मिडिया संचालक खत्ताबविरुद्ध मोरङ अदालतमा मुद्दा दायर

 न्यूज विराट
मिडिया संचालक खत्ताबविरुद्ध मोरङ अदालतमा मुद्दा दायर

विराटनगर । विराटनगरबाट सञ्चालित नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक अब्दुल खत्ताबविरुद्ध मुद्दा दायर भएको छ । विराटनगरका उद्योगपति अरूणकुमार राठीलाई अपहरण गरी कुटपिट गरेको आरोपमा सोमबार खत्ताबविरुद्ध अपहरण तथा शरीर बन्धक र कुटपिट तथा अंगभंगको मुद्दा दर्ता भएको हो।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अधिकतम् २५ वर्ष कैद र दुई लाख १० हजार माग गर्दै मुद्दा दायर गरेको हो।

अपहरण र शरीर बन्धक आरोपमा १० देखि १५ वर्ष कैद र १ लाख १० हजार जरिवाना र कुटपिट तथा अंगभंग १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना माग गरिएको जिल्ला न्यायाधीवक्ता रामहरि काफ्लेले जानकारी दिए ।

सोमबार मुद्दा दर्ता भएकोले मंगलबारदेखि थुनछेक बहस सुरु हुनेछ । झन्डै एक महिना लामो अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय मोरङले खत्ताबविरुद्धको प्रतिवेदन शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो ।

मोरङ प्रहरीले सञ्चालक खत्ताबलाई विराटनगर १ बाट मंसिर २९ गते पक्राउ गरेको थियो ।

राठीको अपहरण आरोप लागेपछि र जाहेरी प्रहरीमा पुगेपछि खत्ताब दुई साता फरार भएका थिए। खत्ताबसहित अर्का एक जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। अर्का एक जना भने फरार छन्।

खत्ताबले अन्तर्वार्ताको बहाना बनाएर राठीलाई मंसिर १४ गते नेपाल टाइम्सको स्टुडिओमा लगेर शरीर बन्धक बनाई १५ लाख रुपैयाँ असुलेको आरोप छ।

आफूलाई अपहरण गरी शरीर बन्धक बनाएको भन्दै विराटनगर ७ का ५६ वर्षीय राठीले प्रहरीमा जाहेरी दिएका थिए।

३१ वर्षीय खत्ताब विराटनगर ६ मा बस्दै आएका छन्। उनको घर सिरहा नगरपालिका ४ हो।

विगत तीन वर्षदेखि राठीलाई खत्ताबले मिडियामा पार्टनर बनाएका थिए। उक्त मिडियामा राठीको २० प्रतिशत अर्थात् ५ हजार कित्ता सेयर छ।

अपहरणबाट मुक्त गर्दा खत्ताबले उजुरबाजुर गरे ज्यान मारिदिने धम्की दिएका थिए। स्टुडियोमा लगेर खत्ताबले राठीलाई तारले बाँधेर ‘क्यामराको ब्यागमा पेस्तोल रहेको र जिन्दगी एउटा गोली न हो’ भनी धम्की दिएर चेक कटाएका थिए।

सम्बन्धित समाचार

सरकार विरुद्धको प्रदर्शन स्थगित गर्न साझा पार्टीको आग्रह

काठमाडौं, ३१ जेठ-सरकारले साझा पार्टीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्च र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ । सो पार्टीले आज विज्ञप्ति जारी गरी पछिल्ला दिनमा...

डेमोक्र्याटलाई महत्त्वपूर्ण अग्रता

एजेन्सी, २० कात्तिक-अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । हालसम्मको मतपरिणामअनुसार डेमोक्र्याट पार्टीका उम्मेदवार जो बाइडेनले महत्वपूर्ण अग्रता कायम गरेका छन् । उनले पूर्व राष्ट्रपति बाराक ओबामालाई समेत उछिनेर...

सुनसरीको दुहवीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर, ९ असार । सुनसरीको दुहवी नगरपालिका–३ विद्युत कार्यालय नजिकै आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भइ दुहवी नगरपालिका–२ स्थित घरमा काम गर्न बसेकी अन्दाजी ४० बर्षीया चन्द्रकला...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विराटनगरस्थित महेन्द्र रात्रि माध्यामिक विद्यालयमा निःशुल्क दन्त शिविर

विराटनगर, २० मंसिर । विभिन्न सामाजिक कार्यहरु निरन्तर गरिरहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निशुल्क दन्त शिविर र जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । वरिष्ठ दन्त चिकित्सक डा. अभिषेक कुमार र उनको टोलीसँगको सहकार्यमा...

‘अमेरिका–चीन सम्बन्धलाई नयाँ शीत युद्धमा परिणत गर्न खोजिदैँछ’

एजेन्सी, जेठ ११-चीनका विदेशमन्त्री वांग यीले अमेरिकाले चीनसँगको सम्बन्धलाई नयाँ शीतयुद्धतिर लगिरहेको बताएका छन । उनले भने, ‘अमेरिकाका केही राजनीतिक शक्तिले चीन अमेरिका सम्बन्धलाई आफ्नो पकडमा लिएका छन् र दुवै देशलाई नयाँ शीतयुद्धतिर लैजान खोजिरहेका...

आज ६४९५ को परीक्षण गर्दा १०९६ जनामा कोरोना पुष्टि

गत २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार ४ सय ९५ को पीसीआर गर्दा १ हजार ९६ संक्रमित थपिएका हुन् । योसहित नेपालमा संक्रमितको संख्या २ लाख ४०...

मन्त्री कार्कीद्धारा फ्लड लाइटको अनुगमन

विराटनगर, २१ पुस-प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सहिद मैदान विराटनगरमा जडान गरिएको फ्लड लाइटको अनुगमन गरेका छन् । फ्लड लाइट जडान कार्य अन्तिम चरणमा पुगेपछि मन्त्री कार्कीले...

पत्रकार आचारसंहिता पालना गर्नुपर्नेमा जोड

मोरङ ,१० साउन । पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने छापा, विद्युतीय तथा अनलाईलन सञ्चार माध्यमको आवश्यक अनुगमन एवं कारवाही फितलो भएको सहभागीहरुले गुनासो व्यक्त गरेका छन् । तुलसादेवी हरिहर फाउण्डेशन ललितपुरद्वारा आज यहाँ आयोजित एक दिने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्