विराटनगर । मेयर कप नकाउट क्रिकेट प्रतियोगिताको उपाधि सुनवर्षी नगरपालिका ८ नम्बर वडाले जितेको छ । मोरङको सुनवर्षी नगरपालिका वडा नं ५ मा सम्पन्न भएको फाइनलमा सुनवर्षी नगरपालिका ६ नम्बर वडालाई ५ विकेटले हराउँदै वडा नं. ८ ले मेयर कपको उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ रोजेको सुनवर्षी ६ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रनको योगफल तयार पारेको थियो । जवाफमा १७२ रनकोे विजयी लक्ष्य पछ्याएको सुनवर्षी ८ ले १८ ओभरमा ६ विकेट गुमाउँदै विजय लक्ष्य पार गरेको थियो ।
विजेता बनेको सुनवर्षी ८ ले नगद १ लाख २५ हजार पायो । उपबिजेता बनेको सुनवर्षी ६ ले ६५ हजारमा चित्त बुझायो । पुस २९ देखी माघ १६ गतेसम्म संचालन भएको प्रतियोगिताको फाइनलमा १६ वटा टिमको सहभागिता रहेको थियो ।
सुनवर्षी ८ का विकास दासले ३ विकेट लिए भने सर्वाधिक ६७ रन बनाउने दास फाइनलको म्यान अफ द म्याच घोषित भए । उनले नगद पाँच हजार पाए । प्रतियोगिताको म्यान अफ दी सिरिज वडा नं ६ का श्रावण यादव भए । उनले २५ हजार रुपैयाँ पाए । प्रतियोगिताको उत्कृष्ट ब्याट्स मेनमा सुनवर्षी वडा नं २ का फिरदोष अन्सारी, उत्कृष्ट विकेट किपर, देवेन्द्र थापा, उत्कृष्ट बलरमा वडा नं ६ का श्रावण यादव र फेयर पिले अवार्डमा शनिश्चरे नगरपालिकाको टिम भयो ।
प्रतियोगिताको बिजेता हुने टिमहरूलाई मोरङ क्षेत्र न २ का प्रतिनिधिसभाको सांसद ऋषिकेश पोखरेल, प्रदेश सांसद गणेश उप्रेती, सुनवर्षी नगरपालिकाका प्रमुख श्याम प्रसाद राजवंशी, नगरपालिकाका प्रखुख प्रशासकीय अधिकृत रुद्र प्रसाद दुलाल, वडा अध्यक्षहरु कमल मोक्तान, विनोद राजवंशी, अतन कुमार बुढाथोकी, ध्रुव सिंह, बिरेन राईलगायतले पुरस्कार वितरण गरेका थिए ।
मुम्बई, कात्तिक १ । छोरा आर्यन खान ड्रग्स पार्टी गरेको आरोपमा पक्राउ परेपछि यतिबेला किङ खानका नामले परिचित भारतीय अभिनेता शाहरुख खान तनाबमा फसेका छन् । छोरा हालसम्म हिरासत मै छन भने यता ड्रग्सका कारण विज्ञापन...
राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक गर्दैछ । गत वैशाखमा सञ्चालन भएको परीक्षको नतिजा आज सार्वजनिक हुन लागेको हो । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए...
काठमाडौं, १९ साउन-विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड- १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एकअर्काबिच दूरी कायम गर्न अपिल गरेका छन् । पछिल्लो समय सरकारले लकडाउन हटाइसकेपछि मानिसहरूले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण...
भद्रपुर–आर्थिक चलखेल गरी १६ जना गैरनेपालीलाई नेपाली नागरिकता दिएको घटना प्रकरणमा संलग्न भएको आरोप लागेका वडा अध्यक्षमाथि निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेसले जोडदार माग गरेको छ। जिल्ला प्रशासन कार्यालय झापाले १६ जना गैरनेपालीलाई नागरिता बनाइदिएको...
विराटनगर, १ पुस–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सडक आश्रित बालबालिकाको पुर्नस्थापनालाई उच्च प्राथमिकता दिइएको बताएका छन् । प्रदेश सरकारले सडकमा रहेका सवै बालबालिकालाई उद्धार गर्ने योजना बनाएको उनले बताए । सडक आश्रित...
विराटनगर । प्रदेश नं. १ को मुटुमा अवस्थित विराटनगर – २ राधाकृष्ण मार्गमा रहेको इस्टर्न कलेज अफ इन्जिनियरिङ गुणस्तरीय शिक्षा प्रदानमा अब्बल सावित भएको छ । पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन पाएर दुई दशकदेखि अनुभवी एवम्...
चितवन, १२ वैशाख-भरतपुर अस्पतालमा उपचाररत २ कोरोना सङ्क्रमितमध्ये १ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार उपचार गराइरहेका आमाछोरामध्ये छोराको नतिजा नेगेटिभ देखिएको हो । पूर्वी चितवनको राप्ती नगरपालिका–८ का...
काठमाडौं, १२ साउन-अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको भन्दै नेपाल आयल निगमले मूल्य बढाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतमा डिजेलको भाउ दिनप्रति दिन बढेपछि अगष्टमा मूल्य बढाउने तयारी भएको...