विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट प्रणाली’ सञ्चालन
बुधबार, १८ माघ, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगर विमानस्थलले हवाई यात्रुको सुविधा अभिवृद्धि गर्ने योजना अनुरुप आजदेखि आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली( व्यागेज ह्याण्डलिङ्ग सिस्टम) सञ्चालनमा ल्याएको छ । मोफसलका विमानस्थलमा पहिलो पटके उक्त्त जडान गरिएको र यसको लागत दुई करोड तीन लाख ५१ हजार रहेको छ ।
उक्त्त प्रणालीले प्रतिघण्टा दुई हजार चार सय देखि चार हजारसम्म व्यागको स्वचालितरुपमा हवाई यात्रुको स्थानमा सेवा पु¥याउने छ । नेपाल नागरिक उड्डयन सेवा निर्देशनालयका उप महानिर्देशक हंशराज पाण्डेले आज विराटनगर विमानस्थलमा प्रणालीको उद्घाटन गर्दै यसबाट हवाई यात्रुले सहज र सरल रुपले सेवा प्राप्त गर्नुका साथै समय बचत हुने बताए ।
उड्डयन कार्यालयका व्यापार विभागका निर्देशक जगनार्थ निरौला, ,हवाई सुरक्षा विभागकाका देवचन्द्रलाल कर्ण, विराटनगर विमानस्थलका निर्देशक रिन्जी शेर्पा लगायतले यस क्षेत्रका विमानस्थलमा विश्वका आधुनिक प्रविधि जडान गरिएकोले हवाई यात्रा सुरक्षित रहेको सबैलाई विश्वास दिलाए । विराटनगर विमानस्थल प्रयोग गरी सन् २०२२ मा सात लाख ५९ हजार ३५७ जना हवाई यात्रुहरु आगमन र प्रस्थान गरि आफ्नो गन्तव्यतर्फ गरेका कार्यालयले जनाएको छ । उक्त्त अवधिमा आगमनतर्फ तीन लाख ७७ हजार ९८१ र प्रस्थानतर्फ तीन लाख ८२ हजार २७६ जना यात्रुहरुले विमानस्थल प्रयोग गरेका छन् । यस्तै सोही अवधिमा आगमनतर्फ छ हजार ७६६ र प्रस्थानतर्फ छ हजार ७६५ गरि जम्मा १३ हजार ५३१ विभिन्न कम्पनीका हवाई जहाजहरुले उडान भरेका छन् ।
काठमाडौं, माघ २६ । नागरिक अगुवाहरुले सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाउन राजनीतिक दलहरुलाई अपील गरेका छन् । सापकोटाले सभामुख पदमा बसेर निष्पक्ष र निर्विवाद भूमिका निर्वाह नगरेको, संविधान र कानुनका व्यवस्थाभन्दा बाहिरबाट कार्यकारी अधिकारको अभ्यास...
काठमाडौं, २७ वैशाख-विश्व बैंक्ले चालू आर्थिक वर्षमा नेपालको आर्थि वृद्धिदर अधिक १.८ प्रतिशतिसम्म हुने अनुमान गरेको छ । यसअघि १.८ देखि २ .५ प्रतिशतको प्रक्षेपण गरेकोमा पुन: विश्व बैंकले १.८ प्रतिशतमा खुम्चने अनुमान गरेको छ...
काठमाडौं, २४ भदौ-बुद्धको जन्मस्थल लुम्बिनीलाई पर्यटकीय उपजको रुपमा विकास र प्रवद्र्धन गरी धेरैभन्दा धेरै बुद्धिष्ट पर्यटक भित्र्याउने योजनाका साथ नेपाल पर्यटन बोर्डको समन्वयमा बुद्धिष्ट टुरिस्ट प्रवद्र्धन समिति गठन गरिएको छ । लुम्बिनी तथा बुद्घ र...
विराटनगर।कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ भव्य रुपमा उद्घाटन गरेको छ। गुराँसको राजधानी तेर्हथुमको तीनजुरे मिल्केमा पर्यटन वर्षको उद्घाटन गरिएको हो। सो कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कुमार कार्कीले प्रदेशबाट सन्देश प्रवाह...
काठमाडौं, ३१ असार -नेपाल प्रहरीका २ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । रिक्त २ एआईजी पदको लागि डीआईजी प्रधुन्न कार्की र निरजबहादुर शाही सिफारिस भएका हुन्...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने गठबन्धन दलले निर्णाय गरेको छ । गठबन्धन दल माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए । मुख्यमन्त्री...
विराटनगर, २७ जेठ । प्रदेश १ मा दलित समुदायको अधिकार सूनिश्चीतताका लागि ऐन बन्ने भएको छ । प्रदेश १ को प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति...
सर्लाही, २४ वैशाख-सर्लाहीको मलंगवाबाट २ भारतीय नागरिकको साथबाट स्रोत नखुलेको १७ लाख ९० हजार नेपाली रुपैयाँ बरामद गरिएको छ ।सशस्त्र प्रहरीले सुरक्षा जाँचको क्रममा धान बोकेर नेपाल प्रवेश गरेको बी आर ३० बीए २४५८ नम्बरको...