आज दिउँसो प्रदेश १ सांसदको सपथ, पाँच सांसदको सपथ मातृभाषामा

 न्यूज विराट
आज दिउँसो प्रदेश १ सांसदको सपथ, पाँच सांसदको सपथ मातृभाषामा

विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदले आज सोमबार शपथ लिँदै छन्, जहाँ अधिकांशले राष्ट्रिय कामकाजको भाषा नेपालीमा शपथ लिँदा पाँच जनाले भने मातृभाषा रोजेका छन् ।
ज्येष्ठ सदस्य गयानन्द मण्डलले दिउँसो १ बजे प्रदेशसभामा ९३ जना प्रदेशसांसदलाई शपथ खुवाउने छन् ।

‘पाँच जना माननीय सदस्यले फरक–फरक भाषामा शपथ लिने नाम टिपाउनुभएको छ,’ प्रदेशसभा सचिब गोपाल पराजुलीलले भने । मातृभाषामा शपथ लिन चाहनेमा एकीकृत समाजवादीका दुई, काँग्रेस, माओवादी र जनता समाजवादी पार्टीका १÷१ जना सांसद रहेका छन् ।

मातृभाषामा शपथ लिनेमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका पाँचथर १(१) बाट दोस्रो पटक निर्वाचित माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री नेकपा (एकीकृत समाजवादी) की खिनुलङ्वा लिम्बू, नेकपा (एकिकृत समाजवादी)का पाँचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ् १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बुले मातृभाषा यक्थुङ÷ लिम्बु भाषामा सपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभामा मातृभाषामा शपथ ग्रहण गर्ने सासदरूलाइ सुचना जारी गरेको थियो । पुस ५ गते सार्वजनिक सूचना जारी गरि मातृभाषामा सपथ लिन सपथ लिने दिनभन्दा तीन दिन अगावै विवरण उपलब्ध गराउन ससद सचिवालयले सुचना जारी गरेको थियो ।

सोमबार १२ः३० बजे प्रदेश प्रमुख पर्शुराम खापुङ्ले ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईलाई सपथ ग्रहण गराउने र गनगाईले अन्य सदस्यलाई १ः३० बजे प्रदेशसभा भवनमा सपथ गराउने कार्यक्रम रहेको छ । राष्ट्रिय पोषाक तथा सस्कृर्ति झल्काउने पोसाकमा शपथ ग्रहणमा उपिस्थत हुन समेत ससद सचिवालयले आग्रह गरेको छ ।

प्रदेश सभामा ६ राजनीतिक दलबाट सांसद छन् । काँग्रेसका ७९ वर्षीय मण्डल सबैभन्दा बढी उमेरका सांसद हुन् । नयाँ सभामुख चयन नगरेसम्म उनैले प्रदेशसभाको अध्यक्षता गर्नेछन् ।

प्रदेशसभामा ९३ सांसद छन् । प्रत्यक्षमा ५६ जना प्रत्यक्ष र ३७ जना समानुपातिक सासद रहेका छन् । जसमा नेकपा एमालेका ४०, काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजावदीको ४ र जनता समाजवादी पार्टीका १ जना सांसद रहेको छ ।

सम्बन्धित समाचार

मोरङका थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, २२ भदौ–कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप २ जनाको मृत्यु भएको छ । एक जनाको आइतबार र एक जनाको सोमबार विहान मृत्यु भएको हो । विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–१० का...

नेपालको चुच्चे नक्सा र विदेश नीति कसैले फेरबदल गर्न सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, असार १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने प्रष्ट पार्नुभएको छ । पूर्वपरराष्ट् मन्त्री एर्व एमाले प्रवक्ता प्रदीप ज्ञवालीका ‘फरेन पोलिसिज...

विराटनगरमा सात दिने पत्रकारिता तालिम सम्पन्न

विराटनगर, ३ चैत । सञ्चारगृहलाई आवश्यक पर्ने दक्षजनशक्तिको पूर्तिका लागि पत्रकारिता सम्वन्धि सात दिने आधारभूत तालीम सोमबार विराटनगरमा सम्पन्न भएको छ। नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय काठमाडौ र मोरङ शाखाद्वारा संयुक्त रुपमा सञ्चालित तालिममा मोरङ,...

पत्रकार आचारसंहिता पालना गर्नुपर्नेमा जोड

मोरङ ,१० साउन । पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने छापा, विद्युतीय तथा अनलाईलन सञ्चार माध्यमको आवश्यक अनुगमन एवं कारवाही फितलो भएको सहभागीहरुले गुनासो व्यक्त गरेका छन् । तुलसादेवी हरिहर फाउण्डेशन ललितपुरद्वारा आज यहाँ आयोजित एक दिने...

लिपुलेक विवादबारे प्रचण्ड: कागजमा जस्तै व्यवहारमा पनि सरकारले सही ढंगले काम गरोस्

काठमाडाैं, २८ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठीक हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको...

दिव्य ज्योती अस्पतालमा ६ महिनामा २५ जनाको आँखाको नानीको सफल प्रत्यारोपण (भिडिओ)

विराटनगर । विराटनगर १४ मलाय रोडमा रहेको दिव्य ज्योती अस्पतालमा हालसम्म २५ जनाको आँखामा नानी प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । ६ महिनाको अवधिमा नेपाल आँखा बैकबाट आँखाको नानी ल्याएर सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।१५...

विश्व मुख स्वास्थ्य दिवसमा विराटनगरमा प्रभातफेरी (फोटो फिचर)

विराटनगर । विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर विराटनगरमा सचेतना मुलक प्रभातफेरी निकालिएको छ । नेपाल डेन्टल एसोसिएसन मोरङले विराटनगरमा बुधबार विहान प्रभातफेरी निकालेको हो । डेन्टल एसोसिएसनले मुखलाई स्वास्थ्य जागरुकता फैलाउने उद्देश्यले सचेतना मुलक...

करलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्नेमा कटहरीको जोड

विराटनगर । सरकारले लगाउने कर वैज्ञानिक ढङ्गबाट समायोजन गरिनुपर्ने यहाँ आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् । मोरङको कटहरी गाउँपालिकाले बिहीबार आयोजना गरेको राजस्व सम्भाव्यता अध्ययन परामर्श कार्यक्रममा सरोकारवाहरुले यस्तो बताएका हुन् । उनीहरुले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्