विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा एक दिने विज्ञान तथा चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरभित्र शनिबार विज्ञान र चित्रकला प्रर्दशनी गरिएको हो ।
विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले एक दिने विज्ञान प्रर्दशनी आयोजना गरिएको ग्रेडेड बोर्डिङ स्कुलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए । कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीहरूले विज्ञान र चित्रकला प्रर्दशनीमा उनीहरूले विभिन्न बस्तु प्रर्दशनीमा राखेका थिए । विद्यार्थीहरूले स्मार्ट सिटी, वाटर फाउन्डेसन, सोलरबत्तीलगायतका एक दर्जन बढी बस्तुहरू प्रर्दशनीमा राखेका थिए । विद्यार्थीहरूले बनाएको कलात्मक चित्रहरू पनि प्रर्दशनीमा राखियो । विद्यार्थीहरूले राष्ट्रिय जनवारदेखि, राष्ट्रिय फुललगायतका विभिन्न बस्तुहरुको चित्र बनाएर प्रर्दशनीमा राखेका थिए ।
सोही अवसरमा विद्यार्थीहरूले नृत्य र गायन प्रस्तुत गरी थप रमाईलो गरेका थिए । कार्यक्रममा अभिभावकहरूको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै शिक्षा समन्य इकाइ मोरङका उपसचिब शिव प्रसाद घिमिरले गुणस्तरीय शिक्षा सँगै रोजगारमुखी शिक्षामा जोड दिनुपर्ने बताए । कार्यक्रममा विराटनगरका वडाअध्यक्ष मधुवावु तिवारी, राम पोखरेल, अभिभावक संघ मोरङका अध्यक्ष खगेन्द्र भट्टराईलगायतको उपस्थतीति रहेको थियो ।
सुर्खेत, वैशाख ४-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुने डरले २ घण्टा मात्र खुल्ने बैंकहरूमा तल्ला तहका कर्मचारीमा त्रास छाएको छ ।बैंकमा लकडाउन पनि भीडभाड हुने, रकम झिक्ने र जम्मा गर्ने काम भएकाले बैंकका तल्ला तहका कर्मचारीमा...
विराटनगर, साउन २९–कोरोना संक्रमणसँग लक्षण मिल्ने एक जना विरामीको विराटनगरस्थित कोसी अस्पतालको आइसोलेशनमा मृत्यु भएको छ । विराटनगर १५ का ३० वर्षीय पुरूषको उपचारको क्रममा बिहीबार ४ः३० बजे मृत्यु भएको हो। ज्वरो, खोकी र स्वासप्रश्वासमा...
विराटनगर । जिल्ला कारागार मोरङमा कैद भुक्तान गर्दै आएका एक जना कैदी उपचारको लागि विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका छन् । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका २४ वर्षीय आर्यन मोहमद अहमद खान...
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीद्धारा लिखित पुस्तक ‘खाली खुट्टा’ लक्ष्य प्राप्तिका लागि संघर्ष गरिरहेकाहरुलाई प्रेरणाको स्रोत हुने साहित्यकारहरुले विश्वास ब्यक्त गरेका छन् । विराट साहित्य सङ्गमले...
बागलुङ, २५ वैशाख-अघिल्ला वर्षका वैशाख र जेठमा विवाहका कपडा सिलाउन व्यस्त भएका टेलरिङ व्यवसायी यसपाली भने कामविहीन भएका छन् । बागलुङ बजारको हल्लनचोकका टेलरिङ व्यवसायी सुजन परियार कामको चापले लगनको महिनामा राम्रोसँग खान र सुत्न...
विराटनगर, ३२ साउन-जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्ला भित्र थप ७ दिन मानिसको आवागमन नियन्त्रण गर्न निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासनले यस अघि पनि ५ दिन र ६ दिन गरी दुई पटक लकडाउन गरेको...
पोखरा, २२ असार-पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गरेको अभियोगमा पक्राउ परेका ३ जनालाई प्रहरीले ‘अभद्र व्यवहार’ कसुरमा मुद्दा चलाउने भएको छ । पोखराको मझुवामा शव व्यवस्थापनका क्रममा प्रहरीलाई आक्रमण गरी चेक पोस्टमा समेत तोडफोड...
काठमाडौं । लागूऔषध किनबेचको आरोपमा पक्राउ परेका र्यापर आशिष राना उर्फ ‘लाउरे’ को हिरासत बसाई लम्बिने भएको छ । उनीसहित पक्राउ परेका ४ जनालाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति...