावकारी रहेको बताइन् । साथै साँस्कृतिक कार्यक्रमहरुले स्थानीय कलाकारहरुलाई पनि सहयोग पुगेको जानकारी दिइन् ।


एक्स्पोको उद्घाटनमा उत्कृष्ट झाँकी प्रदर्शन गर्ने नेपाल मुण्डा समाज, थारु कला केन्द्र र नेपाल बाँतर सरदार समाजलाई सम्मान गरिएको थियो । त्यसैगरी प्रायोजकतर्फ केएल दुगड ग्रुप, जयश्री चप्पल, बैंकिङ पार्टनर सिद्धार्थ बैंक र मुख्य प्रवद्र्धक विराटनगर महानगरपालिकालाई सम्मानपत्र प्रदान गरिएको थियो । एक्स्पो सफल पार्न सहयोग गर्ने सीएनआई युवा उद्यमी मञ्चका पदाधिकारीहरु र युवा उद्यमीहरु, महानिर्देशक विजयहरि शर्मा लगायतलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । एक्स्पोलाई भव्यताका साथ सम्पन्न गर्न सवै क्षेत्रको भूमिका रहेको भन्दै एक्स्पोका संयोजक राजेन्द्र राठीले धन्यवाद ज्ञापन गरेका थिए ।

सम्बन्धित समाचार

फार्मेशीको दरबन्दी अविलम्व सृजना गरिनुपर्ने एनपीएको माग

विराटनगर । सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड अनुसार फार्मेशीको दरबन्दी अविलम्व सृजना गरिनुपर्ने नेपाल फर्मास्युटिकल एसोसिएशन नेपाल (एनपीए) ले माग राखेको छ । एनपीएले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ पूर्ण...

नवराज विक हत्या प्रकरण : वडाअध्यक्षसहित २४ जनालाई जन्मकैद

विराटनगर । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको फैसला आएको छ। जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एकजना वडाअध्यक्षसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको...

आज माघे सङ्क्रान्ति, यस्ताे छ धार्मिक महत्व

मकर सङ्क्रान्ति पर्व आज मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्...

चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप

काठमाडौं, १ असोज । कोरोनाविरुद्धको थप ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । शुक्रबार दिउँसो २ बजे खोप लिएर नेपाल एयरलाइन्सको जहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । सरकारले चीनबाट पछिल्लो समय ६०...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले लिए शपथ

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मत कुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता कार्कीलाई...

सांसद थापालाई कडा कानुनी कारवाही गर्न जातीभेद विरुद्ध विश्व मञ्चको माग

विराटनगर, बैशाख २७–गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कानुनको बर्खिलाप गर्दै दलित समुदायमाथि अपमान गरेकाले कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ । जातीभेद विरुद्ध विश्व मञ्चका अध्यक्ष तिर्थ विश्वकर्माले शुक्रबार...

चुनावको सम्पूर्ण तयारी सकियो : आयोग

निर्वाचन आयोगले आसन्न चुनावको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यलयबाट सम्पूर्ण तयारी सकिएको आयोगले जनाएको हो । चुनाव हुनुअगावै ३५५ जना निर्विरोध निर्वाचित भएका छन् भने ६ वडाध्यक्षसहित...

पत्रकार पौडेललाई खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय

विराटनगर, साउन १५–विराटनगररनेपाल पत्रकार महासंघ मोरङ शाखाले यस वर्षको ‘खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार–२०७७’ पत्रकार कमल पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । मकालु टेलिभिजनका समाचार सम्पादक पौडेललाई १५ हजार राशिको उक्त पुरस्कार दिने निर्णय बिहीबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्