उद्योगी व्यवसायीको आन्दोलन तत्काल स्थगित, अर्थमन्त्रीले बोलाए बार्तामा

 न्यूज विराट
उद्योगी व्यवसायीको आन्दोलन तत्काल स्थगित, अर्थमन्त्रीले बोलाए बार्तामा

विराटनगर । बैंकको चर्को ब्याजदर विरुद्ध निरन्तर आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीहरूले तत्काल आन्दोलनको कार्यक्रम स्थगित गरेका छन् ।

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले ब्याज दर वृद्धिविरुद्ध आन्दोलनमा रहेका विराटनगरका व्यवसायीलाई वार्ताका लागि बोलाएपछि तत्कालको लागि आन्दोलन स्थगित गरेका हुन् ।
मन्त्रीको निम्तोपछि मोरङका तीन मुख्य व्यावसायिक संस्थाले ब्याजवृद्धि विरूद्धको आन्दोलनलाई स्थगित गरेका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र सीएनआईको प्रदेश नम्बर १ समिति गत बिहीबारदेखि आन्दोलनरत थिए ।
चर्को ब्याज वृद्धिका साथै राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा मार्गनिर्देशनको विपक्षमा व्यवसायी थिए । नेपाल उद्योग वाणिज्य महासंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समस्या राखिसकेको छ ।
अर्थतन्त्र निक्कै कमजोर रहेको र त्यसलाई सुधार गर्नुपर्ने पौडेलले मन्त्री हुनुअघि नै एक कार्यक्रममा बताएका थिए । मन्त्री भएलगत्तै उनले व्यवसायीसँग वार्ताको पहल गरेका हुन् ।

आन्दोलनमा उत्रिएका व्यवसायीले बिहीबार र शुक्रबार नेपाल राष्ट्र बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको मुख्य प्रवेशद्वारमा प्रदर्शन गरेका थिए । त्यस्तै उनीहरूले सोमबार बिहानैदेखि सोही प्रवेशद्वारमा धर्ना दिएर कर्मचारीलाई प्रवेश गर्न दिएका थिएनन् । फलतः सोमबार कार्यालयको काम ठप्प भएको थियो ।
व्यापार संघका अध्यक्ष नवीन रिजालले मन्त्री पौडेलले वार्तामा बोलाएपछि आन्दोलनको कार्यक्रम तत्कालको लागि स्थगित गरेको बताए । ‘उहाँले सपथग्रहण गरेको केही समयमै मसित उहाँको टेलिफोन–वार्ता भयो,’ अध्यक्ष रिजालले भने, ‘मन्त्रीज्यूले हामीलाई आन्दोलन स्थगित गरेर वार्तामा आउनूस् भन्ने आह्वान गर्नुभयो । हामी तीन वटै संस्थाका प्रतिनिधि आजै साँझ काठमाडौं पुग्दैछौं ।’
रिजालले वार्तामा बोलाइएका कारण तत्कालका लागि प्रदर्शनका कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
‘सरकार र राष्ट्र बैंकसित हाम्रो वार्ताको बटम लाइन एकल अंकको ब्याजदर हुनेछ,’ उनले भने, ‘बैंकहरूले जथाभावी रूपमा असुल गरिरहेको नवीकरण शुल्क घटाउने पनि हाम्रो मुख्य माग हुनेछ ।’
नयाँ सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले पनि ‘वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पुँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने’ निर्णय गरेको थियो ।
रिजालले बैंकको ब्याजलाई एकल अंकमा ल्याउने टुल्सहरू भएको उल्लेख गर्दै यसका लागि संस्थागत निक्षेपको ब्याजलाई २ प्रतिशत कायम गरिनुपर्ने बताए ।

त्यस्तै स्प्रेडदर घटाउने तथा बैंकर र व्यवसायीलाई अलग–अलग गर्नुपर्ने माग पनि जोडदार ढंगले उठाइने उनले सुनाए ।
रिजालले मन्त्री पौडेलसित स्वदेशी बजारको प्रवर्द्धनका लागि देशभरि मौलाएको अवैध–आधातको नियन्त्रणका लागि सशक्त आग्रह गरिने स्पष्ट पारे ।

सम्बन्धित समाचार

२० जना विद्यार्थीलाई सुमनदेवी गोयल छात्रवृत्ती प्रदान

विराटनगर । विराटनगर – ७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा अध्ययरत २० जना जेहन्दार छात्रछात्रालाई छात्रवृत्ती प्रदान गरिएको छ ।स्वर्गीय श्रीमती सुमनदेवी गोयलको नाममा स्थापना भएको १४ लाखको छात्रवृत्ति कोषबाट बिहीबार स्कुल परिसरमा एक कार्यक्रमको बीच...

बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल उपलब्ध गराउने पुटिनको घोषणा

एजेन्सी, १२ असार । रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल प्रणाली उपलब्ध गराउने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका आफ्ना समकक्षीलाई मस्कोले मिन्स्कलाई उक्त मिसाइल प्रणाली उपलब्ध गराउने बताएको रुसी विदेश मन्त्रालयले...

२७औँ मदन-आश्रित स्मृति दिवस : नेकपालाई थप सशक्त बनाउने ओली-प्रचण्डको प्रतिवद्धता

काठमाडौं, जेठ ३-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनका २ प्रतिनिधि पार्टीको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको बताएका छन् । मदन–आश्रितको २७औँ स्मृति दिवस तथा पार्टी...

कोरोनाबाट थप ८ जनाको मृत्यु

काठमाडौं, ३१ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा ८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा चार महिला र चार पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट...

वी – डिभिजन क्रिकेट प्रतियोगिता : मिल्स र वेलबारी विजयी

विराटनगर । मोरङ जिल्ला स्तरीय वी – डिभिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा विराटनगरको मिल्स क्रिकेट क्लव र बेलबारी विजयी भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा बिहीबारबाट सुरु भएको प्रतियोगितामा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई...

मारिया मन्टेश्वरीले मनायो वार्षिकोत्सव

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – १ मा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलले ८ औं अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रमको आयोजना गरी अभिभाव दिवस मनाएको हो ।उक्त कार्यक्रमको उद्घाटन प्रमुख...

अभियान्ता चापागाईं पक्राउ परेपछि चौतर्फी विरोध, रिहाइ नभए आन्दोलनमा उत्रिने अन्सारीको चेतवनी

विराटनगर । महानगरको कामकारबाहीको आलोचना गर्दै विराटनगर महानगरपालिका अगाडि ब्यानर बोकेर उभिने विराटनगरकी ५२ वर्षीया इन्दिरा चापागाई पक्राउ परेपछि मेयर नागेश कोइरालाको सामाजिक संजालमा चौतर्फी विरोध सुरु भएको छ । सामुदायिक विद्यालय शिक्षा सुधारको माग...

सूचना प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड

विराटनगर । सूचना प्रविधिको प्रयोग गरि काम कारवाहीमा सहजता प्रदान गरिनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । विराटनगरको बिग होटलमा मंगलबार आयोजना गरिएको कोशी प्रदेशको ट्राफिक व्यवस्थापन, स्थानीय तहहरूले प्रदान गर्ने सेवामा गुनासो व्यवस्थापन र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्