विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) अनुसार संयुक्त सरकारको नेतृत्व गर्ने गरी कार्कीलाई आइतबार साझ मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
शपथ सोमबार हुँदै छ । प्रदेशसभामा ९३ सांसद मध्ये एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाको १ गरी ६० सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् ।
एमाले संसदीय दलका नेता रहेका कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका दलका नेता भक्ति सिटौला र जसपाकी नेता निर्मला लिम्बूले मुख्यमन्त्रीमा नियुक्तीका लागि समर्थन दिएका छन् ।
उनको यो मुख्यमन्त्रीमा पहिलो सत्तारोहण हो । यसअघि कार्की प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका थिए ।
विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल शनिबार विराटनगरमा हुने भएको छ । उक्त प्रतियोगिताको उपाधि जित्नको लागि ४४ जना प्रतियोगिहरू प्रतिस्पर्धामा उत्रिदैछन् । जय मिडिया म्यानेजमेन्ट प्रालिले बालबालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन...
विराटनगर, साउन २५–प्रदेश १ मा कोरोना संक्रमित राख्न प्रबन्ध गरिएका अस्पतालका आइसोलेसन शैया पूर्ण अभाव भएको छ । अस्पतालमा ठाउँ नभएपछि संक्रमितहरु घरघरमै बसिरहेका छन् । यद्यपी कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि भने केही...
झापा, ११ वैशाख-झापामा अत्यावश्यक औषधि र ताजा तरकारी किन्न अब पसलमा पुग्नैपर्ने बाध्यता हट्दै गएको छ । केही नगरपालिकामा पसलको भीडभाड हटाउन घरघरै सामान पुर्याउने व्यवस्था मिलाइएको हो । विर्तामोड नगरपालिकाले किसानको बारीबाट ताजा तरकारी...
विराटनगर, साउन २९–विराटनगर महानगरपालिकामा गएको २४ घण्टामा ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३८ पुरूष र २२ महिला रहेका छन् । बिहीबार महानगरमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका हुन् । विराटनगर महानगरपालिकाका अनुसार संक्रमितमध्ये...
काठमाडौं, ३ साउन-आज पनि देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाले जनाएको छ । महाशाखाका अनुसार शनिबार देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...
विराटनगर, १४ मंसिर–राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्निाले सांसदहरुले कोभिड–१९ को न्यूनिकरणका लागि जनतामा सचेतना जागृत गराउन प्रभावकारी भुमिका खेल्नु पर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश नंं. १ सामाजिक विकास मन्त्रालय र राष्ट्रिय...
विराटनगर, चैत २०–ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ की १८ बर्षीय युवती दिकी शेर्पा स्थानीय सेनिमा भिर मुनी मृत अवस्थामा फेला परेकी छन् । चैत्र १८ गते बिहान घाँस काट्न भनी जंगल तर्फ गएकी युवती बेलुका सम्म पनी...
विराटनगर, १६ भदौ–कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएपनि झण्डै एक साता सम्म रिपोर्ट नआउने गरेको पाइएको छ । कोरोना संक्रमणको आशंकामा स्वाव संकलन गरिएका व्यक्तिहरुको परिक्षण रिपोर्ट आउन ढिलाई हुने गरेको मात्र नभई रिपोर्टनै गायब...