यस्ता छन् प्रदेश १ का कानुनमन्त्री कार्कीको १४ महिनाको उपलव्धि

 न्यूज विराट
यस्ता छन् प्रदेश १ का कानुनमन्त्री कार्कीको १४ महिनाको उपलव्धि

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले २७ बुद्धे उपव्धि सार्वजानिक गरेका छन् । आन्तरिक मामितला तथा कानुन मन्त्रालय समालेको १४ महिना हुन लागेको र नयाँ सरकार गठनको प्रक्रिया सुरू भएपछि मन्त्री कार्कीले आफ्नो कार्यकालको उपलव्धिहरू बुधबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेका हुन् ।

मन्त्री कार्कीले पहिलो बुद्धामा प्रदेश सरकार अन्तर्गको मन्त्रालयहरु रहने संरचनाको लागि भवन निर्माणको लागि जग्गा प्राप्तको प्रक्रिया अगाडी बढेको बताएको छ । विराटनगर महानगरपालिका भित्र मुख्यमन्त्रीको कार्यालय, मन्त्रालयहरू र प्रदेश सभा भवन रहने गरी तथा ग्रामथान, बुढीगङ्गा र सुन्दरहरैँचाको मध्यविन्दुमा पर्ने गरी मन्त्री आवासको निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको उनले बताए । यस्तै गरी सात प्रदेशमध्ये प्रदेश नं. १ शान्ति सुरक्षाको कार्यसम्पादनमा पहिलो प्रदेश हुन सफल भएको उपलब्धीमा समावेश गरिएको छ । विपन्न नागरिकलाई निःशुल्क कानुनी सहायता प्रदान गर्न बजेटको विनियोजन गरी कार्यान्वयनका चरणमा रहेको, लागु औषधको प्रयोगलाई निरूत्साहित गर्न विभिन्न पुनःस्थापना–केन्द्रलाई अनुदान दिने प्रक्रियामा रहेको, ‘सुरक्षित यात्रा, सुरक्षित सडक’ का लागि प्रविधिमैत्री सडकको निगरानी गर्न यस प्रदेशमा रानीदेखि धरानसम्म सीसी क्यामेराको जडान भएको देखि चाँडै कोसीदेखि मेचीसम्म सिसि टिभी जडानको काम प्रक्रियामा रहेको उपलब्धीमा समावेश गरिएको छ ।
यस्तै ‘प्रहरी सुरक्षितःनागरिक सुरक्षित’ भन्ने मान्यतालाई मूर्त रूप दिन प्रदेश नं १ मा प्रहरीका लागि नयाँ भवनको निर्माण तथा मर्मत–सम्भारका कामले तीव्रता दिएको आर्थिका वर्र्षमा १५ वटा नयाँ भवन निर्माणका साथै १०४ वटा पुराना भवनलाई मर्मत–सम्भारका लागि बजेट विनियोजन भई निर्माण तथा मर्मत–सम्भारको काम सुरु भइसकेको जनाएको छ । सीमा सुरक्षाका लागि बिओपीको स्थापना गरिएको उपलब्धीमा समावेश गरिएको छ ।
मन्त्री कार्कीले २०७८ कात्तिकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय सामालेका थिए ।

सम्बन्धित समाचार

चोरीको ३६ केजी चाँदीसहित विराटनगरबाट तीन जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले विराटनगरबाट ३६ केजी चाँदीका गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ । विराटनगरका विभिन्न ठाउँबाट चोरी गरिएको ३६ केजी चाँदी र आठ ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

बाँतर जातीको पुर्खा गेड बाबा मन्दिर शिलान्यास

विराटनगर, जेठ १८–नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका आ–आफ्नै रीतिरिवाज र संस्कृति रहेका छन् । त्यसमध्येको एक हो बाँतर जाती । विशेष गरी तराईमा बसोबास गर्ने यो जातीको आफ्नै मौलिक परम्परा र संस्कृति रहेको छ ।...

नवनिर्वाचित प्रदेश १ सांसदले लिए शपथ

विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले ९२ जना प्रदेश सांसदहरूलाई सोमबार शपथ ग्रहण गराएका हुन् । प्रदेश १ का...

विराटनगरस्थित नोबेल मेडिकल कलेजको आन्दोलन स्थगित गर्न प्रशासनको आग्रह

विराटनगर, ९ माघ । विराटनगरस्थित नोबेल मेडिकल कलेजविरुद्धको आन्दोलन स्थगित गर्न जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ । आन्दोलनका कारण कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिदिन प्रशासनले आग्रह गरेको हो...

खाना पकाउन ग्यासको तुलनामा विद्युतीय उर्जा ५० प्रतिशत सस्तो

विराटनगर, २६ भदौ । विद्युतको निरन्तरा एवं गुणस्तरीय विद्युतीय चुल्होको उपलव्धताबाट मुलुकमा एलपिजी ग्यास न्यूनिकरण गर्न सकिने सुझाव सहभागीहरुले दिएका छन् । राष्ट्रिय योजना आयोग काठमाडौ र क्लिन कुकिङ्ग एलाइन्सद्वारा संयुक्त्त रुपमा आज यहाँ आयोजित...

तुलसी सहकारीमा घोटला प्रकरण : प्रबन्धकसहित तीन जना जेल चलान

विराटनगर । ठगी मुद्दामा विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका तीन जना सञ्चालक पुर्पक्षको लागि कारागार चलान भएका छन् । पक्राउ परेका सहकारीका प्रबन्धक मन्दिप खवा, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ अदालतले शुक्रवार पुर्पक्षको...

सुनसरीको खनारमा दुर्घटना, विद्यार्थीको मृत्युपछि स्थानीयले जलाए बस

विराटनगर । सुनसरीको इटहरी खनार सड्क खण्डको शान्तिचौकमा भएको सवारी दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ । विद्यार्थीको मृत्युपछि खनार क्षेत्र तनावग्रस्त बनेको छ । अहिले सडक बन्द रहेको छ । सडक खुलाउन प्रहरीले...

डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत

काठमाडौं, १५ असोज-नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर एक/एक रुपैयाँ घटाएको छ । निगमले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्