तेली समाजद्धारा निःशुल्क लोक सेवा तयारी कक्षा

 न्यूज विराट
तेली समाजद्धारा निःशुल्क लोक सेवा तयारी कक्षा

विराटनगर । तेली कल्याण समाज नेपाल मोरङ्ग र नापी पेशाकर्मी समाज मोरङ्गको संयुक्त आयोजनामा निःशुल्क लोक सेवा तयारी कक्षा गर्ने भएको छ । अमिन, सर्वेयर तथा नापी अधिकृतहरूका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको हो ।

हालै लोक सेवा आयोगमा अनमी, सर्वेक्षक तथा नापी अधिकृतका पदहरुमा आवेदन खुलेको छ । सो पदमा आवेदन दिन गर्न चाहने तेली समुदायका उम्मेदवारहरुलाई तयारी कक्षाले आयोगको परिक्षामा सफल सहयोगी हुने विश्वास लिएको छ ।

तयारी कक्षामा नापी अधिकृत प्रविण प्रताप साह मुख्य प्रशिक्षक रहने तेली कल्याण समाज नेपाल मोरङ्ग जिल्ला अध्यक्ष डा. बालकृष्ण साहले बताए ।

उक्त तयारी कक्षा माघ २ गते देखि बिराटनगरको तीनपैनी स्थित कोशी कलेज अफ हेल्थ साईन्समा रहने कार्यक्रम संयोजक तथा तेली कल्याण समाज मोरङ्गका कोषाध्यक्ष रोहित कुमार साहले जानकारी दिए ।
यसैगरी तेली समाजले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान पनि गर्ने भएको छ ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४६५ डिस्चार्ज, ३३२ कोरोना संक्रमित थपिए

विराटनगर, ३ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीन सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङगमा एक सय ४४, सुनसरीमा एक सय ३१, झापामा ४१, उदयपुरमा छ, संखुवासभामा चार, इलाममा एक र प्रदेश...

प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु

विराटनगर । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु हुने भएको छ । विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा मंगलबार भएको खेलमा विराटनगर र...

रुसले दियो कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा स्वीकृती

एजेन्सी, जेठ २०–रुसले कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा स्वीकृती दिएको छ । परिक्षणका क्रममा कोरोना संक्रमितहरुलाई ४ दिनमै निको पारेपछि रुस सरकारले कोरोना भाइरसविरुद्धको औषधि प्रयोगमा स्वीकृति दिएको हो । योसँगै अब रुसका अस्पतालहरुमा आगामी सातादेखि...

नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी सर्तक

वीरगन्ज,३० चैत -पर्साको वीरगन्जमा बस्दै आएका ३ भारतीय मुस्लिम धर्म प्रचारकहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ । कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरू अहिले वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा छन् ।...

पाटन अस्पतालमा कोरोना स‌ंक्रमित युवकको मृत्यु

काठमाडौं, १४ भदौ-पाटन अस्पतालमा उपचाररत कोरोना स‌ंक्रमित युवकको मृत्यु भएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार कोरोना पुष्टिपछि २८ साउनदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा गएराति १० बजे मृत्यु भएको...

एकैदिन ८८४८ जना भए कोरोना संक्रमणमुक्त

काठमाडौं, ८ जेठ । नेपालमा एकै दिन ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । आज २०...

फाइनलमा त्रिभुवन आर्मी क्लब

विराटनगर । चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब पुगेका छन् ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले मधेस प्रदेशलाई १२–० को फराकिलो गोल संख्यामा पराजित गर्दै फाइनलमा पुगेको...

सरकारले राम्रो काम नगरेका कारण जनतामा निरासाः रामचन्द्र पौडेल

विराटनगर, फागुन २०–नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले राम्रो काम नगरेका कारण जनता निराश भएको बताएका छन् । मंगलबार पिताजी कृष्णप्रसाद कोइराला स्मृत्ती परिषद्ले विराटनगरमा आयोजना गरेको सम्मान समर्पण कार्यक्रममा नेता पौडेलले यस्तो बताएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्