प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, को बन्दैछन् मुख्यमन्त्री ?

 न्यूज विराट
प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, को बन्दैछन् मुख्यमन्त्री ?

विराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ। सत्ता साझेदार दलहरुले आजै प्रदेश प्रमुखसामू मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन्।
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका छन् ।
यद्यपि सबैभन्दा ठूलो दल नेकपा एमाले रहेकाले उसैले मुख्यमन्त्री पाउने सम्भावना छ । यस्तो अवस्थामा एमालेका हिक्मत बहादुर कार्की मुख्यमन्त्री हुनेछन् ।

झापा ५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन्। अध्यक्ष केपी ओली निकट उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए।

‘आज हामी एमाले संस्दीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीका रुपमा नियुक्त गर्न प्रदेश प्रमुखसामु दाबी पेश गर्दैछौं’, एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘गठबन्धनका सबै दलहरुसहित जानेछौं।’

‘आज शीर्ष नेताबीच छलफल हुँदैछ, त्यसपछि प्रदेशमा दाबी पेश गर्छौं,’ माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने ।

पुस १७ गते नै प्रदेश प्रमुखले एक साताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न प्रमुख खापुङले आव्हान गरेका थिए। प्रदेश १ मा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, राप्रपा र जसपासहितको गठबन्धन दुई तिहाइ बहुमत नजिक छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । एमालेका ४०, माओवादी केन्द्रले १३, राप्रपाको ६ र जसपाको एक गरी सत्ता गठबन्धनसँग ६० मत छ ।

प्रदेशसभामा २९ सांसद भएको कांग्रेस र ४ सांसद भएको नेकपा एकीकृत समाजवादी पार्टी प्रतिपक्षमा छन् ।

सम्बन्धित समाचार

विराटनगरमा प्लाज्मा थेरापी उपचार सेवा सुरु

विराटनगर, २७ असोज–प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मंगलबारदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ । कोरोना भाईरस (कोभिड १९) का कडा विरामीका लागि आजदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको हो...

सोती घटना : जाहेरी दिनेतर्फका वकिलको बहस जारी

रुकुम, ७ असार-सोती मुद्दामा आज ९ वकिलले बहस गरेका छन् । जाहेरीवालातर्फका वकिलको बहस जारी छ । जाहेरीवालाकै तर्फबाट बहस गर्ने वकिलको पालो सोमबारसम्म सकिने देखिएको छ । जाहेरीवालातर्फका ६/७  वकिलले अझै बहस गर्न बाँकी...

भदौ २२ भित्र दल रोजिसक्नुपर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं, १३ भदौ । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय २२ भदौसम्मका लागि मात्रै उपलव्ध गराउने भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेशले विभाजित दलमा आवद्ध हुन २१ दिनको समय दिने व्यवस्था...

कोरोनाबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ४९ पुग्यो

काठमाडौं, १३ साउन-मंगलबार नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ साउनमा निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो । बझाङको बुंगल–...

नेपाली सीमा चौकीमा आक्रमणको प्रयासः भारतीय पक्षले माग्यो माफी

झापा, २४ वैशाख-झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मंगलबार माफी मागेको छ । झापा गाउँपालिका-४ सुकुम्वासी बस्तीमा १५० को संख्यामा घरेलु हतियारसहित आएका भारतीय नागरिकले १३१ नं सीमास्तम्भ...

प्रदेश १ मा बीओपीको संख्या ५१ पुग्यो, मोरङका थप तीन स्थानमा स्थापना

विराटनगर, ८ चैत । प्रदेश १ मा चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना भएको छ । प्रदेश १ मा चालु आर्थिक वर्षको सुरुवातसम्म २६ वटा बीओपीको संख्या थियो । त्यसलाई...

प्याब्सन स्पोर्ट्स मिट : फुटबलमा पाँच वटा स्कुल विजयी

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट आज दिउँसो ११ बजेबाट सुरू हुदैछ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि औपचारिक रूपमा सुरू हुनेछ । प्याब्सन मोरङको आयोजनामा भएको...

सुशान्तको कथामा ‘सुसाइड और मर्डर’ बन्ने

एजेन्सी, असार ९-अभिनेता सुशान्त सिंह राजपूतको आत्माहत्यापछि बलिउड निकै विवादित बनेको छ । सुशान्तको आत्माहत्याको कारण बलिउडकर्मी नै भएको भन्दै ८ जनाविरुद्ध फौजदारी मुद्दा दर्ता भइसकेको छ । बलिउडमा बढ्दो नेपोटिजम, ग्रूपीजम जस्ता कुराबाट सुशान्त...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्