विराटनगर । ‘विराट सिङ्गिङ अइडल’को उपाधि गृष्म श्रेष्ठले जितेका छन् । १ सय ५० जना प्रतिस्पर्धीलाई पन्छाउँदै श्रेष्ठले विराट सिङ्गिङ अइडल’को उपाधि जितेका हुन् ।
बुधबार सम्पन्न भएको आइडलको फाइनल राउण्डमा ६ जना प्रतिस्पर्धी छनोट भएका थिए । छनोट भएका ६ जनामा महिलाको सहभागिता नभएपछि महिलाहरुमध्ये अन्तिम समयसम्म आएकी नेहा खड्कालाई सहभागी गराइएको थियो । सिङ्गिङ आइडलको फष्ट रनरअप फुर्व तामाङ र सेकेण्ड रनरअप रमननाथ अधिकारी भएका छन् भने नितेश आले मगर, रोहन तिम्सिना र अभिषेक काफ्लेले कुनै उपाधि जित्न सकेनन् ।
विजताहरुले क्रमशः ५१ हजार, ३१ हजार र १५ हजार रुपैयाँका साथै विभिन्न गिफ्टह्यापर प्राप्त गरेको छन् । सिङ्गिङ आइडलको फाइनल राउण्डको निर्णायक टोलीमा गायिका इन्दिरा जोशी, सुमित खड्का र सुमन श्रेष्ठ रहेका थिए । दैनिक विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहँदै आएको छ । साँगीतिक साँझमा सबै उमेर समूहको बाक्लो उपस्थिति हुने गरेको छ । शुक्रबार नेपालको चर्चित ब्याण्ड ‘दि एलिमेन्टस ब्याण्ड’को प्रस्तुति रहने छ । शनिबार आशिष लामा (लाहुरे)को प्रस्तुति रहने आयोजक उद्योग संगठन मोरङले जनाएको छ । एक्स्पोमा नेपाल भारतका अवलोकनकर्ताहरुको बाक्लो उपस्थिति रहँदै आएको छ । एक्स्पो अवलोकन गर्न आउनेहरुका लागि खाद्यान्न, प्लाष्टिक, सवारीसाधनलगायतमा छुटको व्यवस्था गरिएका कारण समय थपिँदासमेत धेरै जना आएको आयोजकले जनाएकोछ छ । यसैबीच पुस १० सम्म आयोजना हुने एक्पोमा अवलोकनकर्ताहरुको सहजताका लागि दुहबी, निमुवा, कञ्चनबारी हुँदै एक्स्पो स्थल, पुष्पलाल चोक, तीनपैनी, मेनरोड हुँदै एस्क्पो स्थल, कटहरी, देवकोटा चोक हुँदै एक्स्पो स्थल तथा जोगबनीबाट एक्स्पो स्थलसम्म आउन जानका लागि सटल (निःशुल्क)बसको व्यवस्था गरिएको छ ।
विराटनगर । विराटनगर– १९ मिलन चोककी २८ बर्सिया प्रियङ्का सुनारको हत्या आफ्नै श्रीमानको योजनामा भएको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । पुरुषसँग अनैतिक सम्बन्ध रहेको भन्दै प्रियाकाको हत्या गर्न २९ वर्षीय श्रीमान् रमेश साहसहित प्रहरीले...
एजेन्सी, बैशाख १८-उत्तर कोरियाली नेता किम जोङ उनको पछिल्लो अवस्थाबारे अमेरिकालाई जानकारी नरहेको विदेशमन्त्री माइक पोम्पेओले बताएका छन् । उनले किमलाई पछिल्ला केही दिनयता नदेखेको र उनको स्वास्थ्यका बारेमा आइरहेका खबरहरु र त्यसको वास्तविकताबारे नजिकबाट...
काठमाडौं, २९ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...
काठमाडौं, ३ भदौ । राजनीतिक दल फुटाउने उद्देश्यले ल्याईएको अध्यादेश बिरुद्ध सर्वोच्च अदालतमा बेग्ला बेग्लै रिट दर्ताका लागि पेस भएका छन् । अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, अनुप अर्याल, सकुन्तला भुसाललगायतले अध्यादेशविरुद्ध रिट लिएर सर्वोच्च...
काठमाडौं, १२-वैशाखअघिल्लो मन्त्रिपरिषद्ले गरेको निर्णयमा चौतर्फी दबाब सिर्जना भएको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाेकका छन् । प्रधानमन्त्री निवास बालुवाटार बिहान ११ बजेदेखि बैठक सुरु भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले...
काठमाडौं, १५ असार-सरकारले हालकै अवस्थालाई आगामी ७ साउनसम्मलाई लम्ब्याउने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले हाल जारी खुकुलो लकडाउनलाई आगामी ७ साउनसम्म लम्ब्याउने निर्णय गरेको हो । सरकारले यसअघि १...
विराटनगर । विराटनगरस्थित अरनिको स्कुलले विभिन्न कार्यक्रम आयोजना गरी ४७ आंै बार्षिक उत्सव मनाएको छ । स्कुल परिसरमा शनिबार भव्य कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवको उद्घाटन विराटनगर महागनरपालिका प्रमुख नागेश...
काठमाडौं, ४ मंसिर-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड-१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारबाही गरिने बताए...