चोरी, तस्करी रोक्न मोरङ प्रहरी सक्रिय, हप्तादिनमा २८ लाखको सामान बरामद
बुधबार, २० पुष, २०७९,
न्यूज विराट
विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट हुने चोरी तस्करी रोकथाम र नियन्त्रण गर्दै अवैध सामान समात्न मोरङ प्रहरी सक्रिय रूपमा लागि परेको छ । प्रहरीले पछिल्लो एक साता भित्र अवैध रूपमा चोरी तस्करी भएर आएको झण्डै २८ लाख मुल्य बरावरको सामान नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिकाबहादुर कार्कीको अनुसार एक हप्तामा मोरङ प्रहरी र मातहत कार्यालयहरू समेत गरी जिल्लाका विभिन्न स्थानमा चोरी तस्करी भएर आएको २७ लाख ९२ हजार ६८३ मुल्य बरावरको सामान बरामद गरेको बताए ।
भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याएको खाद्यान्य, लत्ताकपडा, मोटरपार्टस, ग्याँस चुलोको बर्नरहरू लगायतका सामान बरामद गरेको उनले बताए । बरामद गरेको सामान आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको उनले बताए । मोरङ प्रहरी र विराटनगर भन्सारले केही दिन अगाडी ५६ लाख मुल्य बरावरको तस्करीको सामान नियन्त्रणमा लिएको छ । विराटनगरको महावीर रोडमा अनिल साहको गोदाममा छापा हानेर अवैध रुपमा भन्सार छली गरेको दुई गाडी कपडा बरामद गरेको थियो ।
चोरी तस्करी रोकथाम र नियन्त्रण गर्न प्रहरी लागि परेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । अवैध रुपमा हुने चोरी, तस्करी रोक्न प्रहरी कडाइको साथ लागि परेको उनले बताए ।
डडेल्धुरा, १० वैशाख-डडेल्धुरा बसेर अछाम गएकी युवतीमा आरडीटी पोजेटिभ देखिएपछि उनका आफन्तको कारोना परीक्षण गरिने भएको छ। अछामको वान्नीगढी जयगढ गाँउपालिका–३ मा २० वर्षीया युवतीको आरडीटी पोजेटिभ देखिएको थियो । ती युवती डडेल्धुराको अमरगढी नगरपालिका– ६...
जनकपुरधाम, २८ साउन-जनकपुरधामका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएको छ ।उनको मंगलबार राति मृत्यु भएको उनका छोरा डा. सन्तोष गिरीले जानकारी दिए । कोरोना पुष्टि भएपछि गिरी काठमाडौंको...
काठमाडौं, ५ साउन-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सचिव र सदस्यलाई आज मनोनयन गरेका छन् । सभापति देउवाले उक्त विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत १९ फागुनमा मनोनयन गरेका...
काठमाडौं, २३ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी बैठकको माग गर्दै १ सय २५ जना भन्दा बढी केन्द्रीय नेताले हस्ताक्षर संकलन गरेका छन् । केन्द्रीय सदस्य ठाकुर गैरेको नेतृत्वमा सुरु भएको हस्ताक्षर संकलन...
विराटनगर, १४ माघ-विराटनगरमा बालबालिकालाई लक्षित गरि कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । विराटनगर महानगरपालिकाले आज सूचना प्रकाशित गर्दै हालसम्म कोरोना भाइरसविरुद्धको खोप नलगाएका १२ बर्षदेखि १७ वर्ष उमेर समुहका बालबालिकाका लागि खोप...
काठमाडौं, ११ वैशाख-राष्ट्रिय जना पार्टी राजपा र समाजवादी पार्टीका नेताहरु नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।मध्यरातमा पार्टी एकताको सहमति गरेका राजपा र समाजवादी पार्टीका नेताहरु त्यसको जानकारी दिन निर्वाचन आयोग पुगेका हुन्...
विराटनगर । प्रदेश १ का कृषिमा आधारित उद्यम लक्षित पाँच महिने ‘एक्सिलरेटर कार्यक्रम’ सञ्चालन हुने भएको छ । कृषिमा उच्च बृद्धि संभावना भएका उद्यमीले पाँच महिनासम्म एक्सिलरेटर कार्यक्रममा सहभागी गराउन आवेदन माग गरिएको हो ।...
सर्वोच्च अदालतको परमादेशअनुसार पुनर्स्थापित प्रतिनिधिसभाको अधिवेशन आजदेखि सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको...