यस कारण बन्द भयो विराटनगरको संजीवनी हस्पिटल, बजारको ४० करोड ऋण तिर्न बाँकी
बुधबार, २० पुष, २०७९,
न्यूज विराट
विराटनगर । आर्थिक रूपले टाट पल्टिएपछि आन्तरिक विवादको कारणले विराटनगरको हस्पिटल चोकमा रहेको संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.लि. बन्द भएको छ ।
नयाँ सेयर सदस्यहरूबीचको विवादका कारण बजारको ४० करोड रूपैयाँ ऋण नतिरी ५० शैय्याको हस्पिटल बन्द भएको हो ।
४० करोडमध्ये दुई करोडभन्दा बढी रकम चिकित्सक र स्वास्थ्यकर्मीहरूको तलब हस्पिटलले तिर्न बाँकी रहेको छ । अहिले उनीहरूले श्रम तथा रोजगार कार्यालय विराटनगर र स्थानीय प्रशासनमा काम गरेको पारिश्रमिक दिलाइदिन माग राख्दै निवेदन दिएका छन् ।
यस्तो छ बन्द हुनुको कारण
चार जना चिकित्सकसहित १२ जनाको संजीवनी हस्पिटलमा लगानी छ । पछिल्लो समय दिवाकर यादवलाई कार्यकारी प्रमुख बनाएर भित्र्याएको चार महिना बित्न नपाउँदै हस्पिटल बन्द भएको हो । यादवले १ करोड रुपैयाँ लगानी गरेर वि.सं. २०७९ असारमा भित्रिएका थिए । उनी आएको पाँच महिनापछि कार्तिकमा हस्पिटल बन्द भएको हो ।
राजकुमार मण्डल, बिनायक कान्त पन्त, डा. प्रेरणा दाहाल, डा. अन्जु देव, डा. पवन पराजुली, डा. वरुण देव, ओमप्रकाश प्रसाई, राजेश प्रसाई, सुरेन्द्र राय, रमेश साह र चन्द्रमणि गुरागाईको लगानी रहेको छ । देव र साह बाहेक १० जना संचालकहरूले ६ वर्ष अगाडि हस्पिटल लिएका थिए । त्यसबेला एम्स हस्पिटल नाम थियो । १० जनाको समूह आएपछि नाम परिर्वतन गरी संजीवनी हस्पिटल बनाइएको थियो । त्यसको बेलाको अध्यक्षमा राजकुमार मण्डल रहेका थिए । वि.सं. २०७८ सालमा दुई जना शेयर सदस्य थपिए । उनीहरू ७३ लाख रुपैयाँ लगानी गरेर अस्पतालमा भित्रिएका थिए । नयाँ संचालक थपिएसँगै कोभिड—१९ महामारी सुरु भयो । केही वर्ष राम्रो चलेको हस्पिटल कोभिड भित्रिएसँगै हस्पिटल घाटामा जान थालेको थियो । हस्पिटल घाटामा जान थालेपछि संचालकहरू स्वास्थ्य क्षेत्रमा बुझेका व्यवस्थापकको खोजीमा लागे । संचालकहरूमध्ये चार जना डाक्टर थिए । उनीहरूको आफ्नै क्लिनिक पनि रहेको छ । क्लिनिक छोडेर पूरै समय हस्पिटललाई दिन अन्य संचालकहरूले सुझाव दिएका थिए । आफ्नै क्लिनिक भएको कारणले उनीहरूले मानेनन् । चिकित्सकबाहेकका ९ जना संचालकले वि.सं. २०७९ असारमा सेयर रकम नलिइकन तीन जना चिकित्सक डा. अन्जु, डा. पवन र डा. वरुण देवलाई हस्पिटल जिम्मा लगाए । उनीहरूले नयाँ लगानीकर्ता खोजे । त्यही बीचमा दिवाकर यादव नयाँ लगानीकर्ताका रुपमा अस्पतालमा भित्रिए । त्यसपछि ९ जनाको टिम बाहिरियो ।
हस्पिटल छोडने बेलामा बजारको सम्पूर्ण दायित्व तिर्ने गरी डा. वरुण, डा. पवन, डा. अन्जु, दिवाकर र पुरानो ९ जनाको टिमबीच नेपाली कागजमा सहमति भयो । सहमतिमा पूरानो दायित्व तिर्ने सहमति थियो । जसमा पुरानो दायित्व ४० करोड रुपैयाँ बढी रहेको थियो । संस्थाको सम्पत्ति पनि उति नै थियो । हस्पिटल राम्रो चलोस् भनेर हस्पिटल छाडेको पुराना संचालकको ९ जनाको समूहले विभिन्न मितिमा बजारबाट खोजेर सापटी रकम करिब ३ करोड ८८ लाख रुपैयाँ हस्पिटललाई दिएको देखिन्छ । यो रकमपछि फिर्ता गर्ने गरी लिखत कागत बनाइएको छ । वि.सं. २०७९ साउन २४ गते ९ जनाको टिम बाहिरिएपछि हस्पिटल राम्रो चल्न थाल्यो । एक संचालकका अनुसार पूरानो ९ जनाको समूह बाहिरिएपछि मासिक करिब १ करोडसम्म अस्पतालले कारोबार गरेको थियो । दुई महिनापछि नयाँ संचालकका रुपमा अस्पतालमा भित्रिएका दिवाकार र तीन जना डाक्टरबीचको मतभेद् सुरु भयो । यही बीचमा दिवाकरमाथि फौजदारी कसुर गरेको आरोप लागेको छ । अहिले यो उजुरी मोरङ प्रहरीमा छ । दिवाकार फरार छन् ।
चिकित्सक र स्वास्थ्यकर्मी मात्रै दुई करोड पारिश्रमिक पाउन बाँकी अस्पतालले त्यहाँ कार्यरत डाक्टर र स्वास्थ्यकर्मीहरुको दुई करोड रुपैयाँभन्दा बढी पारिश्रमिक दिन बाँकी छ । तर, उक्त पारिश्रमिक भुक्तानी नगर्दै आर्थिक संकटमा परेको संजीवनी हस्पिटल बन्द भएको छ । यहाँ कार्यरत पाँच जना विशेषज्ञ चिकित्सक र पाँच जना मेडिकल अधिकृतसहित दुई दर्जन बढी कर्मचारीले पाउनुपर्ने तलब नदिइकन संचालकहरुले हस्पिटल बन्द गरेका छन् । हस्पिटलमा कार्यरत पाँच जना डाक्टरले तीन वर्षदेखि तलब पाएका छैनन् भने ९ जना चिकित्सक र स्वास्थ्यकर्मीहरुले चार महिनाको नपाएको गुनासो गरेका छन् । एकजना चिकित्सकले १० लाखदेखि ७० लाख रुपैयाँसम्म संजीवनी हस्पिटलबाट पारिश्रमिक पाउनुपर्नेछ । हस्पिटलले चिकित्सकको मात्र २ करोड रुपैयाँ तलब दिन बाँकी रहेको चिकित्सकहरुको भनाइ छ । हस्पिटलले पारिश्रमिक नदिएपछि त्यहाँ कार्यरत चिकित्सकहरूले नेपाल चिकित्सक संघ कोशी शाखा र श्रम तथा रोजगार कार्यालय विराटनगरमा पनि निवेदन दिएका छन् । उनीहरूले यसअघि नै लामो समयदेखि संजीवनी हस्पिटलमा काम गरेवापतको पारिश्रमिक नपाएको र तलब माग गर्दा पनि कुनै सुनवाई नभएको भन्दै संघमा निवेदन दिएका हुन् । ‘हामीले काम गरेको पारिश्रमिक मागेको वर्षौ भइसक्यो । काम गरेको तलब माग्दा आज दिन्छौं । भोलि दिन्छौं भनेर टार्ने मात्र काम भयो । पाउनुपर्ने पारिश्रमिक अहिलेसम्म दिइएको छैन । हाम्रो माग सुनवाई नभएपछि हामी आवद्ध संघमा पाउनुपर्ने तलब दिलाइदिन हामीले संयुक्त रुपमा निवेदन हालेका हौं,’ एक चिकित्सकले भने ।
मकवानपुर, ८ असार-हेटौँडा कुलेखानी काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका-६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका-२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । अहिले पहिरो गएको ती २ ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम...
विराटनगर, २७ कात्तिक–जनता समाजवादी पार्टी मोरङले जिल्लाबाट जनता केन्द्रीय कमिटीमा चयन भएकाहरुलाई बिहीबार स्वागत, बधाई तथा सम्मान कार्यक्रम गरेको छ । पार्टीका युवा नेता उमेश यादवले केन्द्रीय समितिमा चयन भएकाहरुलाई स्वागत गरेका हुन् । गत...
काठमाडौं, २६ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा कोभिड-१९ को...
काठमाडौं, माघ २६। राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी थालेको छ । आज या भोलिसम्ममा परीक्षाको तालिका प्रकाशित गर्ने तयारी भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । उहाँकाअनुसार आउँदो बैशाख...
विराटनगर । भारतदेखि तस्करी गरेर ल्याइएको कपडाको भ्याट बिल असम्बन्धित फार्मले काटिदिने गरेको पाइएको छ ।राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले विराटनगर महानगरपालिका–८ मा रहेको जेबी ट्रान्सपोर्टमा छापा हानेको ठूलो परिमाणमा तस्करीको कपडा बरामद गरेपछि यस्तो...
काठमाडौं, १३ जेठ-प्रेस सङ्गठन नेपालले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ ले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि दिएको योगदान महत्वपूर्ण भएको जनाएको छ। इच्छुकको १८औँ स्मृति दिवसका अवसरमा सङ्गठनका संयोजक महेश्वर दाहाल र...
काठमाडौं, २७ जेठ-प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले...
एजेन्सी, असार २३-कोरोना भाइरसको महामारीकै बीच खाडी राष्ट्रमा किनमेल र पर्यटनका लागि निकै लोकप्रियता हासिल गरिसकेको दुबई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । कुवेतका ठुलठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि अनेक सामानको किनबेच हुन...