विराटनगर । विराटनगर १० स्थित मानव सेवा आश्रममा नेपाल औषधी व्यवसायी संघ मोरङले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
नेपाल औषधी व्यवसायी संघका संस्थापक सदस्य तत्कालनी मेचि, कोशि, सगरमाथा अञ्चलको संस्थापक अध्यक्ष लक्ष्मीनाथ उप्रेतीको २९ औं स्मृति दिवसको अवसरमा आश्रममा शनिबार स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
स्वास्थ्य सामाग्री अग्रज औषधी व्यवसायी शेखरनाथ उप्रेती, नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकाल, सदस्य सरीता श्रेष्ठलगायतले मानवसेवा आश्रमलाई हस्तान्तरण गरेका थिए ।
मानव सेवा आश्रमले सडकमा जीवन बिताउँदै आई रहेका मानिसहरूलाई सेवा पु¥याउँदै आइरहेको छ । उक्त आश्रमले अर्ध चेत अवस्थाका आमाबुवा हेरचाह गर्दे आएको छ । नेपाल औषधी व्यवसायी संघका संस्थापक सदस्य तत्कालनी मेचि, कोशि, सगरमाथा अञ्चलको संस्थापक अध्यक्ष लक्ष्मीनाथ उप्रेतीको स्मृति दिवसको संघले प्रत्येक वर्ष कार्यक्रम गरी सम्झीने नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता ढकालले जानकारी दिए ।
विराटनगर । भुजेल भाषा र लिपी नामक पुस्तक बिमोचन गरिएको छ । भुजेल समाज सेवा समिति विराटनगर महानगरपालिकाले विराटनगरमा एक कार्यक्रम आयोजना गरी उक्त पुस्तक बिमोचन गरेको हो । विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाबाट...
विराटनगर । विराटनगरको सहिद मैदानमा शनिबारबाट सुरू हुने विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिता रात्रीकालिन हुने भएको छ । विराट गोल्डकपको दुई संस्करण रात्रीकालिन भएसंगै विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिता पनि रात्रीकालिन हुन लागेको हो ।...
चितवन, २८ भदौ-भरतपुर अस्पतालले कोरोना संक्रमित ८ जना गर्भवतीको सुरक्षित प्रसूति गराएको छ । अस्पतालको आइसोलेसनमा हाल २ गर्भवती उपचाररत छन् । अस्पतालले संक्रमण भएका सुत्केरीका लागि व्यथा लाग्दा राख्नेदेखि शल्यक्रिया गराउनेसम्म छुट्टै व्यवस्था गरेको...
एजेन्सी, जेठ १-अमेरिकाले चीनले कोरोना भाइरसविरुद्धको खोपको अनुसन्धान रिपोर्ट ह्याक गर्ने कोशिस गरिरहेको आरोप लगाएको छ ।अमेरिकी सुरक्षा एजेन्सी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र संघीय जाँच एजेन्सी (एफबीआई) ले विज्ञप्ति जारी गर्दै चीनले अनुसन्धान रिपोर्टको...
विराटनगर, २७ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना संक्रमण भएको छ । ५२९ जनाको पीसीआर परीक्षण गर्दा १०१ र ५४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०० जनामा संक्रमण देखिएको सामाजिक विकास...
काठमाडौं, २५ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको प्रतिक्रिया दिएका छन् । उनले २ अध्यक्षबीच छलफल जारी रहेको र २ दिनभित्रै बैठक बस्ने बताएका छन्...
काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी ओलीले आफुलाई पदबाट हटाएर देखाउन चुनौती दिएका छन् । गृहजिल्ला झापा आएका ओलीले दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको संगमस्थलमा बन्ने चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्याश कार्यक्रमलाई सम्बोधन...