मेरिल्याण्ड कलेजलाई अर्को सफलता, सिम्रन अग्रवाल फेरी उत्कृष्ट

 न्यूज विराट
मेरिल्याण्ड कलेजलाई अर्को सफलता, सिम्रन अग्रवाल फेरी उत्कृष्ट

विराटनगर । व्यवस्थापन संकायमा सर्वोउत्कृष्ट पहिचान बनाएको विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा सिम्रन अग्रवालले अर्काे सफलता हात पारेकी छिन् ।
त्रिभुवन विश्व विद्यालयद्वारा हालै प्रकासीत विविएस चौथो बर्षको रिजल्टमा सिम्रनले सर्वाधिक ८१.२ प्रतिशत अंक ल्याई उत्कृष्ट भएकी हुन् ।
उनै सिम्रन अग्रवालले गत बर्षको वि वि एस तेस्रो बर्षमा ८२.२ प्रतिशत अंक ल्याई नेपाल प्रथम भएकी थिइन् भने विविएस प्रथम वर्षमा पनि ७० प्रतिशत अंक ल्याइ प्रदेश प्रथम भएकी थिइन् । त्यस्तै विविएस दोस्रो वर्षको परीक्षामा मेरिल्याण्डकी छात्रा राजलक्ष्मी अग्रवालले ७५.४ प्रतिशत ल्याई प्रदेश प्रथम भएकी थिइन् । रंगेली निवासी सिम्रन पढाइमा अत्यन्तै जेहेन्दार र लगनशिल भएको सफलता प्राप्त गरेकी कलेजका प्रिन्सीपल लक्ष्मण ढकालले बताए । विविएस तेस्रो बर्षमा नेपाल प्रथम भएको कारणले कलेजले उनलाई नगद २५ हजार पुरस्कारले सम्मानीत गरेको थियो ।
सिम्रनका बुबा रमाकान्त अग्रवाल कलेजको उत्कृष्ट शैक्षीक वातावरणले पनि आफ्नी छोरी लगातार उत्कृष्ट हुन सफल भएको बताए । त्यस्तै २०७६ सालमा वि वि एस चौथो बर्षमा छात्र रोहीत कार्कीले ८४ प्रतिशत अंक ल्याई नेपाल प्रथम भएका थिए । यसैगरी २०७८ सालमा राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा – १२ को परीक्षामा दिया अग्रवालले नेपालमै उच्च ३.९६ जिपिए ल्याई नेपाल प्रथम भएकी थिइन् ।
उक्त खुसियालीमा कलेजले एक भव्य समारोह गरी दियालाई नगद ५१ हजार सहित सम्मान गरेको थियो ।

सम्बन्धित समाचार

रातह वितरणमा अनियमितता भएको भन्दै स्थानीय आक्रोशित

सप्तरी, चैत २९–सप्तरीको सप्तकोशी नगरपालिका–८ मा राहत वितरणमा अनियमितता भएको भन्दै स्थानिय आक्रोसित बनेका छन्। नगरपालिकाको मापदण्ड विपरित वडा कार्यालयले राहत प्याकेज घटाएर बितरण गरेको भन्दै स्थानिय आक्रोसित बनेका हुन । सप्तकोशी नगरपालिकाले लक डाउन...

रतुवामाईले काठमाडौंमा अलपत्र नगरबासीको उद्धार गर्यो

रतुवामाई, बैशाख १६-मोरङको रतुवामाई नगरपालिकाले लकडाउनका कारण काठमाडौँमा अलपत्र परेका एक सय ९४ जना नगरवासीकोे उद्धार गरेको छ । काठमाडौँबाट गाउँ फर्कन चाहनेहरुलाई मंगलबार पाँचवटा बसको व्यवस्था गरी नगरपालिकाले उद्धार गरेको हो । रतुवामाई नगरपालिकाका...

बुद्धिजीवीले बेसारको मजाक उडाए, अब याेगकाे उडाउने हाेलान् : प्रधानमन्त्री ओली 

काठमाडौं, ७ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् ।अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै...

पाकिस्तानमा लगातार ३ वटा बम बिस्फोट

एजेन्सी, असार ७-पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका ३ वटा बम बिस्फोटनबाट २ सैनिकसहित ४ जनाको मृत्यु भएको छ ।स्थानीय सञ्चार माध्यमका अनुसार सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही समूहले ती बिस्फोटको जिम्मेवारी लिएको छ । एउटा...

आइटीमा पनि अब्बल बन्दै शिक्षादीप कलेज

विराटनगर । मेडिकल र इन्जिनियरिङको क्षेत्रमा मात्र नभएर आइटिको क्षेत्रमा पनि दक्ष प्राविधिकहरू हायर गराएर विराटनगर– ९ मा रहेको शिक्षा दीप कलेज काठमाडौँ बाहिर मोफसलमा अब्बल साबित हुन अग्रसर भएर लागि परेको छ । काठमाण्डौंबाट...

मोरङ प्रहरीलाई सफलता : लखेटेर १५५ केजी गाँजासहित दुई कारोबारी पक्राउ

विराटनगर । इलका प्रहरी कार्यालय रानी विराटनगरले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । गोप्य सुचनाको आधारमा प्रहरीले मोरङको जहदा गाउँपालिकाको सीमावत्र्ती क्षेत्रदेखिले गाँजा बोक्ने स्कारपियोसँगै दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले बरामद गरेको...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, भाेलि पनि सुनुवाइ

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा बिहीबारकाे सुनुवाइ सकिएको छ । याे मुद्दामा शुक्रबार पुनः सुनुवाइ हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा भइरहेकाे सुनुवाइमा बिहीबार रिट निवेदकतर्फका...

महामारीका समय ‘जिम्मेवारीबाट पन्छिने प्रवृति’ को अन्त्य गर्न पोपको आह्वान

एजेन्सी, ११ पुस । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले विपचका समय जिम्मेवारीबाट पन्छिने प्रवृतिको अन्त्य गर्नुपर्ने शनिबार बताएका छन् । कोरोनाभाइरसबाट सिर्जित महामारीको समयमा ‘जिम्मेवारीबाट पन्छिने प्रवृत्ति’ले समग्र मानवजातीले ठूलो क्षति व्यहोरेको तर समस्याको समाधानका लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्