तस्करीको कपडासहित चार जना पक्राउ

 न्यूज विराट
तस्करीको कपडासहित चार जना पक्राउ

विराटनगर । भारतदेखि अवैध रूपमा चोरी तस्करी गरी कपडा ल्याउने चार जना पक्राउ परेका छन् । इलका प्रहरी कार्यालय रानी विराटनगरले तस्करीको कपडासहित सोमबार चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १५ का १८ वर्षीय सहबाज आलम, सोही ठाउँका २० वर्षीय महरिया खातुन, ३० वर्षीया खातुन मिया र सुनसरी बर्जु गाउँपालिका ३ का ३५ वर्षीय महेश शाह रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका प्रतिवादीहरूले बिराटनगर – १६ दरैया उखुबारी छेउ स्थित बाट अवैध रुपमा भारत बाट नेपाल तर्फ लुकाई छिपाई बोरामा प्रदेश १–०४–००१ ह. ०१८० नम्बरको सिटिमा लोड गरी विराटनगरको बजार ल्याउने क्रममा बरामद गरेको हो ।

प्रहरीले लेगिन्ज १० पिस, लेडिज सुईटर ३३ पिस, बच्चाको सर्ट २ पिस, जेन्स सुरुवाल २५ पिस, टप्स ५६ पिस , १ थान सिटि गरी ४ लाख ९८ हजार ५ सय मुल्य बरावरको अवैध कपडा र सवारी साधन बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । बरामद गरेको कपडा, सवारी साधन र व्यक्तिहरुलाई प्रहरीले विराटनगर भन्सार कार्यालयलाई बुझाएको छ ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ डाउनटाउनले केक काटेर मनायो उत्सव

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले केक काटेर उत्सव मनाएको छ । वर्ष २०२२–२३ का पदाधिकारीहरुको कार्यकाल सुरु भएको अवसरमा उत्सव मनाइएको हो । रोटरी क्लब अफ विराटनगर डाउन टाउनमा महिला समाजसेवीहरु आवद्ध छन्...

लायन्सका डिस्ट्रिक गर्भनर विकास अधिकारी अस्ट्रेलिया प्रस्थान

विराटनगर । अस्ट्रेलियामा हुने अन्तराष्ट्रिय ‘कन्भेन्सन’ मा भाग लिन लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ सी का डिस्ट्रिक गर्भन विकास अधिकारी र प्रथम महिला बन्दना पोखरेल सहभागि हुने भएका छन् । अधिकारी र पोखरेल कन्भेन्सनमा भाग लिन...

मायादेवी मन्दिरमा दैनिक पूजा

रूपन्देही, २१ वैशाख-गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा दैनिक पूजाआजा हुने गरेको छ । लुम्बिनी विकास कोषका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिर परिसरमा थेरवाद विहारका भिक्षु वजिर र श्रीलंका विहारका भिक्षुुले दैनिक...

रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन् । विराटनगरमा आजबाट सुरु भएको श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले...

तेस्रो पटक अष्ट्रेलिया चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं, २६ जेठ-राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सोमबार तेस्रो पटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्दैछ । निगमको वाइड बडी ए३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी...

प्रदेश १ मा ४३ कोरोना संक्रमित थपिए

विराटनगर, २० साउन–प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०, सुनसरीमा १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज...

कोसी नदी तटबन्धमा युवक मृत फेला

सप्तरीको भारदहको कोशी नदीको पश्चिमी तटबन्धमा आज बिहान एक युवकको शव भेटिएको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदहस्थित पूर्वकोशीको पश्चिमी तटबन्धमा सो युवको मृत भेटिएको प्रहरीले जनाएको छ । करिब अन्दाजी १९ वर्षीय...

लकडाउनमा उपभोक्ता ठग्नेबाट साढे ७० लाख जरिमाना

काठमाडौं, १९ वैशाख-लकडाउनको समयमा पनि उपभोक्ता ठगीमा पर्न थालेपछि सरकारले अनुगमनलाई तीव्रता दिएको छ । लकडाउनमा सीमित समयमा खुल्ने सीमित पसहरूले पनि ठगी गरेको गुनासो आएपछि अनुगमनलाई निरन्तरता दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्